Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सरकारले मुलुकको कृषि क्षेत्रको विकासका लागि सबै वडामा कृषि प्राविधिक उपलब्ध गराउने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 29, 2022
18 shares

काठमाडौं । सरकारले मुलुकको कृषि क्षेत्रको विकासका लागि सबै वडामा कृषि प्राविधिक उपलब्ध गराउने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी वर्षको बजेटमा कृषि क्षेत्रबारे प्राविधिक ज्ञान उपलब्ध गराउन प्रत्येक स्थानीय तहमा कृषि तथा पशु विज्ञानमा स्नातक पढेका एक–एक जना जनशक्ति उपलब्ध गराउने तथा प्रत्येक वडामा कृषि प्राविधिक उपलब्ध गराउने उल्लेख छ ।

कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको सरकारले आगामी आर्थिक वर्षमा आत्मानिर्भरताका लागि कृषि उत्पादनको कार्यक्रमलाई उच्च प्राथमिकता दिएको हो ।

नेपालको ग्रामीण क्षेत्रलाई कृषि उत्पादनको केन्द्रका रूपमा विकास गरिने अर्थमन्त्री शर्माले बताए ।

किसानलाई कृषि र सहकारीमार्फत एकीकृत गरी खेतीयोग्य जमिन र बाँझो जग्गालाई प्रयोग गरी कृषि उत्पादन बढाउने शर्माले बताए ।

कृषि क्षेत्रको उत्पादकत्व बढाउनका लागि यस क्षेत्रको व्यवसायीकीकरण, आधुनिकीकरण र यान्त्रीकरण गरिने भएको छ ।

सरकारले कृषि कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि मार्गदर्शन गर्न प्रधानमन्त्रीको संयोजकत्वमा विभागीय मन्त्रीसहितको उच्चस्तरीय संयन्त्र निर्माण गर्नेसमेत बताएको छ ।

सरकारले कृषकलाई सरल र सहजरूपमा बीउ, मल, प्रविधि र सिँचाइ उपलब्ध गराउने, लघुवित्तमार्फत सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने, कृषि बिमा गर्ने, कृषि उत्पादन ढुवानीका लागि कृषि एम्बुलेन्सको व्यवस्था गर्ने र बजारको व्यवस्था गर्नेलगायतका कार्यक्रमलाई अगाडि सारेको छ ।

यस्तै कृषि उत्पादनदेखि बजारीकरण गर्न श्रम सहकारीमा आवद्ध गरी कम्तीमा ३०० कृषि स्वयंसेवक तयार गर्ने जनाएको छ ।

सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा बाँझो जग्गालाई कृषक सहकारीलाई लिजमा उपलब्ध गराउने, कृषिको रुपान्तरण अभियानमा उत्कृष्ट हासिल गर्ने प्रत्येक प्रदेशका तीन स्थानीय तहलाई रु पाँच करोड नगद प्रोत्साहन अनुदान उपलब्ध गराउने अर्थमन्त्री शर्माले बताए ।

सरकारले आर्थिक वर्ष २०७९–८० मा कृृषि उत्पादन कार्यक्रम कार्यान्वयनका लागि रु १० अर्ब विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

  • September 14, 2026

‘यसपटक तीजमा मन हाँसेको छैन’— विपत्तिको पीडाबीच हेटौँडा मेयर म...

  • September 14, 2026

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved