बैंक अफ काठमाण्डू लिमिटेडको हेल्पलाइन सेवा सुचारु

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहकहरूका लागि हेल्पलाइन सेवा सुचारु गरेको छ । बैंकले आफ्नो ग्राहकहरुलाई बैंकिङ्ग कारोबारमा सहज होस् भन्ने हेतुले बैंकको डिजिटल सेवा तथा सुविधाहरुबारे जानकारी तथा सेवा संचालनमा सहयोग गर्नको लागि हेल्पलाइन स्थापना गरेको छ । यस हेल्पलाइन सेवा अन्र्तगत ग्राहकहरुले बैंकको कुनैपनि डिजिटल कारोबारहरूको कुनै जिज्ञासा भएमा यस बैंकको सहयोग […]

प्रधानमन्त्री देउवालाई गाउँपालिका प्रमुख राईकाे पाँच बुँदे मागपत्र

खोटाङ। खोटाङस्थित दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख एवम् नेपाली काँग्रेस- १ का समितिका महामन्त्री भूपेन्द्र राईले प्रधानमन्त्री देउवा समक्ष जिल्लाको समग्र विकासका लागि पाँच बुँदे मागपत्र पेश गरेका छन् । सोमबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका-१ याम्खा जोड्ने बाटोफेदीस्थित साप्सु खोलाको नवनिर्मित मोटररेवल पक्कि पुल उद्घाटन पश्चात कार्यक्रमलाई प्रमुख राईले सम्बोधन गर्दै […]

इन्टरनेट तथा टेलिभिजन कम्पनीहरुले प्राधिकरणलाई तिरेन पाेल भाडा

काठमाडौं। इन्टरनेट तथा केबल टेलिभिजन सेवा प्रदायक कम्पनीहरू कम्पनीहरूले पोल भाडाको बक्यौता भुक्तानी नगरेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ । गत असोजमा प्राधिकरण र इन्टरनेट तथा केबल सेवा प्रदायकबीच कात्तिकभित्र पोल भाडाको बक्यौता तिर्ने सम्झौता भएको थियो । त्यतिबेला पोल भाडा लगाउने विषयमा नयाँ सम्झौता गर्ने सहमति समेत भएको थियो । तर, तोकिएको म्याद सकिएको […]

प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट घटाउने तयारी

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले थालनी गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट घटाउने तयारी गरिएको छ । स्रोतको चर्को दबाबका बीच आगामी आर्थिक वर्ष (आव) २०७९/८० को बजेट निर्माणमा लागेको सरकारले वितरणमुखी कार्यक्रमहरूमा बजेट कटौती गर्ने उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट घटाउने तयारी गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका […]

आफ्नै उत्पादनबाट माग धान्ने अवस्थामा पुगी विद्युत्मा आत्मनिर्भर बन्नेतर्फ अगाडि बढेका छौँ : मन्त्री भुसाल

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३, धैरेनिचौरमा निर्माण भएको ३३/११ केभीको मुसिकोट सबस्टेशन सञ्चालनमा आएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्माले  मुसिकोटमा आयोजित कार्यक्रममा सबस्टेशनको संयुक्त रुपमा उद्घाटन गरे । सबस्टेशनबाट रुकुमपश्चिम, रुकुम पूर्व र जाजरकोटका केही ठाउँमा विद्युत् आपूर्ति गरिने छ । उद्घाटन कार्यक्रममा मन्त्री भुसालले विगतमा बत्ती […]

प्रधानमन्त्री देउवाद्वारा खाेटाङमा मोटरेवल पक्की पुल उद्घाटन

खोटाङ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले खोटाङमा मोटरेबल पक्की पुलको उद्घाटन गर्नुभएको छ । सोमबार खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने साप्सुखोलामाको मोटरेवल पक्की पुल  उद्घाटन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुदान नेपालको राष्ट्रहितमा रहेको बताउनुभएको छ […]

अख्तियारद्वारा भीमदत्त नगरपालिकाका कागजात नियन्त्रणमा

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले सोमबार यहाँको भीमदत्त नगरपालिका कार्यालयबाट छानविनका लागि भन्दै कागजात नियन्त्रणमा लिएको छ । अख्तियारमा लिखित उजुरी परेपछि सो उजुरीसँगै सम्बन्धित कागजात नगरपालिकाबाट नियन्त्रणमा लिइएको अख्तियार अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए । ‘लिखित उजुरी परेपछि सोसँग सम्बन्धित कागजात मात्रै नियन्त्रणमा लिइएको हो’, उनले भने, […]

भत्ता देखि ठेक्का समेत सेटिङमा?? अनाैठाे प्रशासन ऐंसेलुखर्क गाउँपालिकाको !

खाेटाङ । खाेटाङको   ऐसेलुखर्क गाउँपालिकाको अस्पताल भवन निर्माण गर्न खाेलिएकाे ठेक्का सेटिङमा पारिएको भन्दै निर्माण व्यवसायीहरुले गुनासो गरेका छन्। उक्त पालिकामा १५ शैयाकाे अस्पताल भवन बनाउन खुलाइएको ठेक्कामा आर्थिक प्रलोभनमा सेटिङ गरेर श्याम सुन्दर तुवाचुङ जेभिलाई ठेक्का पारिएको भन्दै गुनासो गरेका हुन्। उक्त भवन निर्माणका लागि करिब १९ करोड ५० लाख रुपैयाँ ठेक्का खुलाइएको थियो। […]

तेल कम्पनीले कमायो यति धेरै धेरै नाफा

एजेन्सी  । साउदी अरेबियन तेल कम्पनी अराम्कोले एक वर्षमा आर्जन गरेको आम्दानीको विवरण आइतबार सार्वजनिक गरेको छ । कम्पनीले १ वर्षको कुुल नाफा ११० अर्ब डलर पुुगेको देखाएको छ । अराम्कोको २०२१ को खुद आम्दानीमा १२४ प्रतिशतले वृद्धि  भएर ११० अर्ब डलर पुुगेको हो । यस किसिमको आम्दानी २०२० मा ४९ अर्ब डलर थियो । […]

टोल–टोलमा आपत्कालीन राहत कोष स्थापना

भरतपुर । बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले भरतपुर महानगरपालिकाका विभिन्न टोलमा आपत्कालीन राहत कोष स्थापना गरेका छन् । आर्थिकरूपमा पछाडि परेका विभिन्न पाँच टोल विकास संस्थामा उनले राहत कोष स्थापना गरेका हुन् । हिजो भरतपुर महानगरपालिका–११ को गणेशधाममा आयोजित कार्यक्रममार्फत उनले वडा नं २ को मिलनटोल र ११ को सिद्धार्थटोलमा कोष स्थापना गरी आर्थिक सहयोग […]