Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रोयल स्पोर्टिङद्वारा दमकमा पहिलो विद्यालयस्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिता

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 5, 2025
261Shares

झापा । झापाको दमकमा विद्यालयस्तरका विद्यार्थीहरूका लागि यस वर्षदेखि रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु हुन लागेको छ। रोयल स्पोर्टिङ क्लब दमकले प्रथम रोयल स्कुलस्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामार्फत विद्यार्थीहरूलाई सहभागी गराउने भएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा क्लबले माघ २९ गतेबाट प्रतियोगिता सुरु हुने जानकारी गराएको छ।

कार्यक्रमबारे क्लबका अध्यक्ष राजु खड्काले जानकारी दिँदै क्लबले राष्ट्रिय स्तरको प्रतियोगिता समेत सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो। दमकका निजी तथा आवासीय विद्यालय संगठन (प्याव्सन) मा आबद्ध विद्यालयका विद्यार्थीहरूको सहभागिता रहने यस प्रतियोगितामा १० टिमबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता दमक–३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा आयोजना गरिनेछ।

खेल तालिका सार्वजनिक गर्दै खेल संयोजक खगेन्द्र बजगाईंले पहिलो संस्करणको यस प्रतियोगितामा सेमिफाइनलमा पुग्ने चार टिमलाई अर्को वर्षको प्रतियोगितामा प्रवेश शुल्क नलिई खेलप्रति प्रोत्साहित गर्ने योजना रहेको बताउनुभयो।

प्रतियोगिताको उद्घाटन खेल इन्सपायर र सनराइज स्कुलबीच हुनेछ। साथै, पाथीभरा, मेची, हिमज्योति, सेन्कु, रोयट, अक्सफोर्ड, नेपाल-जापान, र एभरेस्ट बोर्डिङ स्कुलका टिमहरू सहभागी हुनेछन्।

प्रतियोगितामा विजेताले ३० हजार, उपविजेताले २० हजार तथा म्यान अफ द सिरिजले ७ हजार नगदसहितको पुरस्कार प्राप्त गर्नेछन्। यो प्रतियोगिता तीन वर्षे रनिङ शिल्डको रूपमा सञ्चालन हुनेछ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जो...

  • October 27, 2026

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

  • October 27, 2026

चुनावको मुखमा बेलकोटगढीमा रास्वपालाई धक्का, नेता–कार्यकर्ताले ...

  • October 27, 2026

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो, असोजमा ३२ हजारभ...

  • October 27, 2026

आजको मौसम : दिउँसो कोशी, मधेस, बागमती प्रदेशमा आंशिक बादल लाग्ने

  • October 27, 2026

रामेश्वर परियार पाँच वर्षदेखि मिर्गौला रोगसँग संघर्षरत, उपचारक...

  • October 27, 2026

सरु बानियाँलाई हराउनुपर्ने कारण के थियो, कांग्रेसिजन?

  • October 26, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved