Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खतिवडाले एमाले छोड्दा ३९ वर्षिए बर्तौलाले अवसर पाए

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 13, 2023
0 shares

काठमाडौं । ३९ वर्षीय महेश बर्तौला संघीय संसदमा नयाँ अनुहार हुन्, उनी आइतवार नेकपा एमालेको सचेतकमा चयन भएका छन् । ‘नयाँ भएर पनि छोटो समयमै परिपक्व व्यवहार देखाएका कारण’ बर्तौलालाई सचेतकको जिम्मेवारी दिइएको एमाले नेताहरु बताउँछन् ।

उपाध्यक्ष सुवास नेम्वाङ भन्छन, ‘पार्टीले एउटा सोच बनाएर उहाँलाई संसदीय दलमा जिम्मेवारी दिएको हो ।’

प्रतिनिधि सभा चुनावमा नेकपा एमालेबाट ७८ जना निर्वाचित भए । त्यसमध्ये अधिकांश नयाँ अनुहार छन् । संसदमा आफ्नो भूमिका देखाउन सबै सांसदहरु प्रयासरत छन् । त्यसमध्ये मकवानपुर २ बाट निर्वाचित महेश बर्तौला छोटो समयमै तुलनात्मक रुपमा आफूलाई अग्र स्थानमा राख्न सफल थिए ।

पार्टीले पनि बर्तौलालाई यसबीचमा बिभिन्न जिम्मेवारी दिएको थियो । उनले नेकपा एमालेबाट प्रतिनिधि सभा नियमावली मस्यौदा समिति सदस्य भएर काम गरे । राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङको प्रतिनिधि भएर राष्ट्रपतिको निर्वाचन प्रक्रियामा भूमिका निवार्ह गरे । एमालेबाटै उपराष्ट्रपतिका उम्मेदवार अष्टलक्ष्मी शाक्यको पनि प्रतिनिधि हुन् बर्तौला ।

राष्ट्रपतिमा पुरुष निर्वाचित भएकाले उपराष्ट्रपतिमा महिला हुनुपर्ने जिकिर गर्दै उम्मेदवारका तर्फबाट बर्तौलाले निर्वाचन आयोगमा उजुरी दिएका थिए । निर्वाचन आयोगले संविधानमा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायको दुवै हुनैपर्ने अनिवार्य वा बाध्यात्मक व्यवस्था नगरेको निर्णय गर्यो । संविधानले राष्ट्रपति र उपराष्ट्रपतिमा लिंग वा समुदाय फरक हुनुपर्ने भनेको छ ।

आफ्नो उजुरीउपर निर्वाचन आयोगको निर्णयलाई बर्तौलाले अन्यथा लिएका छैनन् । उनी भन्छन्, ‘संविधानको धारा ३८ (४) ले राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी महिलाको सहभागिता हुने भनेको छ । त्यस आधारमा उजुरी दिएको हुँ । निर्वाचन आयोगले आफ्नो ढंगले ब्याख्या गर्यो । यसलाई अब हामी राजनीतिक रुपमा उठाउँछौं ।’

संवैधानिक कानुनका जानकारहरु बर्तौलाको तर्कलाई सुझबुझपूर्ण र चलाखीपूर्ण रुपमा लिनुपर्ने ठान्छन् । निर्वाचन आयोगकै एक अधिकारी भन्छन्, ‘राष्ट्रपति पुरुष हुँदा उपराष्ट्रपति महिला बनाउनुपर्छ भन्ने भावनालाई सम्बोधन गर्न उजुरी दिइएको थियो । त्यसअनुसार समाजमा, सञ्चारमाध्यमहरुमा बहस हुनु नै उजुरीकर्ताको लागि सफलता हो ।’

राजनीतिमा कुनै चीज प्राप्तिका लागि माहोल आवश्यक हुने र त्यो बनाउन बर्तौला सक्षम सांसदको रुपमा देखा परेको एमालेकै संसदीय फाँट हेर्ने उच्च अधिकारीहरु बताउँछन् । त्यसकै परिणाम ७८ सांसदमध्ये बर्तौलाले एकपछि अर्को जिम्मेवारी प्राप्त गरेको र प्राप्त जिम्मेवारीमा उनले निर्वाह गरेको भूमिकाका आधारमा सचेतकको जिम्मेवारी पाउन सफल भएको एमाले उच्च अधिकारीको जवाफ छ ।

स्वयम सांसद बर्तौला पनि छोटो समयको संसदीय अनुभवले आफूलाई धेरै कुरा सिकाएको बताउँछन् । ‘मेरा लागि संसद नयाँ विश्वविद्यालय नै हो । तर, यो छाटो समयको अनुभवले भन्छ– संसदलाई ‘विजनेश’ दिलाउने विषय सांसदहरुमै निर्भर रहने रहेछ’ उनी थप्छन्, ‘सरकारलाई जवाफदेही बनाउन पनि सांसदहरुले नै रचनात्मक जाँगर देखाउनुपर्ने रहेछ ।’

