Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एभरेष्ट इंगलिश स्कूलको ४३ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 13, 2026
0 shares
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा एभरेष्ट इंगलिश स्कूलको ४३ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले शिक्षा व्यापार होइन, राज्यको जिम्मेवारी हो भन्नुभयो ।
भक्तपुरको शैक्षिक इतिहास बाकेको एभरेष्ट स्कूलले शैक्षिक जगतमा निरन्तर उत्कृष्टता हासिल गर्दै आइरहेको बताउँदै उहाँले कुनै पनि संस्थाको दिगो विकासमा नेतृत्वको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
एभरेष्ट स्कूलले आफ्नो वार्षिकोत्सवको अवसरमा विद्यालयहरुलाई पुस्तक हस्तान्तरण गरी पठन संस्कृतिलाई अझ मजबुत बनाउन हौसला पुग्ने बताउँदै उहाँले भक्तपुर नगरपालिकाले विद्यालयलक्षित गतिविधिमा जोड दिँदै आएको बताउनुभयो ।
विद्यार्थीहरुलाई सामाजिक सञ्जालबाट टाढा राख्नुपर्ने, कुलतबाट जोगाउनुपर्ने र असल संगतको लागि प्रेरित गर्नुपर्ने बताउँदै उहाँले भक्तपुरमा ज्ञानको गुणस्तरमा भएको प्रतिस्पर्धाले भक्तपुर आज ज्ञानविज्ञानको केन्द्रको रुपमा विकास हुन सफल भएको बताउनुभयो ।
प्रमुख प्रजापतिले गुणस्तरीय शिक्षाले मात्रै नयाँ पुस्ताको भविष्य उज्ज्वल हुने बताउँदै शिक्षामा विभेद गर्नुहुन्न भन्ने मान्यताले सामुदायिक र संस्थागत विद्यालयहरुलाई समान ढंगले अगाडि बढाउने नीति अवलम्बन गर्दै आएको बताउनुभयो ।
बालबालिकाको व्यक्तित्व विकासमो महत्वपूर्ण अस्त्रको रुपमा विद्यालयले सञ्चालन गर्ने अतिरिक्त क्रियाकलापहरु हुन् भन्दै उहाँले भक्तपुर नपाले यहाँका विद्यालयहरुलाई आर्थिक, नैतिक र भौतिक सहयोग पनि गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रमका विशेष अतिथि प्रदिपकुमार राईले वार्षिकोत्सवको अवसरमा एभरेष्ट स्कूलले विद्यालयहरुलाई पुस्तक हस्तान्तरण कार्यक्रमलाई आगामी दिनहरुमा निरन्तरता दिने विश्वास व्यक्त गर्दै यसले देशको शैक्षिक किवासमा पनि टेवा पुग्ने बताउनुभयो ।
विद्यालयका प्रिन्सिपल भक्त राजभण्डारीले विद्यालयको शैक्षिक गतिविधिबारे प्रष्ट पार्दै सामाजिक तथा शैक्षिक अभियानमार्फत विद्यालय अगाडि बढिरहेको बताउनुभयो । विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा पनि संलग्न गराउँदै आएको बताउँदै उहाँले विद्यालयको भावी योजनाबारे अवगत गराउनुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले एसर्ईई २०८१ मा ४ जीपीए ल्याएका विद्यार्थीलाई सम्मान गर्नुका साथै एभरेष्ट जन्म दिन कोष २०८२ बाट संकलित रकमद्वारा टीकापुर ९ झुंगा, कैलालीस्थित सेतीमैया चौधरी मावि, भोजपुर ४ दावाँस्थित सिद्धेश्वर माध्यमिक विद्यालय, जीतपुरमिरा २ दशविगाह, बारास्थित सरस्वती आधारभूत विद्यालयहरुलाई पुस्तक हस्तान्तरण गर्नुभयो । कार्यक्रममा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरु सिल्भिया खड्का र मनग्य जोन्छेले पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जानकि मन्दिर प्रवेशमा हर्कलाइ लगाईएकाे राेक प्रति पार्टीको गम्...

  • July 21, 2026

‘उत्पादन र निर्यात बिना देश समृद्ध बन्न सक्दैन’ : ...

  • July 21, 2026

आर्थिक वर्ष २०८२/८३ मा लागुऔषध नियन्त्रण ब्यूरोको उल्लेखनीय सफ...

  • July 21, 2026

जन्मदिनको पार्टीमा कुटाकुट, भक्तपुरमा एक युवाको मृत्यु; ३० जना...

  • July 21, 2026

फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र...

  • July 21, 2026

३ प्रतिशत समता शुल्क स्थगित, निजी अस्पताल र कलेजमा १० प्रतिशत ...

  • July 21, 2026

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फ...

  • July 21, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved