ख्वप विश्वविद्यालय सञ्चालनका लागि अनुमति दिन सरकार सँग सांसद अवालकाे माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद गंगा अवालले भक्तपुरमा ख्वप विश्वविद्यालय सञ्चालनका लागि सरकारसँग तत्काल अनुमति दिन माग गर्नुभएको छ। वर्षौंदेखि स्थानीय जनता विश्वविद्यालय सञ्चालनको प्रतीक्षामा रहेको उल्लेख गर्दै उहाँले यस विषयमा ढिलाइ नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो। सांसद अवालले प्रतिनिधि सभामा सभामुखमार्फत सरकारलाई निवेदन प्रस्तुत गर्दै आवश्यक प्रक्रिया चाँडो पूरा गरी अनुमति दिन आग्रह गर्नुभएको […]
एउटै विद्यालयमा अध्ययनरत विद्यार्थीसँग एकपटक मात्र भर्ना शुल्क नलिनु : शिक्षा मन्त्रालय

काठमाडौँ । शिक्षा मन्त्रालयले एउटै विद्यालयमा अध्ययनरत विद्यार्थीसँग एकपटक मात्र भर्ना शुल्क लिनुपर्ने स्पष्ट निर्देशन जारी गरेको छ । मन्त्रालयले देशभरका विद्यालयहरूलाई एउटै शैक्षिक सत्रमा पटक–पटक भर्ना शुल्क नलिन र शैक्षिक सत्र सुरु हुनुअघि कुनै पनि विद्यार्थी भर्ना नगर्न सचेत गराएको हो । मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोख्रेलद्वारा हस्ताक्षरित पत्रमार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई […]
खोटाङका विद्यालय पूर्वाधार सुधारका लागि बजेट माग

खाेटाङ। खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य आरेन राईले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा विभिन्न शैक्षिक योजनाहरू समावेश गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय समक्ष प्रस्ताव पेश गरेका छन्। सिंहदरबार, काठमाडौंमा दर्ता गरिएको उक्त प्रस्तावमा जिल्लाका विभिन्न विद्यालय तथा शैक्षिक संस्थाका लागि भवन निर्माण तथा स्तरोन्नतिका योजनाहरू समेटिएका छन्। प्रस्ताव अनुसार रावाबेँसी, दिक्तेल, हलेसी तुवाचुङ, दिक्तेल […]
आजदेखि एसइई : पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुँदै

काठमाडौँ । आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा यस वर्ष थप पारदर्शी र व्यवस्थित बनाइने भएको छ। परीक्षालाई व्यवस्थित र उत्तरपुस्तिका परीक्षणलाई छिटोछरितो बनाई शीघ्र नतिजा प्रकाशन गर्न नयाँ निर्देशिका जारी भएपछि परीक्षामा हुन सक्ने अनियमितता न्यून हुने अपेक्षा गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतमा झैँ देशभर […]
प्रवासी नेपालीलाई ठूलो अवसर: त्रिभुवन विश्वविद्यालयमा अब अनलाइन अध्ययन गर्न पाउने

काठमाडौं। प्रवासमा रहेका नेपालीहरूका लागि उच्च शिक्षामा नयाँ अवसर खुलेको छ। अब उनीहरूले त्रिभुवन विश्वविद्यालयमार्फत अनलाइन प्रणालीबाट अध्ययन गर्न पाउने भएका छन्। विश्वविद्यालयले प्रविधिको प्रयोगलाई विस्तार गर्दै देशबाहिर रहेका विद्यार्थीलाई लक्षित गरेर यस्तो व्यवस्था लागू गरेको जनाएको छ। विश्वविद्यालयका अनुसार अनलाइन कक्षामार्फत विद्यार्थीले आफ्नै समयअनुसार अध्ययन गर्न सक्नेछन् भने भौगोलिक दूरीका कारण पढाइबाट वञ्चित हुनुपर्ने […]
सरकारी कलेजलाई प्राइभेट सरह बनाउने प्रस्ताव: शिक्षा सुधारमा साझा पहलको आह्वान

काठमाडौं। शिक्षा क्षेत्रमा देखिएको असमानता र गुणस्तरको चुनौती समाधान गर्न सरकारी कलेजलाई निजी कलेजसरह सुविधा सम्पन्न बनाउने निर्णय गर्नुपर्ने आवश्यकता औंल्याउँदै नेता अमृत शाहीले सबै सरोकारवालालाई साझा मुद्दामा एकजुट हुन आह्वान गरेका छन्। काठमाडौंका अधिकांश निजी कलेजमा अध्ययन गरेका व्यक्तिवादी सोचले ग्रस्त क्याबिनेटबाट विद्यार्थी संगठन खारेज गर्ने बहस उठ्नु शिक्षा क्षेत्रको दीर्घकालीन समाधान नभएको उनको […]
कक्षा ५ सम्म आन्तरिक परीक्षा खारेज गर्ने तयारी

काठमाडौं। नेपाल सरकारले आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूका लागि लिइँदै आएको आन्तरिक परीक्षा प्रणाली बन्द गर्ने तयारी गरेको छ। बालमैत्री शिक्षण पद्धतिलाई प्राथमिकता दिँदै विद्यार्थीहरूको मानसिक दबाब कम गर्ने उद्देश्यले यस्तो निर्णय गर्न लागिएको बताइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा शिक्षा मन्त्री सस्मित पोख्रेलले यस पहललाई अगाडि बढाएका हुन्। उनीहरूले परम्परागत परीक्षामुखी प्रणालीभन्दा […]
मधेस प्रदेशबाट एसइई ८७ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने

जनकपुरधाम । आगामी चैत १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि मधेस प्रदेशमा तयारी तीव्र पारिएको छ । यस वर्ष प्रदेशभरबाट ८७ हजार ५९१ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । शिक्षा विकास निर्देशनालय, मधेस प्रदेशका अनुसार परीक्षालाई व्यवस्थित, मर्यादित र निष्पक्ष बनाउन प्रदेशभर २९९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । […]
ग्रिन वे एजुकेशनल एकेडेमीको १४औँ वार्षिकोत्सव सम्पन्न

झापाको दमक ५ स्थित ग्रिन वे एजुकेशनल एकेडेमीको १४औँ वार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। विद्यालयका अध्यक्ष कुमार तामाङको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा दमक नगर शिक्षा समितिका अध्यक्ष कुबेर भट्टराई प्रमुख अतिथि रहेका थिए। त्यसैगरी विद्यालयका निर्देशक नविन राई र विद्यालय समिति सदस्य डिक तामाङ विशेष अतिथिका रुपमा सहभागी भएका थिए। यस्तै अतिथिहरुमा दमक वडा […]
एभरेष्ट इंगलिश स्कूलको ४३ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा एभरेष्ट इंगलिश स्कूलको ४३ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले शिक्षा व्यापार होइन, राज्यको जिम्मेवारी हो भन्नुभयो । भक्तपुरको शैक्षिक इतिहास बाकेको एभरेष्ट स्कूलले शैक्षिक जगतमा निरन्तर उत्कृष्टता हासिल गर्दै आइरहेको बताउँदै उहाँले कुनै पनि संस्थाको दिगो विकासमा नेतृत्वको महत्वपूर्ण भूमिका […]
