Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपाललाई घातक बन्न सक्ने अमेरिकाका पाँच खेलाडी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 13, 2021
165 shares

नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत पहिलो खेलमा सोमबार अमेरिकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ४ : १५ पछि ओमानको अल अमरेत क्रिकेट मैदानमा सुरु हुनेछ ।

त्रिकोणात्मक सिरिजअघि नेपाल र अमेरिका दुबैले पपुवा न्युगिनीसँग २-२ ओडिआई खेल खेलेका थिए । नेपाल र अमेरिकाले पपुवा न्युगिनीसँग दुबै खेलमा जित हात पारेका थिए । अमेरिका गतवर्ष टियु मैदानमा विश्वकप लिग–२ दुबै खेलमा नेपालसँग पराजित भएको थियो । गतवर्ष दोस्रो खेलमा नेपालले अमेरिकालाई ओडिआई इतिहासकै सर्वाधिक कम ३५ रनमा अल आउट गर्दै विश्वमै सनसनी मच्चाएको थियो ।

विश्वकप लिग–२ मा अमेरिका १२ खेलमा ६ मा जित र ६ मा हार सहित कुल १२ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल ४ खेलमा समान २ मा जित र हार सहित चार अंकका साथ छैटौं स्थानमा छ । नेपाल शतप्रतिशत जितका साथ ८ अंक थप्दै अंक तालिकामा ठूलो छलाङ मार्ने सोचमा छ । अमेरिका उच्च प्रदर्शनका साथ शीर्ष स्थानमा पुनरागमन गर्न चाहन्छ ।

गतवर्ष नेपालसँग लज्जास्पद हार बेहोरेको अमेरिकाले यस पटक टोलीमा व्यापक परिवर्तन गरेको छ । टोलीमा ६ परिवर्तन गरेको अमेरिका नेपालविरुद्ध गतवर्ष ३५ रनमा अल आउटको बदला लिन चाहन्छ । भारतीय मूलका खेलाडीको बाहुल्यता हुँदा अमेरिका टोली मजबुत छ । अमेरिका पाँच खेलाडी जो नेपाललाई निराश बनाउन सक्छन् ।

५. सौरभ नेत्रवालकर

भारतीय मुलका तीब्र गतिका बायाँ हाते बलर सौरभ अमेरिका कप्तान हुन् । उनले अमेरिका टोलीबाट लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । गतवर्ष नेपालसँगको सिरिजमा पनि राम्रो प्रदर्शन गरेका थिए । भारतीय यू१९, मुम्बईबाट रणजी ट्रफी र विजय हजारे चर्चित घरेलु प्रतियोगिता खेलेको अनुभव उनीमा छ । क्यारेबियन प्रिमियर लिग गुयाना एमेजन वारियर्सबाट खेलि सकेका छन् ।

उनले अमेरिकाबाट १५ ओडिआई, ८ टि ट्वान्टी र ४७ लिष्ट ए खेलेका छन् । ओडिआईमा २३ विकेट लिएका छन् । उत्कृष्ट प्रदर्शन ५–३२ छ । भारतीय घरेलु क्रिकेटको राम्रो अनुभव भएका उनले आफ्नो उच्च प्रदर्शनमा नेपालको जितको सपनामा बाधक बन्न सक्छन् ।

४.निसर्ग पटेल

निसर्ग पटेल अमेरिका स्पिन अलराउन्ड् हुन् । ३३ वर्षिय पटेलले पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आएका छन् । उनले पिएनजीसँगको पहिलो खेलमा चार विकेट लिएका थिए । पटेलले तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् । १० ओडिआई खेलमा उनले १ सय ६२ रन बनाउनुको साथै १२ विकेट लिएका छन् । ब्याट र बल दुबैबाट योगदान दिँदै अमेरिका जित सहज बनाउन सक्छन् ।

३. स्टिभ टेलर

ओपनर स्टिभ टेलर अमेरिका प्रमुख ब्याट्सम्यान हुन् । २७ वर्षिय बायाँ हाते ओपनर तथा विकेटकिपर ब्याट्सम्यान टेलर आक्रामक ब्याटिङ गर्ने गर्दछन् । उनले १४ ओडिआई, ८ टि ट्वान्टी आई, ३ प्रथम श्रेणी र ५१ लिष्ट ए खेलेका छन् । ओडिआईमा २ सय ८५ रन बनाउनुको साथै १० विकेट लिएका छन् ।

सन् २०१३ डिभिजन ३ मा टेलरले नेपालविरुद्ध १ सय २ बलमा १२ चौका र १२ छक्का सहित १ सय ६२ रनको विष्फोटक शतकीय इनिङ खेलेका थिए । टेलरको विष्फोटक शतकमा अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ६६ रन बनाएको थियो । नेपालविरुद्ध उनलाई राम्रो अनुभव छ । राम्रो लयमा पनि देखिएका छन् । पिएनजीसँगको पहिलो खेलमा टेलरले ५५ बलमा ७ चौका र ७ छक्का सहित ८२ रनको आक्रामक इनिङ खेलेका थिए । टेलर पार्टटाइम बलर पनि हुन् । नेपालविरुद्ध राम्रो अनुभव, उनको लय र खेल्ने शैली देख्दा अमेरिका नायक बन्न सक्छन् ।

२.अभिषेक पराडकार

भारतीय मुलका अभिषेक पराडकार बायाँ हाते तीव्र गतिका बलर हुन् । २० वर्षिय अभिषेकले पिएनजीसँग दोस्रो ओडिआई खेलमा अमेरिकाको लागि डेब्यू गर्दै ९ ओभरमा २ मेडन सहित ४ विकेट लिएका थिए । अभिषेकले हालसम्म नेपालसँग खेलेका छैनन् । उनी नयाँ अनुहार हुँदा धेरैलाई उनको बारे थाहा छैन । उनले भारतको हैदराबादबाट यू१६ क्रिकेट खेलि सकेका छन् । अभिषेक नेपाललाई सरप्राइज बन्न सक्छन् ।

१. जसकरण मल्होत्रा

मध्यक्रमका विकेटकिपर ब्याट्सम्यान जसकरण मल्होत्रामाथि सबैको नजर हुने छ । भारतीय मुलका मल्होत्राले पिएनजीसँग दोस्रो ओडिआई खेलमा १ सय २४ बलमा ४ चौका र १६ छक्का सहित १ सय ७३ रनको अविजित इनिङ खेल्दै विश्वको ध्यान आफूतिर तानेका थिए । उक्त इनिङ खेल्नेक्रममा उनले ६ बलमा लगातार ६ छक्का प्रहार गरेका थिए । पाँचौं नम्बरमा ब्याटिङ गर्दै बनाएको उक्त रन ओडिआई इतिहासकै सर्वाधिक ठूलो पर्दछ ।

जसकरण गतवर्ष नेपाल भ्रमणमा अमेरिका टोलीमा थिएनन् । पिएनजीविरुद्ध लयलाई निरन्तरता दिएमा नेपाली बलरलाई उनले निराश बनाउन सक्छन् । भारतको चन्डिगढमा जन्मिएका उनले हिमान्चल प्रदेशबाट घरेलु क्रिकेट खेलेका थिए । उनले २०१८ देखि अमेरिकाबाट खेल्दै आएका छन् । उनले नेपालविरुद्ध पहिलो पटक खेल्दै छन् । जसले गर्दापनि बलरलाई केहि कठिन पर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

मनसुन सक्रिय: बागमतीसहित पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर...

  • July 23, 2026

मनसुनमा उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् प्राधिकरणको आग्रह,...

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved