महुरेगढी प्राविधिक शिक्षालयमा पूर्व प्रमुखकाे प्रतिमा अनावरण

खाेटाङ। महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालय खोटाङका पूर्वप्रमुख इन्जिनियर भानु पौड्यालको दोस्रो स्मृति दिवसमा उहाँको अर्धकदको प्रतिमा अनावरण गरिएको छ । वि.सं. २०८० जेठ–१९ गते काठमाडौँबाट खोटाङस्थित नुनथलामा सञ्चालित महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालयको कार्यालय आउनेक्रममा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ खुर्कोटस्थित लौकुनमा गाडी पल्टिएर सुनकोशीमा खस्दा ज्यान गुमाउनुभएका प्राविधिक शिक्षालयका पूर्वप्रमुख इन्जिनियर पौड्यालको स्मृतिमा उहाँको अर्धकदको प्रतिमा निर्माण […]
नेपाल सहित बिदेशी बिद्यार्थीकाे भिसा राेक्याे अमेरिकाले

काठमाडाैं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सामाजिक सञ्जाल प्रोफाइलको कडा जाँच गर्ने योजनाअन्तर्गत विश्वभरका अमेरिकी दूतावास र कन्सुलर सेक्सनहरूलाई विद्यार्थी भिसा (एफ, एम, र जे) अन्तर्वार्ता तालिका बन्द गर्न निर्देशन दिएको छ। अमेरिकाले सामाजिक सञ्जाल परीक्षण कडा बनाउने नीतिसँगै विदेशी विद्यार्थीको भिसा प्रक्रिया पनि अस्थायी रुपमा रोक्ने निर्णय गरेको हो। मंगलबार जारी कूटनीतिक केबलअनुसार यहूदी-विरोधी […]
शिक्षकहरु फेरि आन्दाेलनका लागि सडकमा उत्रने तयारीमा

काठमाडौं । आन्दाेलनरत शिक्षक र सरकारसँग भएको ९ बुँदे सम्झौता कार्यान्वयन नभएको गम्भीर आरोप लगाउँदै फेरि आन्दोलनमा जाने चेतावनी दिएको छ । संसद्को शिक्षा समितिअन्तर्गत उपसमितिले विद्यालय शिक्षा विधेयकमाथिको प्रतिवेदन समितिलाई बुझाएसँगै महासंघले शिक्षकमारा प्रतिवेदन ल्याएको आरोप लगाउँदै आन्दोलनको चेतावनी दिएको हो । यद्यपि, महासंघले आन्दोलनको स्वरूप भने स्पष्ट पारिसकेको छैन । गत चैत ८ […]
सिटिइभिटीका कोर्ष पढ्न प्रवेश परीक्षा दिन नपर्ने, जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने

काठमाडौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले ‘एसइई’मा प्राप्त गरेको ‘जिपिए’ अङ्कका आधारमा विद्यार्थी भर्ना गर्ने भएको छ । विगतमा प्रवेश परीक्षा लिएर सोही आधारमा विद्यार्थी भर्ना गरेकामा अबदेखि प्राप्त ‘जिपिए’का आधारमा भर्ना गर्न लागेको हो । सिटिइभिटीका परीक्षा नियन्त्रक उमेश मिश्रले यही शैक्षिकसत्रबाट जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने जानकारी दिनुभयो । उहाँले […]
धनगढीमा नक्कली बिद्यार्थी पक्राउ

धनगढी । धनगढीमा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । शुक्रबार धनगढीस्थित नाष्ट कलेजमा कक्षा १२ को परीक्षा दिइरहेकी गोदावरी नगरपालिका–९ की १९ वर्षीया सिर्जना बोहरालाई प्रहरीले पक्राउ गरिएको जनाएको छ । उनले एलिजा शाहीको नाममा परीक्षा दिइरहेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक […]
अभिभावकको दबाबपछि खुल्न थाले इलामका सामुदायिक बिद्यालय

इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार भएको भन्दै पठनपाठन सुरु गर्न दबाब बढाएपछि आइतबारदेखि केही विद्यालय सञ्चालनमा आएका हुन् । इलाम नगरपालिकाले पनि आइतबार एक विज्ञप्ति जारी गरी विद्यालय खुलाउन आह्वान गरेको थियो । इलाम नगरपालिका–३ पुवामझुवास्थित विणापाणी माध्यमिक विद्यालय आइतबारदेखि […]
बैज्ञानिक शिक्षा सँगै व्यवहारिक शिक्षामा अघि बढ्दै एभरेष्ट बाेर्डिङ स्कुल

भक्तपुर। दिन जन्म दिने आमाप्रति अगाध प्रेम र श्रद्धा व्यक्त गर्ने मातृ औंशी परेको सन्दर्भमा एभरेस्ट भक्तपुर स्कुलमा जे .के. जी का विद्यार्थीहरुका आमाहरुको उपस्थितिमा मातृ औंशी भब्य र सभ्य रुपमा मनाइयो । यस कार्यक्रमको मूख्य उद्देश्य नानी र आमा बिचको सम्बन्ध अझ प्रगाढ हुनसकोस रहेको कुरा स्कुलका संस्थापक प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारीले बताउनुभयो । […]
कक्षा १२ को परीक्षा २१ वैशाखबाट हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आउँदो ११ वैशाखदेखि तय भएको कक्षा १२ को परीक्षा स्थगित भएको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले परीक्षा रोक्न निर्देशन दिएपछि बोर्डले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरेको जनाएको छ । परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार आउँदो बिहीबारबाट हुने परीक्षा अब २१ वैशाखबाट हुने भएको […]
सामुदायिक स्कुलका बिद्यार्थी निजी स्कुल जानथाले

काठमाडौँ । शिक्षकहरू विगत २१ दिनदेखि सडक आन्दोलनमा छन् । गत चैत २० गतेदेखि सामुदायिक विद्यालयका शिक्षक तथा विद्यालय कर्मचारीहरू सडक आन्दोलनमा रहेका हुन् । उनीहरूले विगतमा आफूहरूसँग गरिएको सहमतिअनुसार विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म सडक नछाड्ने अडान राखेका हुन् । जसले गर्दा यतिवेला देशभरका सामुदायिक विद्यालयको शैक्षिक गतिविधि ठप्प छ । विद्यार्थी भर्ना अभियानदेखि […]
राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै, के हुन्छ त १२ काे परीक्षा ?

काठमाडौँ । देशभर शिक्षक आन्दोलनका कारण अन्योलमा परेको कक्षा १२ को वार्षिक परीक्षाबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार अहिले बिहान ८ बजे बैठक बोलाइएको छ । शिक्षक आन्दोलनका कारण परिक्षाको तयारी गरेका ५ लाख विद्यार्थी अन्योलमा परेका छन् । सोहि कारण बैठकले परीक्षा तोकिएकै मितिमा गर्ने वा […]

