पार्टी नेतृत्वसँग युवाको अन्तर्कृया” कार्यक्रम सम्पन्न

अबिन मेन्याङ्बाे। पार्टीको भावी रणनीतिक योजनासहित पार्टी नेतृत्व पक्ष र युवा नेतृत्वले राजनीतिक लक्ष्य प्राप्तिका लागि गहन छलफल गरी प्रतिबद्धता जाहेर गर्दै अन्तर्कृया कार्यक्रम बुटवलमा सम्पन्न गरेको छ । उक्त कार्यक्रमका संयोजन तथा सहजीकरण जनमुक्ति युवा संघका केन्द्रीय सचिव डि.बि.थापाले गरेका थिए भने प्रमुख अतिथिका रुपमा पार्टीका कार्यकारिणी अध्यक्ष केशव सूर्यबंशी रहेका थिए। पार्टीका महासचिव […]

गगन थापा भ्रमणका लागि भारतमा

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापा भारत भ्रमणमा गएका छन् । उनी आज (बिहीबार) विहान नेपालगञ्जबाट स्थलमार्ग हुँदै भारत पुगेको बताईन्छ । भारत बसाईको क्रममा उनले केही महत्वपूर्ण भेटवार्ता गर्ने बुझिएको छ । उनले युपीका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गर्ने निश्चित् भएको उच्च स्रोतको दाबी छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा हालै भारत […]

संघीय संसदका चारवटा समितिका बैठक बस्दैँ

काठमाडौं । संघीय संसदका चारवटा समितिका बैठक बस्दैँछ।संघीय संसद सचिवालयका अनुसार ती सबै बैठक सिंहदरबारमा बस्नेछ । जसअनुुसार अर्थ समितिको बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० को मस्यौदा प्रतिवेदन उपर छलफल हुने सचिवालयले जनाएको छ । सो बैठक बिहान ११ः०० बजे बोलाईएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको समितिको बैठक भने दिउँसो १ः०० […]

याे सरकार आफ्नै कारणले केही दिनमै ढल्छ

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रले सरकारको आयु लामो नभएको दावी गरेको छ। माओवादी केन्द्रका सचिव एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले वर्तमान कांग्रेस एमालेको सरकार आफ्नै कारणले छिट्टै ढल्ने बताउनु भएको हो । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुराकानी गर्ने क्रममा नेता पौडेलले देशको हितविरुद्ध आ आफ्नो स्वार्थका कारण […]

आमूल परिवर्तन नागरिक पार्टीको सचिवालय बैठक सम्पन्न

आमुल परिवर्तन नागरिक पार्टीको संघीय (केन्द्रिय)कार्यलयमा उपत्यकामा उपलब्ध पार्टी संघीय सचिवालय सद्स्यहरुको बैठक सम्पन्न भएको छ ।बैठकले पौष महिनाको अन्तिम हप्तामा प्रदेश १ मा प्रदेश स्तरिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ। त्यस्तै अफिस ब्यबस्थापनको लागी पार्टी आर्थिक बिभाग प्रमुख पार्टी उपाध्यक्ष डिल्ली बहादुर तामाङ र पार्टीका कोषाध्यक्ष डिके लिम्बु लाई जिम्मेवारी तोकिएको छ भने […]

च्यासलमा एमाले केन्द्रीय कमिटि बैठक चल्दै

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार अपराह्न बैठक सुरु भएको हो । बैठकमा पछिल्लो उपनिर्वाचन, प्रधानमन्त्रीको चीन भ्रमण र समसामयिक राजनीति लगायतका विषयमा छलफल भइरहेको बताइएको छ । बैठकका लागि प्रधानमन्त्री केपी शर्मा ओली आजै झापाबाट काठमाडौँ आएका हुन् ।

माननीय ढकाल र टिमोरका प्रधानमन्त्री क्षानना गुस्माओ संग शिष्टाचारभेट

काठमाडौ ।  प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्र राष्ट्र प्रजातान्त्रिक गणतन्त्र इस्ट टिमोरका प्रधानमन्त्री क्षानना गुस्माओसंग शिष्टाचार भेट गरेका छन् ।र इस्ट टिमोरको प्रधानमन्त्री कार्यालयमा भएको भेटमा द्विपक्षीय हित र मित्रता अभिबृद्धि गर्ने बारे छलफल भएको ढकालको सचिबालयले जनाएको छ । सांसद ढकालले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फवाट प्रधानमन्त्री गुस्माओलाई शुभकामना दिदै […]

कर्णाली प्रदेशका तीन संसदीय समिति नेतृत्वविहीन

कर्णाली। कर्णाली प्रदेशसभाका तीनवटा विषयगत समिति नेतृत्वविहीन हुँदा सरकार विशेषज्ञ सुझावबाट वञ्चित भएको छ ।प्रदेशका सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक समिति र सामाजिक विकास समितिका नेतृत्वविहीन छन् । अर्थ समिति गत वैशाखदेखि, विकास समिति साउनदेखि र लेखा समिति गत असोजदेखि सभापतिविहीन भएका हुन् । हालसम्म यी समितिका सभापति नहुँदा चारवटा विधेयकमा छलफल हुनसकेको छैन […]

हेटौंडा- १२ मा वडाध्यक्ष पदकाे लागि मतदान जारी

प्रदिप लामा, मकवानपुर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ को एक वडाध्यक्ष पदका लागि मतदान जारी रहेको छ । बिहान ७ बजेटमा सुरु भएको मतदानमा मतदाताहरूको उत्साहजनक उपस्थिति रहेको छ । २ मतदान स्थलको ९ मतदान केन्द्रका मतदाताहरू लामबद्ध भएर मतदान गरिरहेका छन् । मध्यान्ह १२ बजेसम्म उक्त वडामा ४२ प्रतिशत मतदान […]

आयोगले कीर्तिपुर नगरपालिका प्रमुख पदका दुई उम्मेदवारसँग माग्याे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले कीर्तिपुर नगरपालिका प्रमुख पदका दुई उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । आयोगले नेकपा (माओवादी केन्द्र) का उम्मेदवार प्रा.डा. शिवशरण महर्जन र स्वतन्त्र उम्मेदवार राजमान मानवलाई स्पष्टीकरण सोधेको हो । आयोगकी प्रवक्ता निता पोखरेल अर्यालका अनुसार उनीहरूले निर्वाचन आचारसंहिता विपरीतको कार्य गरेकाले स्पष्टीकरण सोधिएको हो । ‘अनुगमन टोलीको सिफारिसअनुसार उहाँहरूलाई स्पष्टीकरण सोधिएको हो,’ […]