Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एउटै विद्यालयमा अध्ययनरत विद्यार्थीसँग एकपटक मात्र भर्ना शुल्क नलिनु : शिक्षा मन्त्रालय

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 7, 2026
0 shares

काठमाडौँ । शिक्षा मन्त्रालयले एउटै विद्यालयमा अध्ययनरत विद्यार्थीसँग एकपटक मात्र भर्ना शुल्क लिनुपर्ने स्पष्ट निर्देशन जारी गरेको छ । मन्त्रालयले देशभरका विद्यालयहरूलाई एउटै शैक्षिक सत्रमा पटक–पटक भर्ना शुल्क नलिन र शैक्षिक सत्र सुरु हुनुअघि कुनै पनि विद्यार्थी भर्ना नगर्न सचेत गराएको हो ।

मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोख्रेलद्वारा हस्ताक्षरित पत्रमार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जानकारी गराउँदै देशभरका ७५३ वटै स्थानीय तहलाई यस निर्देशनको प्रभावकारी कार्यान्वयन र अनुगमन गर्न अनुरोध गरिएको छ । पछिल्लो समय केही विद्यालयहरूले शैक्षिक सत्र सुरु हुनुअघि नै विद्यार्थी भर्ना गर्ने, अग्रिम शुल्क असुल गर्ने तथा स्वीकृत शीर्षकभन्दा बाहिर गएर अत्यधिक शुल्क लिने गुनासो बढेपछि मन्त्रालयले कडाइका साथ यस्तो निर्णय लिएको हो ।

जारी पत्रमा शिक्षा नियमावली २०५९को परिच्छेद १५ उद्धृत गर्दै शैक्षिक सत्र सुरु नभई कसैले पनि विद्यार्थी भर्ना गर्न नपाउने कानुनी व्यवस्था पुनः स्मरण गराइएको छ । ‘प्रचलित कानुनअनुसार भर्ना भएपश्चात मात्र स्वीकृत शीर्षकमा शुल्क लिन पाइने व्यवस्था हुँदाहुँदै पनि केही विद्यालयहरूले अग्रिम तथा बढी शुल्क असुल्ने, फरक शीर्षकमा रकम लिने र कक्षा परिवर्तनका नाममा पुनः भर्ना शुल्क लिने गरेको पाइएको छ,’ पत्रमा उल्लेख गरिएको छ ।

यसैगरी, सर्वोच्च अदालतको फैसला समेतलाई आधार मान्दै मन्त्रालयले नियमविपरीत उठाइएको अग्रिम तथा अतिरिक्त शुल्क तत्काल सम्बन्धित अभिभावक वा विद्यार्थीलाई फिर्ता गर्न निर्देशन दिएको छ । यदि कुनै विद्यालयले यस निर्देशनको उल्लंघन गरेमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने र त्यसका लागि स्थानीय तहलाई आवश्यक अधिकार प्रत्यायोजन गरिएको मन्त्रालयले जनाएको छ ।

667003059_1430491982426442_7618021647203725177_n

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

‘उत्पादन र निर्यात बिना देश समृद्ध बन्न सक्दैन’ : ...

  • July 21, 2026

आर्थिक वर्ष २०८२/८३ मा लागुऔषध नियन्त्रण ब्यूरोको उल्लेखनीय सफ...

  • July 21, 2026

जन्मदिनको पार्टीमा कुटाकुट, भक्तपुरमा एक युवाको मृत्यु; ३० जना...

  • July 21, 2026

फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र...

  • July 21, 2026

३ प्रतिशत समता शुल्क स्थगित, निजी अस्पताल र कलेजमा १० प्रतिशत ...

  • July 21, 2026

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फ...

  • July 21, 2026

कीर्तिपुरमा जलेको कारभित्र पुरुष मृत फेला, प्रहरीले अनुसन्धान ...

  • July 21, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved