मेलम्चीको दुर्गम गाउँ धौलेमा ‘एक घर, एक धारा’

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–११ धौले पैंयुखर्कमा ‘एक घर, एक धारा’ निर्माण गरेर हस्तान्तरण गरिएको छ । नगर प्रमुख डम्बर अर्याल, उपप्रमुुख भगवती नेपाल, वडाध्यक्ष रुद्र दुलाल, सेवक नेपालका अध्यक्ष रेमन्त नाथले शुक्रबार खानेपानीको उद्घाटन गरेका हुन् । नगरपालिका र सेवक नेपालको साझेदारीमा सो गाउँमा २६ वटा धारा निमार्ण गरी स्वच्छ पानी आउन थालेको छ । […]

सिंचाइमा खपत हुने विद्युत महसुल निःशुल्क बनाउने मन्त्री भुसालको घोषणा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सिंचाइमा खपत हुने विद्युत महसुल निःशुल्क बनाउने घोषणा गरेकी छन् । मन्त्री भुसालले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाई मुलुकको अर्थतन्त्रलाई टेवा पुर्‍याउनका लागि आफूले सिंचाइमा खपत हुने विद्युत महसुल निःशुल्क बनाउने लक्ष्य लिएको स्पष्ट पारिन् । गत १ मंसीरदेखि सिंचाइमा खपत हुने विद्युतको शुल्क ५० प्रतिशत घटाएको उल्लेख गर्दै […]

ड्रोनभित्र लुकाएर सुन ल्याएको अभियोगमा एक जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले ड्रोनभित्र लुकाएर एक सय ग्राम सुन ल्याएको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुटानी शरणार्थीका रुपमा अमेरिका गएका अनिषहाङ बहिङ राई छन् । विमानस्थलका प्रमुख भन्सार प्रशासक महेश भट्टराईका अनुसार बिहीबार दिउँसो १२ बजेतिर उनी विमानस्थलबाट पक्राउ परेका हुन् । ‘उनको ड्रोनभित्र क्यामराको लेन्स छेऊमा अड्काएर […]

खाेटाङकाे हाैँचुर स्थित शारदा मा.बि. मा पुर्व प्र.अ.काे नाममा अक्षयकोष स्थापना

प्रेम श्रेष्ठ, खाेटाङ । खोटाङको रावा बेसी गाउँपालिका-६ हौंचुर स्थित श्री शारदा मा.वि. हौँचुर मा पुर्ब प्र.अ. भद्र बहादुर राई अक्षयकोष स्थापना वि.व्य. स. अध्यक्ष विष्णु कुमार कार्की को सभापतित्व र रावा बेसी गाउँपालिका अध्यक्ष लिलानाथ निरौला को प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको छ । अक्षयकाेष दाता भद्र बहादुर राई दश बर्ष अगाडि सोही […]

बैंक अफ काठमाण्डूको ऋणपत्र निष्काशनको लागि एनआईबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक

काठमाडौं । बैंक अफ काठमाण्डूले ऋणपत्र निष्काशनको लागि एनआईबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । बैंकले ऋणपत्र निष्काशनको लागि क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गर्दै सम्झौता गरेको हो । सम्झौतामा बैंक अफ काठमाण्डू लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रवण लाल मास्के र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् […]

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारण सभा चैत ६ गते

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारण सभा चैत ६ गते (आइतवार)का लागि बोलाएको छ । सभाले आव २०७६र ७७ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्नेछ । त्यसैगरी सभाले संस्थापक समूहका शेयरधनीतर्फबाट एक जना एवम् स्वतन्त्र सञ्चालक नियुक्ती र सर्वसाधारण समूहबाट दुई जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले […]

मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौंमा : खानेपानी मन्त्री चौधरी

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं लैजाने सरकारको लक्ष्य पूरा हुने बताएका छन् । बुधवार सुन्दरीजल हुँदै मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथान आएका मन्त्री चौधरीले यही महीनाभित्र पानी जुनसुकै हालतमा काठमाडौं पुर्‍याउने दाबी गरे । जनशक्ति तथा अन्य प्राविधिक सहयोग थप आवश्यक परे सरकारले सहयोग गर्ने भन्दै उनले चैत मसान्तसम्ममा […]

नेपालकै दोस्रो ठूलो सबस्टेशन सञ्चालनमा, शनिबार उद्घाटन

काठमाडौं । जलविद्युत् आयोजना निर्माण गरेर मात्रै हुँदैन । त्यसका लागि प्रसारण लाइन सबस्टेशनको पनि उत्तिकै आवश्यकता पर्दछ । प्रसारण प्रणालीको निर्माणपछि मात्रै जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली सबस्टेशन भएर तपाईँ हाम्रो घर–घरमा आइपुग्छ । उद्योग कलकारखानामा पुग्छ ।पछिल्ला दिनमा सरकारले जलविद्युत् आयोजनाको निर्माणसँगै प्रसारण प्रणाली र सबस्टेशन निर्माणमा पनि उत्तिकै ध्यान दिएको छ । देशभित्र […]

नेपाल टेलिकमको होली अफर सार्वजनिक

काठमाडौं । होलीको अवसरमा नेपाल टेलिकमले एक अफर सार्वजनिक गरेको छ । टेलिकमले बुधबार विज्ञप्तिमार्फत अनलिमिटेड डाटासहितको ‘फागु अफर’ उपलब्ध गराएको जनाएको छ । यो अफर चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुने टेलिकमद्वारा जारी बिज्ञप्तिमा जानइएकाे छ। यो अफर अन्तर्गत रु. ६९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा, रु. ९८ मा ६ […]

प्रोत्साहन भत्ता वितरणमा किन विभेद ?

खाेटाङ। खाेटाङकाे ऐंसेलुखर्क गाउँपालिकामा भएकाे प्राेत्साहन भत्ता विभेद सम्बन्धी  https://suchanachautari.com/14581/मार्फत यही चैत्र २७ गत्ते प्रकाशित समाचारकाे विषयमा पालिकाकाे कर्मचारीहरूले मात्र नभई उक्त ऐंसेलुखर्क गाउँपालिकाका ३ नम्बर वडा सदस्य समेत रहेका दुर्गा श्रेष्ठ समेतले सन्तुष्टि जनाएका छन्। निज श्रेष्ठले उक्त समाचार आउनमा पालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतसाथै पालिकामा प्रतिनिधित्व गर्ने विभिन्न दललाई दाेष देखाएका […]