Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

“मैले चिनेकाे” रंगमति शाही : हिमाली राजनीतिमा दृढ आवाज, हुम्ला कांग्रेसकी नेतृ तथा पूर्व माननीय रंगमति शाही

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 31, 2025
0 shares

दिपेश श्रेष्ठ । हुम्ला—जहाँ भूगोल जति कठिन छ, राजनीति पनि त्यत्तिकै चुनौतीपूर्ण। यही कठिन भौगोलिक र सामाजिक यथार्थबीच नेपाली कांग्रेसकी नेतृ तथा पूर्व माननीय रंगमति शाही ( स्कुटिवाली सांसद ) ले आफ्नो राजनीतिक यात्रा निर्माण गरेकी हुन्। उनी केवल प्रतिनिधि पात्र होइनन्, हिमाली महिलाको राजनीति र नेतृत्व क्षमताको सशक्त उदाहरण पनि हुन्।

हुम्लाको परम्परागत र सामाजिक रूपमा जकडिएको परिवेशमा जन्मिएकी रंगमति शाही साधारण किसान परिवारमा हुर्किएकी हुन्। पारिवारिक संस्कार, संघर्ष र आत्मनिर्भरताले उनको जीवनदृष्टि र नेतृत्वशैली निर्माण गर्‍यो। समाजमा व्याप्त असमानता र महिला पछाडि पारिने यथार्थ उनले सानैदेखि अनुभूति गरिन्।

सिमित शैक्षिक पहुँच हुँदाहुँदै पनि उनले औपचारिक शिक्षासँगै राजनीतिक चेतनालाई आत्मसात गरिन्। सामाजिक न्याय, समावेशिता र लोकतान्त्रिक मूल्यप्रति उनको झुकाव शिक्षा र जनसम्पर्कबाट क्रमशः प्रगाढ हुँदै गयो।

पारिवारिक जिम्मेवारी र सार्वजनिक जीवनलाई सन्तुलनमा राख्दै अघि बढ्नु रंगमति शाहीको विशेषता हो। पारिवारिक सहयोग र सामाजिक समझदारीकै कारण उनी निरन्तर राजनीतिमा सक्रिय रहन सफल भइन्। भने, नेपाली कांग्रेसको जनमुखी विचारधारा बाट प्रभावित हुँदै उनले स्थानीय स्तरबाट राजनीति सुरु गरिन्। महिला, दलित, सीमान्तकृत समुदायका सवाल उठाउँदै उनले संगठन विस्तार र जनसम्पर्कमा आफूलाई स्थापित गरिन्। यही सक्रियताले उनलाई क्रमशः जिल्ला हुँदै प्रदेश स्तरको नेतृत्वमा पुर्‍यायो।

माननीय रहँदा रंगमति शाहीले हुम्ला मात्र होइन, कर्णाली प्रदेशकै साझा मुद्दालाई प्राथमिकतामा राखिन्। काँग्रेसकाे सरकार शाेस या एमाले या त माओवादीकै तर, उनी स्कुटि हाँक्दै आफ्नाे क्षेत्रकाे लागि बजेट सुनिश्चित गर्न मन्त्रालय पुगिनै रहन्थिन्। उसाे त,
०७२ सालको विनाशकारी भूकम्प पछि राहत, पुनःस्थापना र सरकारी समन्वयमा पनि उनको भूमिका प्रभावकारी रह्यो।
कोभिड–१९ महामारीका बेला स्वास्थ्य सामग्री, क्वारेन्टिन व्यवस्थापन र विपन्न नागरिकको आवाज सदनसम्म पुर्‍याउन उनी सक्रिय रहिन्। शिक्षा, स्वास्थ्य, सडक पहुँच र महिला सशक्तीकरण उनका प्रमुख एजेन्डा बने।

रंगमति शाहीले स्थानीय तहका जनप्रतिनिधिसँग निरन्तर समन्वय गर्दै विकास योजना अघि बढाउन भूमिका खेलिन्। महिला सहभागिता बढाउने, विद्यालय र स्वास्थ्य चौकी सुधार, ग्रामीण सडक र खानेपानी जस्ता आधारभूत आवश्यकतामा उनको पहल देखिन्छ।

नेपाली कांग्रेसभित्र उनी संगठन निर्माणमा खारिएको नेतृका रूपमा चिनिन्छिन्। जसमा : जिल्ला तहमा संगठन सुदृढीकरण,
प्रदेश तहमा नीति निर्माण र समन्वय, केन्द्रसम्म हिमाली जिल्लाका मुद्दा पुर्‍याउने सशक्त आवाज, उनको पहुँच पदका कारण मात्र होइन, निरन्तर संघर्ष र पार्टीप्रतिको प्रतिबद्धताबाट बनेको हो।

यसकारण रंगमति शाहीको राजनीति सस्तो लोकप्रियताभन्दा माथि उठेर स्थायित्व, सेवा र समावेशिता मा केन्द्रित देखिन्छ। हिमाली महिला नेतृको रूपमा उनले तोडेको सामाजिक घेरा आज पनि नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved