Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपाली समाजद्वारा यूएईका संघ-संस्थाहरु बीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न , यू.एन.एफ.ए. विजेता

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 26, 2024
15 shares

फणिंद्र ढकाल, यूएई। नेपाली समाज यूएईले आयोजना गरेको मैत्रीपुर्ण फुटबल खेलमा यू.एन.एफ.ए. (यूएई नेप्लिज फुटबल एसोसियसन्) ले पत्रकार महासंघ यूएई शाखालाई पेनाल्टी शूटआउटमा २- १ गोलले हराउँदै विजेता बनेको छ।

फाइनल खेलको शुरुवातमा पत्रकार महासंघको तर्फबाट मिलन मैनालीको गोल संगै अग्रता लिएको पत्रकार महासंघलाई खेलकोअन्तिम १९ सेकेन्डमा यू.एन.एफ.ए.का सुमन भण्डारीले फ्रीकिक मार्फत गोल फर्काएपछी खेल पेनाल्टी शूटआउट तर्फ धकेलिएको थियो।
उत्कृष्ट खेलाडी सागर श्रेष्ठ उत्कृष्ट गोलरक्षक राकेश लिम्बु घोषित भएका थिए।

दुवईस्थित अल- सलाम् विद्यालयको अल किसेस् मैदान र महिस्ना विद्यालयको मैदानमा करिव पाँचसय जना दर्शकको उपस्थितिमा शनिबार राती ९ बजेबाट सुरु भएको खेल बिहान ३ बजे सम्पन्न भएको थियो।

नेपाली संघ-संस्था हरुको बिचमा आकर्षणको केन्द्र नेपाली दूतावास अबुधाबी र राजदूत तेज बहादुर क्षेत्री रहेका थिए। दूतावासले यूएईमा हुने खेलमा पहिलो पटक आफ्नो सहभागिता जनाएको र सेमी फाइनल सम्मको यात्रा गरेको थियो।

मैत्रीपूर्ण खेलमा नेपाली दुतावास अबुधाबी नेपाल पत्रकार महांसघ युएई, नेपाली समाज युएई, नेपाली समाजमा आबद्ध संघसंस्था , गैर आवासिय नेपाली संघ र युएई नेप्लिज फुटबल एसोसिएसनले सहभागिता जनाएका थिए।

कार्यक्रम निकै अशल भएको, व्यस्तताका बावजूद नेपाली समुदायको बीच कार्यक्रममा खुशी साट्न पाऊंदा आफुलाई आनन्दित लागेको हार्दिकता, चिनजान्, संजालको अशलकार्य भएको र आगामी दिनमा नेपाली समुदायबाट एस्तै कार्यहरुको अपेक्षा गरेको राजदूत तेज बहादुर क्षेत्रिको भनाई थियो।

नेपाल पत्रकार महासंघका यूएई शाखाका अध्यक्ष मेघराज सापकोटा र एन.आर. एन. ए. अध्यक्ष विकाश शाहीले नेपाली समुदायका बिचमा दूतावासको उपस्थितिले खुशी तुल्याएको र आगामी दिनमा दूतावास नेपाली समुदायसंग अझै संपर्कमा रही अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताए। नेपाली समाजले गरेको काम राम्रो छ तर आगामी दिनमा रातको समयमा नभई दिनको उपयुक्त समय छनौट् गर्नपर्ने बताए।

नेपाली समाजका अध्यक्ष बेद प्रसाद अर्यालका अनुसार- नेपाली समुदायका बीचमा सेवाकार्य गर्ने क्रममा स्वास्थ्यलाई टेवापुगोस् भन्ने उद्देश्यले हामीले नेपाली समुदायको बिचमा खेलकुदका कार्यक्रमहरु पनी गर्दैआएका छौं। त्यही कार्यलाई निरन्तरता दीएका हौं। अभिभावक संस्था नेपाली दूतावास, संघ- संस्थाका प्रतिनिधि र नेपाली समुदायको उपस्थितिले उत्साहित र खुशी छौं, यो कार्यक्रमले नेपाली दाजुभाई-दीदिवहिनी हरुप्रति आत्मियता बढाएको छ। त्रुटि छन् तर आगामी दिनमा सच्याएर अझै व्यवस्थित बनाउनेछौं।

यूएईमा भएका २७ ओटा क्लब हरुको छाता संगठन यू.एन.एफ.ए का अध्यक्ष अनिल शेर्पाले आगामी दिनमा नेपाली संघ-संस्था हरुसंग हातेमालो गर्दै सामाजिक कार्यमा सहभागी हुने बताए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जानकि मन्दिर प्रवेशमा हर्कलाइ लगाईएकाे राेक प्रति पार्टीको गम्...

  • July 21, 2026

‘उत्पादन र निर्यात बिना देश समृद्ध बन्न सक्दैन’ : ...

  • July 21, 2026

आर्थिक वर्ष २०८२/८३ मा लागुऔषध नियन्त्रण ब्यूरोको उल्लेखनीय सफ...

  • July 21, 2026

जन्मदिनको पार्टीमा कुटाकुट, भक्तपुरमा एक युवाको मृत्यु; ३० जना...

  • July 21, 2026

फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र...

  • July 21, 2026

३ प्रतिशत समता शुल्क स्थगित, निजी अस्पताल र कलेजमा १० प्रतिशत ...

  • July 21, 2026

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फ...

  • July 21, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved