प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने, तर प्रतिपक्षी दलहरुले अवरोध गर्ने

काठमाडौं। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने कार्यसूची छ। मंगलबार प्रतिपक्षी दलहरुको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको थियो। आजको बैठकका लागि संघीय संसद सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ। आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामति सेवा विधेयकसम्बन्धी […]
संघीय गणतान्त्रिक गठबन्धनको घोषणा जेठ १५ गते जनकपुरमा गरिने

जनकपुर धाम। देशमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि विभिन्न विचारधाराका पाँच दलहरूबीच गठबन्धन निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ। यही सन्दर्भमा आज जनकपुरधाम मा सम्पन्न उच्चस्तरीय बैठकले आगामी जेठ १५ गते (गणतन्त्र दिवस) को अवसरमा जनकपुरधाममा “संघीय गणतान्त्रिक गठबन्धन” को औपचारिक घोषणा गर्ने निर्णय गरेको छ। बैठकमा सहभागी नेताहरूले संयुक्त […]
एमाले सम्बद्ध युवा संघ नेपालमा पुन: क्षितिज थेबेकाे नेतृत्व विजयी

पोखरा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको पाँचौं महाधिवेशनबाट क्षितिज थेबेको प्यानलै विजयी भएको छ । भर्खरै प्राप्त मत परिणाम अनुसार थेवे १८८ मतान्तरले विजयी भएका हुन् । थेबेले ७९७ ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी सुमन पुरीले ६०८ मत ल्याएका छन् । यस्तै युवासंघको महासचिवमा ७५५ मत ल्याउँदै महेश चौलागाईं विजयी भएका छन् । उनका […]
राजिनामा मात्र हैन गृहमन्त्री लेखक जि बयानका लागि तयार हुनुपरेछ: माओवादी नेता दाहाल

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालले गृहमन्त्री रमेश लेखकमाथि नैतिकताको प्रश्न उठेकाले उनले राजीनामा दिएर अनुसन्धानको लागि मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् । आज (मंगलबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले अब गृहमन्त्री लेखकले जवाफ दिने भन्दा पनि राजीनामा दिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको बेलामा बयान दिन […]
राष्ट्रिय मानवअधिकारको कार्यक्रम प्रधानमन्त्री ओलिले गरे बहिस्कार

काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगको २५ औँ वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधनका लागि सुनिश्चित गरी निम्तो दिइएका प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएनन् । आयोगले १५ दिन अघि नै साढे ११ बजे प्रधानमन्त्री ओलीको पुग्नेगरी कार्यक्रमको आयोजना र सुरक्षा व्यवस्थापन गरेको थियो । तर, कार्यक्रम सुरु भएपछि प्रधानमन्त्री नआउने पनि जानकारी नगराइएको आयोगका एक कर्मचारीले […]
गृहमन्त्रीको राजिनामा नआए संसद चल्न रास्वपाले नदिने, राप्रपाले के गर्ला?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज बस्ने संसद बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै सदन अवरोध गर्ने तयारी गरेको छ । अन्य प्रतिपक्षी दलहरूले समेत गृहमन्त्रीको राजीनामाको माग चर्काउने भएका छन् । रास्वपाको हिजो बसेको संसदीय दलको बैठकले आजको संसद बैठकमा गृहमन्त्री लेखक विरुद्ध कडा रुपमा प्रस्तुत हुने निर्णय गरेको थियो । यसबमोजिम आजको […]
संसदमा पैँचाे तिर्ने दाउमा प्रतिपक्ष दलका सांसदहरु

काठमाडौं । प्रतिनिधिसभाको मंगलबार बस्ने बैठकमा प्रतिपक्षी दलले संसद् अवरोध गर्ने सम्भावना देखिएको छ। पछिल्लो समय गृहमन्त्री रमेश लेखकको भिजिट भिसामा संलग्न भएको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दललगायतले सदनमा अवरोध खडा गर्ने संकेत देखाएका छन्। यसैबीच पूर्वनिर्धारित कार्यक्रमअनुसार संसद बैठक मंगलबार बिहान ११ बजे बोलाइएको छ। भिजिट भिसा प्रकरणमा बहालवाला गृहमन्त्री नै संलग्न भएपछि प्रतिपक्षले […]
गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी माओवादी केन्द्रमा समायोजन

ललितपुर । गंगानारायण श्रेष्ठको नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टी नेकपा (माओवादी केन्द्र)मा समायोजन भएको छ। ललितपुरमा आयोजित विशेष समायोजन कार्यक्रममा उक्त निर्णय औपचारिक रूपमा सार्वजनिक गरिएको हो। कार्यक्रममा माओवादी केन्द्रका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो। गंगानारायण श्रेष्ठले देशमा समावेशी लोकतन्त्र, समाजवाद र जनताको अधिकार सुनिश्चित गर्न माओवादी केन्द्रसँग सहकार्य आवश्यक देखिएको बताए। यस समायोजनले वाम […]
पूर्व डिएसपी कार्की रास्वपा प्रवेश

काठमाडौं । समाजसेवी तथा पूर्व प्रहरी नायव उपरीक्षक(डीएसपी) नैन सिंह कार्की राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) प्रवेश गर्नुभएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका ६ सित्तड पन्ज्युनयाँ घर भएका कार्कीले अनलाईन सदस्य लिदैं रास्वपा प्रवेश गर्नुभएको हो । पुराना पार्टीहरुले देश विकास र सुशासन कायम गर्न नसकेको भन्दै अब देशको जिम्मेवारी रास्वपाको काँधमा आएको उक्त पार्टी प्रवेश गरेको […]
एमाले सचिवालयकाे बैठक बस्दै, मानव तस्करीमा नाम मुछिएका गृह मन्त्रीलाई बर्खास्ती बिषयमा छलफल हुने

काठमाडौं । भिजिट भिसामा कमिशन र भ्रष्टाचार प्रकरणमा नाम जोडिएका गृहमन्त्री रमेश लेखकलाई राजीनामा गराउने या बर्खास्त गर्न प्रधानमन्त्रीलाई सिफारिस गर्ने मुडमा एमाले नेता पुगेका छन्। उच्च स्रोतका अनुसार आइतबार हुने एमाले सचिवालय बैठकमा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसामु यो प्रस्ताव गरिनेछ। भिजिट भिसा प्रकरणले सरकार थप विवादमा परेको भन्दै गृहमन्त्रीको राजीनामा गराउने […]
