Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राज्यबाट सधैँ मधेसी महिला उपेक्षामा पर्ने गरे

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 8, 2025
6 shares

काठमाडौँ । राज्यबाट सधैँ मधेसी महिला उपेक्षामा पर्ने गरेका तराई मधेसबाट प्रतिनिधित्व गर्ने महिला सांसद तथा त्यस क्षेत्रका महिलाले गुनासो गरेका छन् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शनिबार मधेसी पत्रकार समाज तथा मधेसी एसोसिएसन इन अमेरिकाले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा उनीहरूले यस्तो गुनासो गरेका हुन् ।

नेकपा (एमाले) की सांसद जुली महतोले मधेसी महिला त झनै अधिकारबाट वञ्चित रहेको गुनासो गरिन् । ‘आज अन्तर्राष्ट्रिय महिला दिवस छ, तर महिलाले अधिकार नपाएको अवस्था छ,’ उनले भनिन्, ‘महिलाका लागि आज रमाइलो गर्ने दिन हो, तर अझै आफ्नो अधिकारका लागि संघर्ष गरिरहेका छन् ।’

एक नम्बरमा हुँदा पनि राज्यले मधेसी भएकै कारण डा.संगीता मिश्रलाई सचिव नबनाएको उनले आरोप लगाइन् । नीति निर्माणको तह महिलालाई रोक्ने काम भइरहेकाले त्यसविरुद्ध संघर्ष गर्नुपर्ने उनको भनाइ थियो । स्थानीय तहमा उपमेयरमा महिला भए पनि अधिकार सुनिश्चित नभएको उनले बताइन् ।

त्यस्तै जनता समाजवादी पार्टीकी सांसद रञ्जु ठाकुरले पुरुषविना महिलाले केही गर्न नसक्ने र महिलाविना पनि पुरुषले केही गर्न नसक्ने बताइन् ।

मधेसी महिला नीति निर्माण तथा कार्यान्वयनको ठाउँमा नपुगेको उनको भनाइ थियो । महिलाले आफ्नो अधिकारका लागि आफैँ सक्षम हुनुपर्ने अवस्था आएको उनको भनाइ थियो । महिलाको सशक्तीकरण भए पनि त्यसको प्रयोग नभएकाले हरेक क्षेत्रमा महिलाको पहुँच बढाउनुपर्नेमा उनले जोड दिइन् ।

जसपा नेपालकी सांसद रेखा यादवले युग परिवर्तन भए पनि महिलालाई हेर्ने दृष्टिमा कुनै परिवर्तन नआएको बताइन् । महिलाको अंगलाई प्रतिष्ठासँग जोडेर हेरेको उनको आरोप थियो । ‘जुन प्रजननबाट पुरुष जन्मेको छ, त्यही पुरुषले त्यसलाई प्रतिष्ठाको विषय बनाएको छ,’ उनले भनिन् ।

राज्यले मधेसी महिलालाई अधिकारबाट वञ्चित गरेको उदाहरण आफू भएको डा.संगीता मिश्रले बताइन् । भनिन्, ‘कुन के कारणले मलाई सचिव हुनबाट रोकियो, यो कुरा राज्यले अझै जवाफ दिएको छैन,’ उनले भनिन्, ‘महिलाले आफ्नो अधिकार आफै पहिचान गर्नुपर्छ ।’

प्राध्यापक एवं लेखिका मञ्चला झाले नारीको सम्मान हुने ठाउँमा मानवजातिको सम्मान हुने तर्क गरिन् । ‘मधेसी महिलालाई अवसर दियो भने धेरै गर्न सक्छन्,’ उनले भनिन्, ‘तर अवसरबाट वञ्चित गरिएको छ ।’ राज्यबाटै मधेस नै अपहेलित भएको उनले गुनासो गरिन्, ‘मधेसी महिला कमजोर छैनन्, अवसर पाए धरै गर्न सक्छन् भने प्रमाणित भइसकेको छ ।’

उनले पनि पहिलो नम्बरमै रहेकी संगीता मिश्रलाई स्वास्थ्य सचिव नबनाएको भन्दै मधेसी भएकै कारण राज्यले विभेद गरेको बताइन् ।

पत्रकार स्नेहा झाले मधेसमा एकसे एक सक्षम महिला रहेका र आआफ्नो क्षेत्रमा संघर्ष गरेर अगाडि बढिरहेका बताइन् । ‘महिलाले आफ्नो क्षमताको विकास आफै गर्नुपर्छ,’ उनले भनिन्, ‘आफू सक्षम भएपछि कसैले विभेद गर्न सक्दैन ।’  पत्रकारले अरूको पीडा उठाए पनि पत्रकारको पीडा कसैले नउठाएको उनको गुनासो थियो ।

कलाकार सरीता साहले कुनै पनि महिलाले आफ्नो क्षमता देखाउन आफै काम गरेर देखाउनुपर्नेमा जोड दिइन् । ‘कोही कसैले कसलाई अधिकार दिँदैन, आफ्नो क्षमताले लिनुपर्छ,’ उनले भनिन्, ‘१३–१४ वर्षदेखि यो (कला ) क्षेत्रमा छु, पुरुषभन्दा महिलाको पारिश्रमिक कम छ’, उनले भनिन् ।

मधेशको कलालाई अगाडि बढाउन कसैले ध्यान नदिएको र मधेसमा चलचित्र विकास बोर्ड हुँदा पनि त्यसले कलाको क्षेत्रमा खासै काम नगरेको उनको तर्क थियो ।

मानव अधिकारकर्मी मोहना अन्सारीले नेपालको तथ्यांकभन्दा बढी भयावह अवस्था मधेसी महिलाको रहेको बताइन् । ‘यस्ता धेरै घटना छन्, जो बाहिर आउँदैनन्, तथ्यांकमा बस्दैनन्, कतिपय घटनालाई घरमै दबाइन्छ,’ उनले भनिन्, ‘गाउँमै दबाइन्छ, त्यसको पछिल्लो उदाहरण रिंकु सदाको हो ।’

सामाजिक सञ्जाल तथा मिडियाका कारण त्यो घटना बाहिर आएको उनको भनाइ थियो । ‘मधेसीमाथि त विभेद छ नै, झन् मधेसी महिलामाथि विभेद बढ्यो,’ उनले भनिन्, ‘कुनै पनि क्षेत्रमा मधेसी महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व छैन ।’

कार्यक्रममा उद्योगी रीता अग्रवाल, गायिका अञ्जली पटेल, कलाकार सरीता साह, अभियन्ता सुनिता हरिजन, राजनीतिकर्मी ममता चौधरी, आर्टिस्ट रञ्जु यादवलगायतलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

‘यसपटक तीजमा मन हाँसेको छैन’— विपत्तिको पीडाबीच हेटौँडा मेयर म...

  • September 14, 2026

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved