काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलवमा १५ प्रतिशत वृद्धि गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माद्वारा संसदमा प्रस्तुत आगामी वर्षको बजेटमार्फत सरकारले सरकारी कर्मचारीको तलव १५ प्रतिशत वृद्धि भएको हो ।

सरकारले आगामी दिनमा तलव सुविधा वृद्धि सम्बन्धी काम गर्नेगरी तलव सुविधा वृद्धि आयोग समेत गठन गर्ने भएको छ ।