सांसदहरुले मेहनत गर्दा सोही अनुसार प्रभावकारी कानुन बन्न सक्ने अनुभव आफूले प्राप्त गरेको बर्तौला बताउँछन् । उदाहरणका रुपमा उनी प्रतिनिधिसभा नियमावलीको मस्यौदा देखाउँछन् ।

११ माघमा गठित मस्यौदा समिति १० फागुनसम्म क्रियाशिल रह्यो । सदस्यका रुपमा बर्तौला उक्त समितिको गतिविधिमा सक्रिय थिए । थोरै महेनत गरेर बैठकमा जाँदा पनि तथ्यहरुसहित तर्कसंगत बहस गर्न सकिने र त्यसलाई काट्न अन्यलाई अप्ठ्यारो पर्ने अनुभूति मस्यौदा समितिको बैठकका गतिविधिले आफूलाई गराएको बर्तौला सुनाउँछन् ।

‘अघिल्लो कार्यकालमा रहेका र नरहेका अनुभवी सांसदहरु, सरोकारवाला क्षेत्रका जानकारहरु, कर्मचारी सबैसँग के कस्ता अप्ठ्यारा छन्, परिस्थिति अनुसार नयाँ व्यवस्था के गर्न आवश्यक छ भनेर राय लिएँ । प्राप्त रायउपर आफैँले अध्ययन गरेँ’, मस्यौदा समितिको बैठकमा जान गरेको तयारीबारे बर्तौला सुनाउँछन् । अन्तराष्ट्रिय अभ्यास समेत नियालेर प्रतिनिधिसभा नियमावलीलाई बिगतमा भन्दा थप परिपक्व बनाउन भूमिका निर्वाह गरेको उनलाई लाग्छ ।

‘सुवास नेम्वाङ, रमेश लेखक लगायत २०४८ साल देखिका सांसदहरु मस्यौदा समितिमा हुनुहुन्थ्यो । उहाँहरुलाई समेत इनपुट दिने गरी काम गर्न सक्यौं भन्ने लाग्छ’, बर्तौलाले भने ।
अनुभवी र नयाँ सांसदहरुको स्पिरिट मिलाउँदा प्रतिनिधिसभा नियमावली प्रोग्रेसिभ बनेको उनको ठम्याइ छ । उदाहरणका रुपमा उनी यसपटक थप गरिएका व्यवस्थाहरु देखाउँछन् ।

विगतमा उपसभामुखलाई प्रतिनिधि सभाको बैठकको सुरुवात र अन्त्य गर्ने अधिकार थिएन । यसपटक सभामुखको स्वीकृतिमा उपसभामुखले प्रतिनिधि सभाको बैठकको सुरुवात र अन्त्य गर्न सक्ने प्रावधान राखिएको छ ।

राष्ट्रपति, उपराष्ट्रपति र संवैधानिक निकायका प्रमुख एवं पदाधिकारीहरुउपर लाग्ने महाअभियोगउपर निर्णय गर्नुपर्ने समयसीमा यसपटक प्रतिनिधिसभा नियमावलीमै राखिएको छ । बर्तौला भन्छन्, ‘सभामुखले अनन्तकालसम्म महाअभियोग लम्ब्याउन सक्ने अवस्था अन्त्य गर्न समय सिमा (पाँच महिना) राखिएको हो ।’

अब बर्तौलाले निर्वाचन क्षेत्रमा व्यक्तिगत प्रभावको भोट र केन्द्रमा पहुँच देखाउन नसके अर्को पटक संघीय सांसदको टिकट भूगोलका नेताहरुले खोस्न सक्ने भएकाले त्यसका निम्ति समेत आफूलाई तयार गर्दै लगेको कतिपय नेताहरुको बुझाइ छ ।

नेताहरुका अनुसार, कानुनको समेत विद्यार्थी भएकाले मस्यौदा समितिमा जिम्मेवारी दिइएको थियो । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा पनि भूमिका पाए । यसबीचको कार्यकुशलता हेरेर सचेतकको जिम्मेवारी दिइएको हो ।

बर्तौलाले २०६९ सालमा अधिवक्ताको लाइसेन्स लिएका थिए । तर, उनी वकालतमा भन्दा विद्यार्थी राजनीतिमा केन्द्रित रहे । उनले राजनीति शास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । व्यवस्थापनमा मकवानपुर बहुमुखी क्याम्पसबाट स्नातकोत्तर गरेका छन् ।

बर्तौला मकवानपुर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको दुई पटक (२०६२ /२०६५) सभापति भएका थिए । त्यसयता स्वतन्त्र विद्यार्थी युनियन काउन्सिल नेपालको केन्द्रीय संयोजक, विभिन्न समयमा अनेरास्ववियुको केन्द्रीय सदस्य, मध्यमाञ्चल विकास क्षेत्रीय प्रमुख हुँदै अनेरास्ववियुको केन्द्रीय सचिव, केन्द्रीय उपाध्यक्षसम्म भए । कार्यवाहक अध्यक्षको जिम्मेवारी समेत निर्वाह गर्ने अवसर पाएका थिए उनले ।

