Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पूर्वराजाको प्रतिगमन प्रयासको कडा विरोध सम्पूर्ण गणतन्त्रवादी शक्तिहरूलाई एकजुट हुन आह्वान गर्दै मोर्चाको बैठक सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 9, 2025
225 shares

सर्लाही । नेपालमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रलाई कमजोर बनाउने षड्यन्त्र तीव्र भइरहेको वर्तमान परिस्थितिमा गणतन्त्रवादी दलहरू एकताबद्ध भएका छन्। नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जन जागृति पार्टी र नेपाल सद्भावना पार्टी लगायतका शक्तिहरु बीच नयाँ मोर्चा गठन गर्दै, पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा गरिएका प्रतिगमनकारी गतिविधिहरूको कडा विरोध गरिएको छ।

नवलपुर, सर्लाहीमा सम्पन्न बैठकमा पार्टीका शीर्ष नेताहरू उपस्थित रहेर साझा एजेण्डा तय गर्ने, मोर्चाको सांगठनिक संरचना बनाउने र बृहद् महागठबन्धन निर्माणका लागि पहल गर्ने निर्णय गरेका छन्। मोर्चाले पूर्वराजाले राज्यबाट प्राप्त विशेष सुविधा खारेज गर्न सरकारसँग माग गर्दै, संघीय लोकतान्त्रिक व्यवस्था विरुद्ध कुनै पनि प्रतिगमन प्रयासलाई कडा प्रतिरोध गर्ने चेतावनी दिएको छ।

बैठकमा मोर्चामा सम्मिलित पार्टीका केन्द्रिय अध्यक्षहरूको उपस्थिति थियो:मा. मोहम्मद रिजवान अंसारी (नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री)
मा. हरिनन्दन कुमार रंजन (बहुजन एकता पार्टी नेपालका अध्यक्ष)
मा.डि.पी. सहनी निषाद (नेपाल जन जागृति पार्टीका अध्यक्ष)
मा.राम कुमार महतो (नेपाल सद्भावना पार्टीका अध्यक्ष) सहभागी बैठकले गठबन्धनलाई अझै बढी शक्तिशाली र विस्तारित बनाउनेमा एकमत हुनुहुन्थ्यो।
बैठकमा सहभागी नेताहरूले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्ला गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै, राजसंस्थालाई पुनःस्थापना गर्ने प्रयासहरूलाई पूर्ण रूपमा अस्वीकार गर्ने घोषणा गरे। उनीहरूले लोकतान्त्रिक सरकारले नै राजसंस्थालाई पोषण गर्ने प्रवृत्ति अविलम्ब बन्द गर्नुपर्नेमा जोड दिए।

मोर्चाले सरकारलाई सम्बोधन गर्दै पूर्वराजालाई सरकारले दिइरहेका विशेष सुविधा तुरुन्त खारेज,संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र लोकतान्त्रिक उपलब्धिहरूको रक्षा, राजसंस्था पुनर्स्थापित गर्न खोज्ने कुनै पनि असंवैधानिक गतिविधि रोक्न आग्रह गरेको छ।
गणतन्त्रवादी शक्तिहरूबीच व्यापक मोर्चाबन्दी बनाई संविधानको रक्षा गर्नु पर्ने भन्दै मा. मोहम्मद रिजवान अंसारी (नेपाल संघीय समाजवादी पार्टी)ले भन्नुभयो । संघीयता कार्यान्वयनमा चरम लापरबाही भइरहेको छ। मधेसी, दलित, आदिवासी, मुस्लिम तथा उत्पीडित समुदायको अधिकार रक्षा गर्न यो मोर्चा निर्णायक बन्नेछ।”यस्तै मा. हरिनन्दन कुमार रंजन (बहुजन एकता पार्टी नेपाल)ले भने ।
“बहुजन समाजलाई सधैं पछाडि पारेर नेपाली राजनीति केही जाति, वर्ग विशेषको नियन्त्रणमा राखियो। यो मोर्चाले उत्पीडित वर्गको हक सुनिश्चित गर्नेछ।” डि.पी. सहनी निषाद (नेपाल जन जागृति पार्टी)ले बिचार राख्दै
“नेपालमा गणतन्त्रको मर्म अनुरूप शासन व्यवस्था अगाडि बढ्न सकेको छैन। समानुपातिक, समावेशी लोकतन्त्र बलियो बनाउन हामी सशक्त लडाइँ लड्नेछौं।”भन्नुभयो ।

राम कुमार महतो (नेपाल सद्भावना पार्टी)का अध्यक्षले भने, “गणतन्त्र र संघीयताका उपलब्धिहरू गुम्न नदिनेछौं। कुनै पनि प्रतिगामी शक्ति सफल हुन पाउँदैन।”मोर्चाको नीति निर्माण, सांगठनिक संरचना, तथा कार्ययोजना तय गर्न चार सदस्यीय समिति गठन गरिएको छ, जसमा मा. बिमला अंसारी (नेपाल संघीय समाजवादी पार्टी)राजाराम पासवान (बहुजन एकता पार्टी नेपाल)
भुजेन्द्र सहनी (नेपाल जन जागृति पार्टी)र डा. कृष्ण चन्द्र प्रसाद साह (नेपाल सद्भावना पार्टी) सदस्य रहेका छन
संविधान संशोधन गरी विभेदकारी प्रावधान हटाउने।

संघीयता प्रभावकारी कार्यान्वयनका लागि नीति निर्माणमा दबाब दिने। मधेसी, दलित, आदिवासी, मुस्लिम र उत्पीडित वर्गको हक सुनिश्चित गर्ने। पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गराउने। शिक्षा, स्वास्थ्य, रोजगारीमा उत्पीडित समुदायको पहुँच वृद्धि गराउने।
राजसंस्थावादी तथा प्रतिगमनकारी शक्तिहरूको विरोध गर्दै गणतन्त्रको रक्षा गर्ने।जस्ता उद्देश्य सहित गठबन्धन घोषणा गर्ने तैयारी भइरहेको छ। बैठकमा चैत्र २३ गते जनकपुरधाममा बृहत् घोषणा सभा गर्ने निर्णय गरिएको छ। सो अवसरमा मोर्चाका नेताहरू, बुद्धिजीवी, सामाजिक अभियन्ता, पत्रकार, तथा गणतन्त्र समर्थक नागरिकहरू सहभागी हुनेछन्।

नयाँ राजनीतिक ध्रुवीकरणको संकेत दलबीचको मोर्चा निर्माण नेपाली राजनीतिक परिदृश्यमा नयाँ ध्रुवीकरण को संकेत हो। यो केवल चुनावी तालमेलका लागि नभई, संघीय लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्दै उत्पीडित वर्गको सशक्त राजनीतिक उपस्थिति सुनिश्चित गर्ने अभियान हो भन्दै नेताहरुले तैयारीलाई तिव्र बनाएको छ।

मोर्चाले पूर्वराजाको प्रतिगमनकारी रणनीति असफल बनाउने प्रतिबद्धता व्यक्त गर्दै, लोकतन्त्रलाई सुदृढ बनाउन अन्य समान विचारधाराका दलहरूसँग सहकार्य गर्ने स्पष्ट पारेको छ। चैत्र २३ गते जनकपुरमा हुने घोषणा सभा, संघीय लोकतान्त्रिक शक्तिहरूको एकताको ऐतिहासिक क्षण बताएका छन

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved