श्रमका लागि दैनिक २ हजार नेपाली विदेशिंदै

काठमाडौं । गत जेठ महिनामा रोजगारीका लागि विदेशिने नेपाली श्रमिकको संख्या बढेको छ । वैशाखको तुलनामा जेठमा १७ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । दैनिक असौत २ हजार नेपालीहरु रोजगारीका लागि विदेश उडरिहेका छन् । वैशाखमा चैतको तुलनामा कामका लागि विदेशिने नेपपालीको संख्या साढे १० हजार जनाले घटेको थियो । वैदेशिक रोजगार विभागका […]

राहदानी विभागले भन्यो – पासपोर्ट बनाउन काठमाडौं नआउनूस्

काठमाडौं । राहदानी विभागले अत्यावश्यकबाहेकका अवस्थामा पासपोर्ट बनाउन काठमाडौं नआउन अनुरोध गरेको छ । एक सूचना जारी गर्दै विभागले जिल्ला प्रशासन कार्यालयहरुबाट आवेदन भएका राहदानीहरु प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरेको बताएको छ । ‘काठमाडौं उपत्यकाभित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरुले १ हप्ता भित्रमा र अन्य जिल्लाको हकमा १० देखि १५ दिन भित्र राहदानी […]

शाही मृत्यु प्रकरण : आरोपीलाई नपक्रेको विरोधमा पाँच दलले बन्द गराए सवारीसाधन

काठमाडौं । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय बिनोद शाही मृत भेटिएको घटनाका आरोपीलाई प्रहरीले पक्राउ नगरेको विरोधमा पाँच दलले आज अछाममा सवारीसाधन बन्द गराएका छन् । नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र विप्लव नेतृत्वको नेकपाले संयुक्त रुपमा जिल्लाभर सवारीसाधन बन्द गराएका हुन् । उनीहरुले आइतबार र सोमबार दुई दिन […]

प्रतिनिधि सभा निर्वाचन अघि नै एमाले र एस बीच एकता हुनसक्ने

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अघि नै नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टीबीच एकताको सम्भावना बढेको छ । एकताका लागि प्रभावशाली नेताहरु नै भित्र भित्र लागेका छन् । एमाले र एसबीच एकीकरण गर्न पूर्वप्रधानमन्त्री झलनाथ खनाल सक्रिय भएका छन् । खनालनिकटस्थहरु विभिन्न माध्यमले एमाले नेताहरुसँग भेटवार्ता बढाउन थालेका छन् । वामदेव गौतमले पनि अभियान […]

नेकपा एमालेको सचिवालय बैठक आज बिहान ११ बजे बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेका लागि बैठक डाकिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको हो । बैठकले सङ्घीय निर्वाचनलाई लक्षित गरेर नेतालाई विभिन्न जिम्मेवारी दिने गुरुङको भनाइ छ ।

पाण्डे र बस्नेतबीच शुक्रबार साँझको त्यो भेटवार्ता

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेतबीच शुक्रबार साँझ भेटवार्ता भयो । मुख्यमन्त्रीबाट राजीनामा दिन दबाब झेलिरहेका पाण्डेले बस्नेतलाई भेटेपछि बागमती प्रदेशको सत्ता संघर्ष नयाँ मोडमा पुगेको छ । पाण्डेले बागमती प्रदेशका नेकपा एमालेका प्रदेश सांसदहरुको समेत साथ पाउने अवस्था विकास भएको छ । उनले नेकपा एसका अध्यक्ष माधवकुमार […]

थाइल्यान्डबाट आएका यात्रुको सुटकेसको ह्‌यान्डल नै सुन !

काठमाडौं । थाइल्यान्डबाट नेपाल आएका एक यात्रुले सुटकेसको ह्‌यान्डल नै सुनको बनाएर ल्याएको पाइएको छ । शुक्रबार नेपाल एयरलाइन्समार्फत नेपाल आएका राकेश तुलाधरलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो । तुलाधरले प्रयोग गरेको सुटकेसलाई भन्सार अधिकृतले चेकजाँच गर्ने क्रममा सुटकेस उचाल्न प्रयोग हुने ह्‌यान्डल साइडको भित्र पटिेट शंकास्पद धातु रहेको पाइएपछि सुटकेस च्यातेर हेर्दा […]

राष्ट्रपति विद्यादेवीको हातमा झाडु

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जगन्नाथ रथयात्राको उद्घाटन गरेकी छन् । सुन्धारामा आयोजित एक समारोहका बीच भण्डारीले रथयात्राको शुभारम्भ गरेकी हुन् । सो क्रममा भण्डारीले झाडुले रथ रहने वरिपरिको स्थान सफाइ गरेकी थिइन् । अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (स्कोन) को आयोजनामा सुन्धाराबाट जगन्नाथ रथ यात्रा सुरु गरिएको हो। जगन्नाथको रथयात्रा विश्वभर एकै दिन मनाइन्छ।रथयात्रा टुँडिखेलमा […]

एक महिनामा १ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेञ्ज (आईएक्स)मार्केटमा प्रतिस्पर्धी दरमा खुद १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत् बिक्री गरेको छ । प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गएको १८ जेठदेखि आईएक्समा बिक्री सुरु गरेको थियो । सुरुमा दुई वटा विद्युत् गृहको ३९ मेगावाट विद्युत् दैनिक रुपमा आईएक्समा बिक्री गरिएको थियो […]

फिर्ता बोलायो जसपाले मन्त्री, शिल्पि समुदाएको पालो आउला त !

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएको छ । पार्टीको कार्यलय सचिव प्रकाश अधिकारीले सम्पूर्ण मन्त्रीलाई फिर्ता बोलाइएको पुष्टि गरे । तर, नयाँ मन्त्रीको नाम भने तय भइनसकेको उनको भनाइ छ । विभिन्न दल र पार्टिहरुले गैर संसदलाई मन्त्रि बनाईरहेकाे अवश्थामा उता जसपा भित्रकै शिल्पि समुदायकाे प्रतिनिधित्व गरिरहेका दलमर्दन कामीले […]