विराटनगरमा तोडियो निषेधाज्ञा, प्रदर्शनकारी र प्रहरीबीच झडप

विराटनगर । प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै विराटनगरमा भएको प्रदर्शनमा झडप भएको छ । कोशी प्रदेशको नाम फेरि नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले विराटनगरको महेन्द्र चोकमा प्रदर्शन गरेको थियो । प्रदर्शनमा सहभागीहरु नारा जुलुस गर्दै निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो । त्यसक्रममा प्रहरीले केही सेल अश्रु […]
सुदूरपश्चिम विश्वविद्यालयको ५ क्याम्पसमा स्ववियुको निर्वाचन अनिश्चित

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहितका ५ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन अनिश्चित बनेको छ । विश्वविद्यालयले स्ववियु निर्वाचनका बुधबार मनोनयन दर्ताको समय तालिका तोकेको भए पनि महेन्द्रनगरको केन्द्रीय क्याम्पससहितका ५ क्याम्पसमा विद्यार्थी सगठनको आन्तरिक विवादका कारण मनोनयन दर्ता हुन नसकेको सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक यज्ञराज पाठकले बताए । रजिष्ट्रार पाठकका अनुसार केन्द्रीय क्याम्पस, कैलालीको […]
खतिवडाले एमाले छोड्दा ३९ वर्षिए बर्तौलाले अवसर पाए

काठमाडौं । ३९ वर्षीय महेश बर्तौला संघीय संसदमा नयाँ अनुहार हुन्, उनी आइतवार नेकपा एमालेको सचेतकमा चयन भएका छन् । ‘नयाँ भएर पनि छोटो समयमै परिपक्व व्यवहार देखाएका कारण’ बर्तौलालाई सचेतकको जिम्मेवारी दिइएको एमाले नेताहरु बताउँछन् । उपाध्यक्ष सुवास नेम्वाङ भन्छन, ‘पार्टीले एउटा सोच बनाएर उहाँलाई संसदीय दलमा जिम्मेवारी दिएको हो ।’ प्रतिनिधि सभा चुनावमा […]
एमाले प्रमुख सचेतकमा गिरी,सचेतकमा वर्तौला नियुक्त

काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकमा पदम गिरीलाई मनोनीत गरेका छन् । एमालेले निर्वाचन सम्पन्न भएको झण्डै चार महिनामा प्रमुख सचेतक मनोनीत गरेको हो । एमाले अध्यक्ष तथा संसदीय दलका नेता ओलीले गिरीलाई आइतबार प्रमुख सचेतकमा मनोनीत गरेको पत्र दिएका हुन् ।पर्वतबाट निर्वाचित गिरी प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री […]
उपराष्ट्रपतिका लागि चारजनाकै उम्मेदवारी यथावत

काठमाडौं । उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको छ । उपराष्ट्रपति उम्मेदवारविरुद्ध परेको उजुरीमाथि जाँच–बुझ गरेर निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको आइतबार अन्तिम नामावली प्रकाशन गरेको हो । अन्तिम नामावलीमा मनोनयन दर्ता गराएका चारै जनाको नाम उल्लेख छ । जसमा अष्टलक्ष्मी शाक्य, प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव रहेका छन् । चैत ३ […]
पाँचथर बहुमुखी क्याम्पसमा स्ववियु अध्यक्षसहित सबै पदाधिकारी निर्विरोध

काठमाडौं । पाँचथर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षसहित सबै पदाधिकारी निर्विरोध भएका छन् । निर्वाचन तालिकाअनुसार शनिबार भएको मनोनयन प्रक्रियामा कुनै पनि पदमा एकभन्दा धेरैको उम्मेदवारी नपरेकाले सबै निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्ष पदमा नेपाल विद्यार्थी संघकी मुना नेपाली, उपाध्यक्षमा एमाले निकट अनेरास्ववियुका उमेश सुवेदी, सचिवमा अखिल (क्रान्तिकारी)का प्रवेश राई, सहसचिवमा नेकपा एस […]
खोटाङमा नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल विभाजित

खोटाङमा नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल विभाजित भएको छ। खोटाङको त्रिधार्मिकस्थल हलेसीमा शुक्रबार सम्पन्न युवा संघ नेपालको छैटौँ जिल्ला अधिवेशनबाट रसकुमार राई र रोशन राईको अध्यक्षतामा छुट्टाछुट्टै समानान्तर समिति गठन भएको छ। युवा संघका उपमहासचिव रमेश तिवारी अध्यक्ष रहेको अध्यक्ष मण्डलबाट रोशनको अध्यक्षतामा युवा संघको ५९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको सार्वजनिक भए […]
ओलीलाई मेटमणिको कटाक्षः ‘फुटाऊ र राज गर’को बाटो त्याग्ने कि !

काठमाडौं । एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य एवं पूर्वमन्त्री मेटमणि चौधरीले एमाले अध्यक्ष केपी ओलीलाई घुमाउरो शैलीमा कटाक्ष गरेका छन् । राष्ट्रपति निर्वाचनमा नौ दलका साझा उम्मेदवार रामचन्द्र पौडेल भारी मत सहित विजय भएपछि उनले सामाजिक संजालमा लेखेका छन्, ‘अझै पनि राजनीतिमा ढाँटको खेति गर्ने, झुक्याएर अघि बढ्ने, विभाजन गर्ने र अरुको अपमान गरेर रमाइलो मान्ने […]
केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै जसपा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय बालकुमारीमा दिउँसो ३ बजे बस्नेछ। बैठकमा उपराष्ट्रपतिको उम्मेदवार चयनलगायतका समसामयिक विषयमा छलफल हुने जसपा प्रचार विभागले जनाएको छ । सत्ता गठबन्धनको भागवण्डामा उपराष्ट्रपति जसपाले पाएको छ । उपराष्ट्रपति पदको निर्वाचन चैत ३ गते हुनेछ ।
राष्ट्रपतिकाे निर्वाचन पछि राजनिति स्थिरतातर्फ जानेछ: नेतृ झाँक्री

काठमाडौं । पूर्वशहरी विकास मन्त्री एवं नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले राष्ट्रपतिको निर्वाचनपछि नेपाली राजनीतिमा अस्थिरताबाट स्थिततातर्फको नयाँ कोर्स सुरु हुने बताएकी छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले हिजाे बुधबार हलेसीमा आयोजना गरेको १३३ औं अन्तर्राष्ट्रिय महिला दिवसलाई सम्बोधन गर्दै नेतृ झाँक्रीले नयाँ राष्ट्रप्रमुखलाई स्वागत गर्दै गर्दा राजनीतिमा स्थायित्व प्राप्त हुने बताएकी हुन् । […]
