खाेटाङ। खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य आरेन राईले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा विभिन्न शैक्षिक योजनाहरू समावेश गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय समक्ष प्रस्ताव पेश गरेका छन्।
सिंहदरबार, काठमाडौंमा दर्ता गरिएको उक्त प्रस्तावमा जिल्लाका विभिन्न विद्यालय तथा शैक्षिक संस्थाका लागि भवन निर्माण तथा स्तरोन्नतिका योजनाहरू समेटिएका छन्।

प्रस्ताव अनुसार रावाबेँसी, दिक्तेल, हलेसी तुवाचुङ, दिक्तेल रुपाकाेट र केपिलासगढी लगायतका स्थानीय तहमा रहेका विद्यालयहरूको भवन निर्माणका लागि करोडौं रुपैयाँ बजेट माग गरिएको छ। विभिन्न आधारभूत तथा माध्यमिक विद्यालयका लागि नयाँ भवन, कक्षा कोठा तथा कार्यालय निर्माण गर्न आवश्यक बजेट छुट्याउन आग्रह गरिएको छ, जसले स्थानीय स्तरमा शिक्षाको गुणस्तर सुधार गर्ने अपेक्षा गरिएको छ।
त्यस्तै, केही योजनाहरू हस्तलिखित रूपमा थप गर्दै थप विद्यालय भवन निर्माण तथा शैक्षिक पूर्वाधार विकासका लागि समेत बजेट प्रस्ताव गरिएको छ। यी योजनाहरू कार्यान्वयनमा आएमा खोटाङ जिल्लाको शैक्षिक अवस्था सुदृढ हुनुका साथै विद्यार्थीहरूको अध्ययन वातावरणमा उल्लेखनीय सुधार आउने विश्वास गरिएको छ।










