Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सतहमा देखियाे एमालेकाे दुई प्यानल, के अब एमाले टुक्रिने नै हाे त !!

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 30, 2025
3 shares

काठमाडौं । एमालेको आन्तरिक राजनीति असार १४ पछि तीव्र गतिमा ध्रुवीकृत हुन थालेको छ । एमालेको सक्रिय राजनीतिमा फर्किने एमाले पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घोषणासँग नेताहरूले निकटता देखाउने संकेत गर्न थालेका छन् । अध्यक्ष केपी ओली समूह र विद्या भण्डारी समूहको कित्तामा रहेको छनक पदाधिकारीहरूले १४ असारको कार्यक्रममै दिएका छन् ।

प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओली, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एवं नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले दिएको अभिव्यक्तिका कारण एमालेमा अब दुई धार प्रस्ट रहेको देखिएको छ । एउटा धारको नेतृत्व पार्टी अध्यक्ष केपी ओली र अर्को धारको नेतृत्व विद्या भण्डारीले गर्ने संकेत हिजो कार्यक्रमबाट देखिएको एमाले नेताहरूले बताएका छन् । १९ जनाको पदाधिकारी रहेको एमालेमा को कता लाग्छन् भन्ने चासो देखिएको छ ।

एमाले पदाधिकारी स्रोतका अनुसार विद्या भण्डारी समूहमा पदाधिकारी नौ जना खुलेका छन् । केपी ओली समूहमा ७ खुलेका छन् भने दुई जना दुवै समूहमा खुलिसकेका छैनन् । सचिव टोपबहादुर रायमाझी निलम्बनमा छन् ।

विद्या भण्डारी समूहको नेतृत्व भने अहिले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्ने देखिएको छ । अध्यक्ष केपी ओलीको लाइनलाई काउन्टर अहिले पोखरेलले नै गरिरहेका छन् । एमाले स्रोतको दाबीमा यो समूहमा पार्टीका उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पनि भण्डारीलाई साथ दिने सम्भावना छ ।

यी तिनै जना नेता एमालेभित्र ओली लाइनमा नेता होइनन् । एमाले विभाजित हुँदा माधव नेपालसँग जान रोकिएका उनीहरू अहिले पनि ओलीका कतिपय निर्णयको विपक्षमा रहने गरेका छन् । एमालेको विधानमा भएको ७० वर्षे उमेर र दुई कार्यकालको बाध्यात्मक व्यवस्थाको पक्षमा उनीहरू छन् । त्यसैले, उनीहरूको साथ ओलीभन्दा भण्डारीको पक्षमा हुने आकलन गरिएको छ । त्यसैगरी, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पनि रहने सम्भावना छ ।

गुरुङलाई मन्त्री बनाएको पनि भण्डारीकै कोटाबाट भन्ने पहिला पनि चर्चा भइरहेको थियो । त्यसो त, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा र रघुविर महासेठलाई पनि भण्डारीनिकट भनेर चर्चा गरिएको छ । यद्यपि, भट्टराई अहिले संस्थापन लाइनमा देखिन्छन् भने विश्वकर्मा मौन बसिरहेका छन् । विष्टले पनि आफ्नो धार प्रस्ट पारेका छैनन् ।

महासेठलाई भने पहिला ओलीनिकट मानिएको थियो ।  खासमा महासेठ वामदेव गौतमनिकट नेता हुन् । गौतमले झलनाथ खनाल समूह छोडेर ओलीको कित्ता लिनुअघि नै महासेठले गौतमलाई छोडेको एमाले नेताहरू बताउँछन् ।

अहिले केपी ओली समूहमा उपाध्यक्ष रामबहादुर थापा, गुरु बराल, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल भने खुलेर देखिएका छन् । महासचिव पोखरेलले काठमाडौंमा भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषण गर्दै गर्दा पोखरामा पुगेर आलोचना गरिरहेका थिए ।

त्यसो त, महासचिव पोखरेलले केही दिनअघिको एमाले सचिवालय बैठकमा भण्डारीलाई रोक्न पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्किने विधानबाटै रोक लगाउनुपर्ने प्रस्ताव नै उठाएका थिए । एमाले स्रोतका अनुसार  सचिव पद्मा अर्याललाई पनि ओलीनिकट सचिवकै रूपमा हेरिएको छ । उपाध्यक्ष विष्णु पौडेल र सचिव लेखराज भट्ट मौन देखिएका छन् । हुन त, पौडेललाई केही समय अघि विद्या भण्डारीनिकट भनेर चर्चा गरिएको थियो । तर, अर्थमन्त्री भएपछि पौडेल मौन रहँदै आएका छन् । अनि, अर्याललाई पनि पहिला भण्डारीकै समूहका लिने गरिए पनि अहिले उनी ओली लाइनमा देखिएको एमाले स्रोतहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved