Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपालले उतारेको ‘१२ औं’ खेलाडी पुनम, जो करिअरकै दोसाँधमा छिन्

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 10, 2021
87 shares

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले विहीबार दशरथ रंगशालामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको डेब्यू गर्यो । बंगलादेशविरुद्ध खेलमा नेपाली टोलीको लाइनअप मैदान प्रवेश गर्ने क्रममा १२ खेलाडी मैदान छिरे । राष्ट्रिय गान सकिएसँगै डिफेन्डर पुनम जर्घा मगर लाइनअपबाट अलग्गिएर पुन: बेन्च फर्किइन् ।

पछिल्लो समय राष्ट्रिय टोलीको डिफेन्समा लगातार खेल्दै आएकी पुनम गल्तीले लाइनअपमा गएकी भने थिइनन् । नियमित रुपमा खेलिरहेको खेलाडी एक्कासी मैदान प्रवेश गरेर बाहिरिंदाको कारण भने निकै दु:खद छ । प्रशिक्षक ग्यारी फिलिप्सले पोस्ट म्याच कन्फरेन्समा पुनमको स्वास्थ्य अवस्थाका कारण अब उनले पुन: फुटबल खेल्न नसक्ने अवस्था आउन सक्ने बताए ।

‘पुनमको बारेमा हामीले हिजो मात्र जानकारी पाएका छौं । उनी अब भोली पुन: परिक्षणमा जानेछिन् । तर हामीले जे जानकारी प्राप्त गर्यौं, त्यो सुखद छैन,’ फिलिप्सले निराश हुँदै भने,’ उनको स्वास्थ्य समस्याका कारण उनले अब फेरि मैदानमा फर्कन सक्दिनन् । उनी अब हामीसँग उज्बेकिस्तान जाने छैनन् । आशा गरौं भोलिको परिक्षणबाट उनको स्वास्थ्य स्थिति ठिक हुनेछ । तर अब उनले फुटबल खेल्न सक्दिनन् ।’

सन् १९८६ मा अन्तर्राष्ट्रिय फुटबल खेलेको नेपालले २५ वर्षपछि दशरथ रंगशालामा खेल्न पाउँदा राष्ट्रिय टोलीमा पछिल्लो समय नियमित खेलिरहेकी पुनम फिलिप्सको भनाइ मान्ने हो भने आफ्नो करिअरमा अन्तिम पटक मैदान प्रवेश गरिन् । प्रशिक्षक फिलिप्सले टोलीले उनलाई विशेष सम्मानस्वरुप त्यो अवसर दिएको बताए ।

‘हामीले उनको स्वास्थ्य अवस्थाबारे जानकारी पाएपछि के गर्न सकिन्छ भन्ने छलफल गर्यौं । उनले नै टोलीलाई मैदानभित्र लिड गर्ने भनेका थियौं । राष्ट्रिय गानमा सरिक भएपछि योजनाअनुसार नै बेन्चमा फर्किइन्, हामीले गर्न सक्ने सम्मान दिएका हौं,’ प्रशिक्षक फिलिप्सले भने ।

अन्तर्राष्ट्रिय फुटबलमा पनि पटक पटक सम्मानस्वरुप विभिन्न खेलाडी एवं कतिपय अवस्थामा खेलाडीका नजिकका नातेदारलाई यस्तो सम्मान दिने गरिन्छ । नेपाली फुटबलमा झन्डै एक दशकयता खेल्दै आएकी पुनमका लागि पनि टोलीले सम्मान गर्ने निर्णय गरेको थियो । पुनम यसक्रममा निकै भावुक पनि देखिएकी थिइन् । खेलाडीले राष्ट्रिय गान सकिएपछि उनी बेन्च फर्कंदा ताली बजाएर सम्मान दिएका थिए ।

पुनमको स्वास्थ्यमा के कस्तो समस्या रहेको यकिन भन्न शुक्रबार गरिने परिक्षणको नतिजा कुर्नुपर्ने छ । तर फिलिप्सको संकेत बुझ्दा राष्ट्रिय टोलीले यसै साता गराएको प्रि-टुर्नामेन्ट मेडिकल एसेसमेन्ट (पिएमसिए) अर्थात् प्रतियोगिता खेल्नुअघि गरिने स्वास्थ्य परिक्षणमा केहि समस्या आएको हुनसक्ने आँकलन गरिएको छ । परिक्षणमा खेलाडी

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved