Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खोटाङमा नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल विभाजित

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 10, 2023
72 shares

खोटाङमा नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल विभाजित भएको छ।

खोटाङको त्रिधार्मिकस्थल हलेसीमा शुक्रबार सम्पन्न युवा संघ नेपालको छैटौँ जिल्ला अधिवेशनबाट रसकुमार राई र रोशन राईको अध्यक्षतामा छुट्टाछुट्टै समानान्तर समिति गठन भएको छ।

युवा संघका उपमहासचिव रमेश तिवारी अध्यक्ष रहेको अध्यक्ष मण्डलबाट रोशनको अध्यक्षतामा युवा संघको ५९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको सार्वजनिक भए लगत्तै असन्तुष्ट पक्षले रसकुमारको अध्यक्षतामा युवा संघको समानान्तर समिति गठन गरेको छ।

बन्दसत्रमा सहमतिको प्रयास असफल भएपछि अध्यक्ष मण्डलले दिक्तेल पुगेर एमाले पार्टी कार्यालयबाट रोशनको नेतृत्वमा युवा संघको जिल्ला कार्यसमिति गठन भएको जानकारी दिएको थियो।

रोशन नेतृत्वको युवा संघको उपाध्यक्षमा रामकृष्ण राई, सचिवमा सविन राई, उपसचिवमा लक्ष्मी गुरुङ, सुरेश राई र कोषाध्यक्षमा भैरव बस्नेत छन्।

रसकुमार नेतृत्वको युवा संघको उपाध्यक्षमा पुस्कल राई, सचिवमा वीरेन्द्र मगर, सहसचिवमा जगत किराती, मनोज राई, समी थुलुङ तथा कोषाध्यक्षमा रमेश परियार रहेका छन्।

रसकुमार नेतृत्वमा बनाइएको युवा संघको जिल्ला कार्यसमिति सदस्यहरु पनि अधिवेशनले टुङ्ग्याए बमोजिम हुने असन्तुष्ट पक्षले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ। रसकुमार यसअघि पनि युवा संघ खोटाङको जिल्ला अध्यक्ष थिए।

समानान्तर समिति गठन भएको विज्ञप्ति सार्वजनिक भएपछि रोशन नेतृत्वको समितिले आफूहरुलाई आधिकारिक दाबी गरेको छ।

पार्टी नेतृत्वले प्रतिनिधिहरुको भावनाविपरीत बन्द कोठाबाट जिल्ला समिति घोषणा गरेको, सङ्गठनमा योगदान गरेका व्यक्तिको अवमुल्यान गर्दै विधानविपरीत दसैँको दक्षिणाजस्तो आफ्नो मान्छेलाई समितिमा राखेर घोषणा गरेको असन्तुष्ट पक्षको आरोप छ।

बन्दसत्रका लागि गठन गरिएको अध्यक्ष मण्डलका अध्यक्ष उपमहासचिव तिवारीले आकांक्षी धेरै भएकाले समस्या आएको बताएका छन्।

‘खोटाङमा देखिएको समस्या समाधानका लागि दुवै पक्षसँग छलफल भइरहेको छ’, उनले भने, ‘युवा संघ ठूलो सङ्गठन भएकाले आकांक्षी धेरै हुनु स्वभाविक हो। केही दिनभित्र दुवै पक्षलाई राखेर समस्या हल गर्ने योजना बनाएका छौँ।’

युवा संघमा समानान्तर समिति गठन भएपछि सामाजिक सञ्जालमार्फत नेतृत्वको विरोध सुरु भएको छ। जिल्ला अधिवेशन युवा संघका केन्द्रीय महासचिव क्षितिज थेवेले बिहीबार उद्घाटन गरेका थिए। नयाँ पत्रिका अनलाइनमा केदार लाफाले लेखेकाे समाचारकाे पूरा अंश साभार गरिएकाे।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved