पूर्व प्रहरी प्रमुख खनालले छाडे एमाले

काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले स्ट्याटस लेख्दै भनेका छन्, ‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन ।’ आफू स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्या समाधानका लागि […]

माओवादी केन्द्रकाे बैठक बस्दै

काठमाडौं।  नेकपा (माओवादी केन्द्र)को बैठक आइतबार बस्दैछ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न १ बजेदेखि बस्ने बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। ‘पार्टी रुपान्तरण र पुननिर्माणको संकल्प: आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित रही बैठकमा छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। बैठकको प्रारम्भमा अध्यक्ष दाहालले […]

श्रीलेकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे र सासद ढकालबीच काठमाडौमा भेटवार्ता  

काठमाडौं । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले नेपाल भ्रमणमा रहनु भएका श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेसंग बिहिबार भेटवार्ता गर्नु भएको छ । काठमाडौको एक होटेलमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको थियो । सांसद ढकालले पूर्व राष्टपति रनिल विक्रमासिङ्घेले लुम्बिनी भ्रमण गर्नु भएकोमा धन्यवाद समेत दिए। भेटमा […]

आफै पार्टी खाेल्दै भिम रावल

काठमाडौं । भीम रावलले अन्ततः आफ्नै पार्टी बनाउने भएका छन् । नेकपा एमालेबाट निष्कासनमा परेका रावलले अन्ततः आफ्नै नेतृत्वमा पार्टी बनाउने भएका हुन् । गैरकम्युनिस्ट नाम राखेर समाजवादी पार्टी बनाउने योजना लिएर रावल देश दौडाहमा निस्कँदै छन् । रावल निकट नेताहरूका अनुसार यही १७ पुसमा पार्टी निर्माणसम्बन्धी जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिँदै छ । […]

आमूल परिवर्तन नागरिक पार्टीको दुई विभाग गठन

काठमाडौं । पार्टीको अध्यक्ष दल मर्दन कामीको अध्यक्षता र पार्टीका अर्का अध्यक्ष भरत गिरीको विशिष्ठ अतिथिमा सो कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रममा पार्टीका विभिन्न केन्द्रिय स्तरका नेताहरुको उपस्थति रहेको थियो। कार्यक्रम सञ्चालन भने पार्टी उपमहासचिव नरेश क्षितिजले गर्नु भएको थियो। पार्टी अध्यक्ष गिरीले संगठन भित्र विभिन्न विभाग बनाउन आवश्यक रहन्छ संगठनलाई चुस्त दुरुस्त बनाउन।त्यसैले […]

आगामी ‘राजनीतिक यात्रा’ बारे भीम रावलले गरे मल्ल र जोशीसँग छलफल

काठमाडौं । डडेल्धुराका दुई प्रभावशाली नेता पूर्वसांसद कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद् डा तारा जोशीले एमालेबाट निष्कासितमा परेका पूर्वउपाध्यक्ष डा भीम रावलसँग भेटवार्ता गरेका छन्। सुदूरपश्चि प्रदेशमा राम्रो पकड भएका भनिएका मल्ल र जोशीले सोमबार नेता रावललाई भेट्न रावल निवास टोखा पुगेका थिए। भेटवार्ताको क्रममा दुई दशकसम्म काँग्रेस सभापति शेरबहादुर देउवाको चुनावी […]

सभामुख घिमिरेले राजनीतिक प्रतिशोधलाई सघाउनुभयो: माननीय गणेश पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य गणेश पराजुलीले सभामुख देवराज घिमिरेले सरकारको राजनीतिक प्रतिशोधलाई सघाएको आरोप लगाएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सभामुख घिमिरेले संविधान र कानुनलाई लत्याउँदै सरकारले साँधेको राजनीतिक प्रतिशोधलाई सघाउ पुग्नेगरी रास्वपाका सभापति रवि लामिछानेको सांसद […]

हिउँदे अधिवेशन सुरु हुनुपर्ने बेला अध्यादेश

काठमाडौं । संसद्को हिउँदे अधिवेशन सुरु हुनुपर्ने बेला अधिवेशन नबोलाई सरकारले सहकारी ऐन संशोधन गर्न अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका छन् । विपक्षी दलहरूले संसद् अधिवेशनका लागि दबाब दिइरहेका बेला अधिवेशनप्रति बेवास्ता गर्दै सरकारले अध्यादेशको बाटो समातेको भन्दै विपक्षी नेकपा […]

वडाध्यक्ष रोजिना श्रेष्ठलाई पार्टी जिम्मेवारीबाट मुक्त गर्न रास्वपाभित्र माग

काठमाडाै। स्थानीय उपचुनावमा काठमाडौं महानगरपालिका– १६ को अध्यक्षमा निर्वाचित रोजिना श्रेष्ठलाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्नुपर्ने माग राष्ट्रिय स्वतन्त्र पार्टीभित्र उठेको छ । केन्द्रीय सदस्य विजय जैरुले कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई पत्र लेखेर पार्टीका तर्फबाट निर्वाचित वडाध्यक्षलाई गैरदलीय बनाउने विषयमा छलफल गर्न माग गरेका हुन् । श्रेष्ठ रास्वपाबाट स्थानीय तहका लागि चुनिएकी एक मात्र जनप्रतिनिधि हुन् […]

माओवादीले मात्रै भ्रष्टाचारिकाे कार्वाही गर्छ र सुशासन स्थापित गर्छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी बलियो र देशको एक नम्बरको पार्टी भए देशमा सुशासनको नयाँ युग सुरु हुने बताउनुभएको छ । कंचनपुर जिल्लाको पुनर्वासमा आयोजित भ्रष्टाचार र वेथितिका विरुद्ध खबरदारी तथा पार्टी एकता समायोजन सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो । भौतिक पूर्वाधारको क्षेत्रसँगै अन्य […]