नचाहेर पनि पार्टी फुट्न लाग्याे : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी विभाजन हुन लागेको कुरा स्वीकार गरेका छन् । कांग्रेभित्रको विवाद समाधान गर्नका लागि सभापतिको ध्यानाकर्षण गराउन पुगेका २५ केन्द्रीय सदस्यहरूसँगको भेटमा देउवाले यस्तो स्वीकार गरेका हुन् । सो भेटमा सभापति देउवाले आफूले पार्टी विभाजन नहोस् भन्ने चाहेको बताएका छन् । देउवालाई भेट्न पुगेका केन्द्रीय सदस्यहरू निर्वाचनअगाडि […]
“मैले चिनेकाे” रंगमति शाही : हिमाली राजनीतिमा दृढ आवाज, हुम्ला कांग्रेसकी नेतृ तथा पूर्व माननीय रंगमति शाही

दिपेश श्रेष्ठ । हुम्ला—जहाँ भूगोल जति कठिन छ, राजनीति पनि त्यत्तिकै चुनौतीपूर्ण। यही कठिन भौगोलिक र सामाजिक यथार्थबीच नेपाली कांग्रेसकी नेतृ तथा पूर्व माननीय रंगमति शाही ( स्कुटिवाली सांसद ) ले आफ्नो राजनीतिक यात्रा निर्माण गरेकी हुन्। उनी केवल प्रतिनिधि पात्र होइनन्, हिमाली महिलाको राजनीति र नेतृत्व क्षमताको सशक्त उदाहरण पनि हुन्। हुम्लाको परम्परागत र […]
राजनीति पेशा होइन, राष्ट्रको जिम्मेवारी हो : धिरज उपरकाेटि

हाम्रो देश नेपालमा आजभोलि एकदमै गलत र खतरनाक भाष्य जबरजस्त निर्माण हुँदैछ। कुनै व्यक्ति आफ्नो पेशा, व्यवसाय वा सीपमा अब्बल भयो भने, उसैलाई “देश बनाउने मान्छे” घोषित गरिन्छ। सामाजिक सञ्जालमा हल्ला चलाइन्छ— यसलाई जिताउनुपर्छ, प्रधानमन्त्री बनाउनुपर्छ, मन्त्री बनाउनु पर्छ! राम्रोसँग पढाउने शिक्षक भयो भने भनिन्छ— अब यही मान्छेले देश बनाउँछ। रोगीलाई ज्यान जोगाउने डाक्टर भयो […]
मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

प्रेमचन्द्र झा । संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान लागू भएपछि मधेस प्रदेशले धेरैले कल्पना गरेको जस्तो परिवर्तन भोग्न सकेन। संघीयता मधेसका लागि अधिकार, पहिचान र समृद्धिको ढोका खोल्ने ऐतिहासिक अवसर थियो। जनताले आफ्नै प्रदेश सरकारबाट शिक्षा, स्वास्थ्य, रोजगारी, उद्योग र पूर्वाधार विकासमा ठोस सुधारको अपेक्षा गरेका थिए। तर संविधान कार्यान्वयनपछिको पहिलो चुनावदेखि हालसम्म आइपुग्दा मधेस प्रदेशको […]
फागुन २१ को निर्वाचन लक्षित संगठन सुदृढीकरणमा नेपाल संघीय समाजवादी पार्टी, बारा जिल्ला कमिटी पुनः गठन

बारा जिल्ला अन्तर्गत स्वर्ण गाउँपालिका वडा नं. ६ चौरहियामा नेपाल संघीय समाजवादी पार्टीको एक महत्वपूर्ण संगठनात्मक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि पार्टीका राष्ट्रिय अध्यक्ष एवं पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी रहनुभएको थियो भने विशिष्ट अतिथि पार्टीकी संसदीय दलकी नेता तथा पूर्व गृह, सञ्चार तथा कानुन मन्त्री माननीय बिमला अन्सारीको गरिमामय […]
हामी हाम्रो देश आफैँ बनाउँछौं, हामी आफ्नै क्षमतामा रोजगारी सिर्जना गर्छौं : Gen-Z 2.0

काठमाडौँ । Gen Z 2.0 को आयोजनामा पौष ५ गते उद्योग, वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित सचेत कर्तव्यबोध र जिम्मेवार पहल विषयक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको मूल सन्देश “हामी हाम्रो देश आफैँ बनाउँछौं, हामी आफ्नै क्षमतामा रोजगारी सिर्जना गर्छौं” भन्ने रहेको थियो। कार्यक्रममा बोल्दै Gen Z 2.0 का प्रवक्ता अबिन लिम्बूले युवाहरू निराशामा होइन, उत्पादन […]
रबि जेलमुक्त भयसँगै रास्वपा प्रवेशगर्नेकाे लर्काे, चँगुका २११ जना एकै पटक रास्वपा प्रवेश

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालमा २११ जना नागरिक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। भ्रष्टाचार, बेथिति र विसङ्गतिविरुद्धको अभियानलाई बलियो बनाउँदै रास्वपा चाँगुनारायण नगरपालिका–८ वडा समितिको आयोजनामा सम्पन्न भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा स्थानीय आमा–बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रम भव्य तथा सभ्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ। […]
उज्यालो नेपाल पार्टीको भक्तपुर जिल्ला भेला सम्पन्न

काठमाडौं । उज्यालो नेपाल पार्टीको भक्तपुर जिल्ला भेला आज सूर्यविनायकमा भव्य रूपमा सम्पन्न भएको छ। उक्त भेलामा पार्टीका केन्द्रीय सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। भेलाको उद्घाटन भक्तपुर जिल्ला, मध्यपुर थिमी नगरपालिका–३, कौशलटारका जेन–जी आन्दोलनका घाइते योद्धा श्रेयश न्यौपानेले पानसमा दीप प्रज्वलन गर्नुका साथै बत्तीको चिम पनि बालेर गर्नुभएको थियो। दमन र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा तीन […]
जेनजी २.० को प्रदेशस्तरिय भेला इटहरीमा सम्पन्न

इटहरी । इटहरीमा जेनजी २.० को प्रदेशस्तरिय भेला सम्पन्न भएको छ। भेला संरचनासँगै प्रदेश नेतृत्वले आफ्ना धारणा सार्वजनिक गरेपछि कार्यक्रम थप जीवन्त बनेको थियो। भेलाले निता शाक्यलाई प्रदेश संरक्षकमा चयन गर्यो। उनले आफ्नो मन्तव्यमा प्रदेशभित्र युवाको ऊर्जा र आवाजलाई एक ठाउँमा ल्याएर परिवर्तनतर्फ अघि बढ्नुपर्ने कुरा जोर दिए। संयोजक बनेका प्रबेश पाण्डेले संरचना केवल पदका […]
कांग्रेसमा सह–महामन्त्रीको दौडमा युवा नेता डा. अबुल हुसेन अन्सारी

काठमाडौं । आगामी महाधिवेशनलाई लक्षित गर्दै नेपाली कांग्रेसभित्र आन्तरिक तयारी तीव्र भइरहेका बेला मुस्लिम कोटाबाट सह–महामन्त्री पदका लागि युवा नेता डा. अबुल हुसेन अन्सारी उठ्ने पक्का भएको स्रोतले जनाएको छ। सामाजिक सेवा, स्वास्थ्य क्षेत्रको योगदान र पार्टीभित्र सक्रिय भूमिकाका कारण पहिचान बनाएका डा. अन्सारीलाई मुस्लिम समुदायको सशक्त प्रतिनिधि मानिन्छ। उनी विगतमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का […]
