मकवानपुरगढी टी–१० क्रिकेट प्रतियोगिताको उपाधि सनराइज युथ क्लबलाई

प्रदिप स्याङ्तान, हेटाैँडा । मकवानपुरकाे हेटाैँडामा आयाेजित प्रथम मकवानपुरगढी टी–१० क्रिकेट प्रतियोगिताको उपाधि सनराइज युथ क्लबले हात पारेको छ । मकवानपुरगढी गाउँपालिका वडा नं– २ स्थित कुर्लेमारको खेल मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सनराइजले ९- ५ ओभरमा सबै विकेट गुमाएर ९६ रन बनाएको थियो । ९६ रनको लक्ष्य पछ्याएको भालुन्टारले १० ओभरमा ६ विकेट गुमाएर […]
राजपुर नगरपालिकामा पहिलो पटक पालिका स्तरीय किशोरी क्रिकेट प्रतियोगिता भव्य रूपमा सम्पन्न

मेवालाल यादब,रौतहट । इस्लामिक रिलिफ क्यानाडाको आर्थिक सहयोग, इस्लामिक रिलिफ नेपालको प्राविधिक सहयोग तथा ग्रामिण विकास केन्द्र नेपाल (RDC) र राजपुर नगरपालिकाको समन्वयमा पहिलो पटक पालिका स्तरीय किशोरी क्रिकेट प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिता राजपुर नगरपालिकाको हाइ स्कुल खेल मैदानमा आयोजना गरिएको थियो। प्रतियोगितामा राजपुर नगरपालिका-१ देखि ९ सम्मका वडाहरू सहभागी भएका थिए। […]
प्रथम रोयल स्कुल स्तरीय रनिङ फुटबल प्रतियोगिता : इन्सपायर स्कुलको प्रभावशाली जित

झापा — रोयल स्पोर्टिङ क्लब दमकको आयोजनामा प्रथम रोयल स्कुल स्तरीय रनिङ फुटबल प्रतियोगिता दमक–३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा सुरु भएको छ। प्रतियोगिताको पहिलो खेल आज सम्पन्न भएको छ, जसको उद्घाटन दमक नगर प्रमुख राम थापाले गरेका थिए। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, दमक नगर प्याब्सन अध्यक्ष नवीन […]
रोयल स्पोर्टिङद्वारा दमकमा पहिलो विद्यालयस्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिता

झापा । झापाको दमकमा विद्यालयस्तरका विद्यार्थीहरूका लागि यस वर्षदेखि रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु हुन लागेको छ। रोयल स्पोर्टिङ क्लब दमकले प्रथम रोयल स्कुलस्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामार्फत विद्यार्थीहरूलाई सहभागी गराउने भएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा क्लबले माघ २९ गतेबाट प्रतियोगिता सुरु हुने जानकारी गराएको छ। कार्यक्रमबारे क्लबका अध्यक्ष राजु खड्काले जानकारी दिँदै क्लबले […]
भेट्रान्स कप फुटबल यूएईमा सम्पन्न, ग्रीन सिटि फुटबल क्लब बिजेता बन्दा धरान युनाईटेड स्टार् उपबिजेता बन्यो

कृष्ण कुँवर । पहिलो सहदेब सुब्बा भेट्रान्स कप फुटबल युएईको दुबईमा सम्पन्न भएको छ। फुटबल खेलाडी सहदेव सुब्बाको सम्झनामा वर्ल्डमोक्स् फुटबल क्लबले आयोजना गरेको सो खेलमा ग्रीन सिटि फुटबल क्लब बिजेता भएको छ भने, उपबिजेता धरान युनाईटेड स्टार भएको छ। बिजेता ग्रीन सिटी फुटबल क्लबले उपाधि सहित २५५५ दिर्हाम (लगभग रु ९५०००) उपविजेता धरान युनाइटेड […]
पृथ्वीनारायणकाे सालिकमा थुक्ने ७ कारणहरु

✒️दिपेश श्रेष्ठ : हिजाे नेपालभर ३०३ औँ पृथ्वीनारायण तथा राष्ट्रिय एकता दिवस मनाइयाे भने विभिन्न समुदायले पृथ्वीनारायण शाहकाे सालिकमा थुके। नेपालमा पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माता,नेपालका पिता लगायतका नामले पुकारिरहँदा खस-आर्य बाहेकका समुदायहरुले भने यिनलाई नकारिरहेका छान्। यिनकाे सालिकमा थुकिरहेका छन्। ईतिहास राम्राे काम गर्नेहरुकाे लेखिन्छ , जुन हिसाबमा पृथ्वीनारायण शाहकाे भने यिनै खस-आर्य समुदायका लागि […]
खेलाडिकाे सम्मान कार्यक्रममा लफडा, ताेडियाे कुर्सि

सप्तरी। सप्तरीको राजविराज नगरपालिकाले नेपाल प्रिमियर लिगको च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीलाई सम्मान गरेको कार्यक्रममा सोमबार तोडफोड भएको छ । राज रंगशालामा साँझ जनकपुरका खेलाडीलाई सम्मान गर्ने कार्यक्रम राखिएको थियो । खेलाडीलाई सम्मान गर्ने व्यक्तिहरूले राजनीति भाषण धेरै गरेको भन्दै उपस्थित दर्शकले कुर्सी तोडफोड गरेका हुन् । तोडफोडपछि प्रहरी र दर्शकबिच सामान्य विवाद र ठेलमठेल पनि भएको थियो । पछि […]
जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा दमक डोजाङको उत्कृष्ट प्रदर्शन, दुई स्वर्णसहित आधा दर्जन पदक

झापा । झापाको अर्जुनधारा नगरपालिका-६ स्थित लक्ष्मी माध्यमिक विद्यालयको खेल मैदानमा आयोजित जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा दमक तेक्वान्दो डोजाङले दुई स्वर्णसहित विभिन्न तौल समूहमा आधा दर्जनभन्दा बढी पदक जितेर उत्कृष्ट प्रदर्शन गरे पदक, पुरुषतर्फ बीरेन्द्र राई ३९ केजी तौल समूहमा कास्य पदक, इक्सा मादेन महिलातर्फ पुम्से विधामा रजत पदक र रञ्जिता तामाङ महिलातर्फ पुम्से विधामा कास्य […]
नेपाली समाजद्वारा यूएईका संघ-संस्थाहरु बीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न , यू.एन.एफ.ए. विजेता

फणिंद्र ढकाल, यूएई। नेपाली समाज यूएईले आयोजना गरेको मैत्रीपुर्ण फुटबल खेलमा यू.एन.एफ.ए. (यूएई नेप्लिज फुटबल एसोसियसन्) ले पत्रकार महासंघ यूएई शाखालाई पेनाल्टी शूटआउटमा २- १ गोलले हराउँदै विजेता बनेको छ। फाइनल खेलको शुरुवातमा पत्रकार महासंघको तर्फबाट मिलन मैनालीको गोल संगै अग्रता लिएको पत्रकार महासंघलाई खेलकोअन्तिम १९ सेकेन्डमा यू.एन.एफ.ए.का सुमन भण्डारीले फ्रीकिक मार्फत गोल फर्काएपछी खेल […]
यूएईमा नेपाली संघ-संस्थाहरु बीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न, यू.एन.एफ.ए. विजेता

कृष्ण कुँवर, यूएई । नेपाली समाज यूएईले आयोजना गरेको मैत्रीपुर्ण फुटबल खेलमा यू.एन.एफ.ए. (यूएई नेप्लिज फुटबल एसोसियसन्) ले पत्रकार महासंघ यूएई शाखालाई पेनाल्टी शूटआउटमा २- १ गोलले हराउँदै विजेता बनेको छ। फाइनल खेलको शुरुवातमा पत्रकार महासंघको तर्फबाट मिलन मैनालीको गोल संगै अग्रता लिएको पत्रकार महासंघलाई खेलकोअन्तिम १९ सेकेन्डमा यू.एन.एफ.ए.का सुमन भण्डारीले फ्रीकिक मार्फत गोल फर्काएपछी […]