बर्तौला अनेरास्ववियुको अध्यक्ष हुन चाहन्थे तर, सुनिता बराल अध्यक्ष हुने परिस्थिति बनेपछि विद्यार्थी राजनीतिबाट अलग्गिए । उनी विद्यार्थी राजनीतिबाट अलग्गिएको एक वर्षमै प्रतिनिधिसभा सदस्यको रुपमा संघीय सांसद छिरेका हुन् ।

एमाले फुटेको र मकवानपुर निर्वाचन क्षेत्रमा २०४३ सालदेखि कुनै न कुनै रुपमा एमालेको तर्फबाट जिम्मेवारीमा रहँदै आएका विरोध खतिवडा नयाँ दलमा हुँदा बर्तौलाले अवसर पाएका हुन् ।

एमाले मकवानपुरका नेताहरुका अनुसार, खतिवडालाई पराजित गरेर सांसद भएका बर्तौलाका मुख्य दुई वटा चुनौती छन् । खतिवडाले केन्द्रीय राजनीतिमा खेलेको भूमिका बिर्साउने र भूगोलमा लामो समयदेखि काम गरिरहेका नेताहरुको विश्वास जित्ने ।

यी दुई पक्षको सफलताले नै बर्तौलाको थप राजनीतिक जीवनको रेखा कोर्ने बताउँछन् एमाले मकवानपुरका नेता अच्युतम ढकाल । ‘उहाँ (बर्तौला) ले एमालेको मात्रै भोट पाएर जितेको होइन । त्यसकारण निर्वाचन क्षेत्रका सबै जनताको आश उहाँ प्रति छ । पार्टीको सरकार नहुँदा विकासका कुराहरुमा अप्ठ्यारो पनि हुन्छ’, ढकाल भन्छन्, ‘युवा पढेलेखेको नेता हो । चुनौतीलाई सामना गरेर अगाडि बढ्नुहुन्छ । जनतालाई निराश पार्नुहुन्न, पार्टीलाई पनि निराश पार्नुहुन्न भन्ने विश्वास छ ।’

अब बर्तौलाले निर्वाचन क्षेत्रमा व्यक्तिगत प्रभावको भोट र केन्द्रमा पहुँच देखाउन नसके अर्को पटक संघीय सांसदको टिकट भूगोलका नेताहरुले खोस्न सक्ने भएकाले त्यसका निम्ति समेत आफूलाई तयार गर्दै लगेको कतिपय नेताहरुको बुझाइ छ । यसका लागि उनले पार्टीमा रहेका गुटहरुमा पनि आफूलाई सन्तुलित देखाउने प्रयास गरिरहेका छन् । साथसाथै, संसदमा प्राप्त समयमा निर्वाचन क्षेत्रका विषय उठाएर निर्वाचन क्षेत्रका जनताहरुको पनि ध्यान खिच्ने प्रयास गरिरहेका छन् ।

४ मंसिरमा सम्पन्न चुनावपछि प्रतिनधिसभाको पहिलो बैठक २५ पुसमा बसेको थियो । यसबीचमा प्रतिनिधिसभाका १२ वटा बैठक बसे । यसबीचमा बर्तौलाले एक पटक ढ्यापढ्यापे र एक पटक शून्य समयको सदुपयोग गरे । ढ्यापढ्यापेमा किसानले रासायनिक मल पाउन नसकेको विषय उठाएका थिए । शून्य समयमा मकवानपुरको मनहरीमा हात्तीले स्थानीयबासिन्दालाई दुख दिएको भन्दै सरकारको ध्यानाकर्षण गरेका थिए ।

सचेतक बर्तौला प्राप्त जिम्मेवारी कुशलतापूवर्क पुरा गर्ने बताउँछन् । उनी भन्छन्, ‘जनताले विश्वास गरेर सांसद बनाए । संसदीय दलको नेताले भरोसा गरेर सचेतकको जिम्मवारी दिनुभएको छ । त्यो विश्वास र भरोसालाई ख्याल गरेर अगाडि बढ्छु ।’ onlinekhabar बाट सभार सामाग्री

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जानकि मन्दिर प्रवेशमा हर्कलाइ लगाईएकाे राेक प्रति पार्टीको गम्...

  • July 21, 2026

‘उत्पादन र निर्यात बिना देश समृद्ध बन्न सक्दैन’ : ...

  • July 21, 2026

आर्थिक वर्ष २०८२/८३ मा लागुऔषध नियन्त्रण ब्यूरोको उल्लेखनीय सफ...

  • July 21, 2026

जन्मदिनको पार्टीमा कुटाकुट, भक्तपुरमा एक युवाको मृत्यु; ३० जना...

  • July 21, 2026

फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र...

  • July 21, 2026

३ प्रतिशत समता शुल्क स्थगित, निजी अस्पताल र कलेजमा १० प्रतिशत ...

  • July 21, 2026

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फ...

  • July 21, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved