Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बिद्यालाई पार्टीमा फर्काएर एमालेमा बम पड्किन्न : प्रधानमन्त्री ओलि

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 29, 2025
3 shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेमा कुनै तनाव नआउने दावी गरेका छन् ।

मदन भण्डारी फाउण्डेशनले शनिबार काठमाडौंमा गरेको जबजका तीन दशक विषय विचार गोष्ठी कार्यक्रममा ओलीले कुनै गोला बारुद नपड्कने र एमाले एकजुट हुने बताएका हुन् ।

ओलीले आफ्नो पार्टी नेकपा (एमाले) ‘ध्वस्त’ हुने सपना नदेख्न आग्रह गरेका छन् । केही विरोधीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीमा फर्कने र उनले ‘बम’ पड्काउने आस गरेका ओलीले टिप्पणी गरे ।

‘मदन भण्डारीको जन्म जयन्तीसँग हामीले राष्ट्रिय वृक्षारोपण कार्यक्रम गर्दै वातावरणमैत्री कार्यक्रम गरेका छौं। तर कतिपयले वृक्षारोपण कार्यक्रम भनेपछि यो कार्यक्रम भाँडिन्छ भनेर पनि लेखे,’ ओलीले भने, ‘एमाले जहाँ छ, एमाले निकटका संगठनको कार्यक्रम भाँडिन्छ ? म आउने र विद्या भण्डारी आउने कसरी भाँडिन्छ ? यस्तो विश्लेषण गर्ने ? कुनै बम बारुद, पड्कँदैन । एमाले एक छ, एकजुट भएर बस्छ । कुनै आश नगरे हुन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको महाकाली सन्धिमा देश नबेचिएको दाबी गरेका छन् । मदन भण्डारी फाउन्डेसनले मदन जयन्तीका अवसरमा शनिवार आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै यस्तो दावी गरेका हुन् ।
‘२०५४ सालमा पार्टी विभाजन गरियो, नहुनुपथ्र्यो। कुनै इस्यु थिएन, नक्कली इस्यु थियो,’ प्रधानमन्त्री ओलीले भने, ‘महाकालीको इस्यु भनेको जसलाई त्यतिखेर राष्ट्रवादको झन्डा देखाएर महाकाली–महाकाली भन्दै कुद्ने एउटा स्थिति भयो, नक्कली, आडम्बरी पाखण्डी कुरा थियो त्यो । त्यसमा कुनै दम र सहीपन थिएन ।’

अहिले पनि महाकाली परियोजना कार्यान्वयन गर्ने पक्षमा सरकार रहेको प्रधानमन्त्री ओलीले बताए । उनले भने, ‘अहिले सबै छन् कार्यान्वयन गर्ने पक्षमा । म पनि छु । सम्भवतः निकट भविष्यमै पञ्चेश्वर परियोजना बन्ने स्थिति बन्छ । यो गर्नै पर्नेछ ।’ त्यही सम्झौताका आधारमा नेपालले बिजुलीको पैसा लिइरहेको त्यस सम्झौता अनुसार दोधारा चाँदनीमा पानी लिइरहेको पनि उनले बताए । ‘त्यो सन्धि ठिक छ, सम्झौता ठिक छ । तर त्यस बेला देश बेचे, मासे, खाए, नदी बेचे खाए भने । केही बेचेको थिएन,’ उनले भने । एमाले देशको स्वाभिमान र देशभक्ति बेच्ने शक्ति नभएको उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved