नेपाललाई घातक बन्न सक्ने अमेरिकाका पाँच खेलाडी

नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत पहिलो खेलमा सोमबार अमेरिकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ४ : १५ पछि ओमानको अल अमरेत क्रिकेट मैदानमा सुरु हुनेछ । त्रिकोणात्मक सिरिजअघि नेपाल र अमेरिका दुबैले पपुवा न्युगिनीसँग २-२ ओडिआई खेल खेलेका थिए । नेपाल र अमेरिकाले पपुवा न्युगिनीसँग दुबै खेलमा जित हात पारेका थिए । अमेरिका […]
जोकोभिचलाई हराउँदै मेदभेदेब युएस ओपनको नयाँ च्याम्पियन

शीर्ष वरीयताका सर्वियन टेनिस स्टार नोभाक जोकोभिचमाथि एकपक्षीय जित निकाल्दै रसियन डानिल मेदेभेदेव युएस ओपन टेनिसको च्याम्पियन बनेको छ । दोस्रो वरीयताका मेदेभेदेवले जोकोभिचलाई ३–० को सोझो सेटमा हराउँदै युएस ओपनको नयाँ च्याम्पियन बनेका हुन् । न्युयोर्कस्थित आर्थर आसे स्टेडियममा सोमबार बिहान भएको फाइनलमा मेदेभेदेवले शीर्ष वरीयताका जोकोभिचलाई कुनै पनि सेटमा खुलेर खेल्न दिएनन् । […]
रियल म्याड्रिड ५६० दिनपछि बर्नाबेउ फर्कदै

स्पेनिस महारथी क्लब रियल म्याड्रिड झन्डै १९ महिनापछि आफ्नो घरेलु मैदान सान्टियागो बर्नाबेउमा फर्कदैछ । स्पेनिस ला लिगामा आज (आइतबार) रियलले सेल्टा डि भिगोको आतिथ्यता गर्दाको खेल यही ‘आइकोनिक’ सान्टियागो बर्नाबेउमा हुनेछ । खेल नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ । रियलले बर्नाबेउमा अन्तिमपटक ५ सय ६० दिन अघि अर्थात १ मार्च २०२० मा ‘एल […]
यूएस ओपन टेनिस: १८ वर्षीया एम्मा राडुकानुको अविश्वसनीय विजय यात्रा

एम्मा राडुकानुले ब्रिटेनको ४४ वर्ष लामो प्रतीक्षालाई अन्त्य गर्दै महिला ग्रान्ड स्लाम उपाधि जित्ने क्रममा यूएस ओपन टेनिसको फाइनलमा क्यानडाकी लेला फर्नान्डेजलाई हराएकी छन्। १८ वर्षीया राडुकानुले न्यूयोर्कमा आफ्नो अविश्वसनीय यात्रा पूरा गर्ने क्रममा १९ वर्षीया फर्नान्डेजलाई सोझो सेटमा ६-४, ६-३ ले हराएकी थिइन्। ब्रिटेनका लागि ४४ वर्षअगाडि ग्रान्ड स्लाम उपाधि जित्ने क्रममा विम्बल्डन जितेकी […]
बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल

काठमाडौँ- नेपाली महिला फुटबल टोलीले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे हुने खेलमा नेपाली टोली फेरि पनि जित्ने लक्ष्यका साथ मैदान उत्रनेछ । पहिलो मैत्रीपूर्ण खेलमा डेब्यु खेलाडी सविता रानामगर र प्रीति राईको गोलले नेपालले जितेको थियो । दोस्रो खेलमा नेपालको सुरुवाती ११ मा परिवर्तनको सम्भावना न्यून छ […]
मेस्सीले पेलेको कीर्तिमान तोडे

अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले विश्व फुटबलका महान् हस्ती ब्राजिली लेजेन्ड पेलेको कीर्तिमान तोडेका छन् । दक्षिण अमेरिकी विश्वकप छनोटमा बोलिभियाविरुद्धको खेलमा ह्याट्रिक पुरा गर्दै मेस्सीले दक्षिण अमेरिकामा पेलेको नाममा रहेको सर्वाधिक गोलकर्ताको कीर्तिमान तोड्दै आफ्नो नाममा लेखाएका हुन् । यसअघि दक्षिण अमेरिकामा ८० वर्षीय पेलेको नाममा ९२ खेलमा ७७ गोलको कीर्तिमान रहेको थियो । ६ […]
नेपालले उतारेको ‘१२ औं’ खेलाडी पुनम, जो करिअरकै दोसाँधमा छिन्

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले विहीबार दशरथ रंगशालामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको डेब्यू गर्यो । बंगलादेशविरुद्ध खेलमा नेपाली टोलीको लाइनअप मैदान प्रवेश गर्ने क्रममा १२ खेलाडी मैदान छिरे । राष्ट्रिय गान सकिएसँगै डिफेन्डर पुनम जर्घा मगर लाइनअपबाट अलग्गिएर पुन: बेन्च फर्किइन् । पछिल्लो समय राष्ट्रिय टोलीको डिफेन्समा लगातार खेल्दै आएकी पुनम गल्तीले लाइनअपमा गएकी भने थिइनन् […]
बेल्जियम विजयी, वेल्स रोकियो
बेल्जियमले घरेलु टोली बेलारुसलाई १–० ले पराजित गरेको हो । बेल्जियमको जितमा डेनिस प्राएटले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ३३औं मिनेटमा एलेक्सिस साइलिमेकर्सको पासमा गोल गरेका थिए । बेलारुसविरुद्धको खेलमा फरवार्ड रोमेलु लुकाकु चोटका कारण खेलेका थिएनन् । प्रशिक्षक रोबर्टाे मार्टिनेजले कप्तान इडेन हाजार्डलाई दोस्रा हाफमा मैदान उतारेको थियो । यही […]
पुम्से तेक्वान्दोका ११ खेलाडी छनोट

नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोग तथा नेपाल तेक्वान्दो संघद्वारा आयोजित १०औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताबाट ११ खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि मंगलबार छनोट भएका छन् । दक्षिण कोरियोको आयोजनामा हुने विश्व कोरियन एम्बासडर भर्चुअल पुम्से प्रतियोगितका लागि नेपालबाट ११ खेलाडी छनोट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ । आ–आफ्नो स्पर्धामा पहिलो भएका […]
कप्तान किरण प्रिमियरको स्पोर्ट्स एम्बासडर

नेपाली राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङ प्रिमियर इन्टरनेशनल आईबी वर्ल्ड स्कुलको स्पोर्ट्स एम्बासडर बनेका छन् । प्रिमियर स्कुलले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै किरणलाई एम्बासडर नियुक्त गरेको हो । किरणले तीन वर्षको सम्झौता गरेका हुन् । उनलाई प्रिमियर स्कुलका वसन्त थापाले सम्झौता पत्र प्रदान गरे । कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ […]
