रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दै छ । बैठक आइतबार (आज) दिउँसो २ बजेका लागि बोलाइएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने गरी बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने जनाइएको छ । यसअघि शनिबार केन्द्रीय समितिको आकस्मिक […]

भाेट दिने बृद्ध भाेटरकाे भत्तापाउने उमेरमा फेरबदल गरेर भ्रष्ट कर्मचारी पाेस्ने दाउमा सरकार

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को लागि बजेट बनाउँदै गरेको सरकारलाई खर्च घटाउने दबाबसँगै स्रोतको दायरा बढाउने चुनौति छ । यही चुनौतिका बीचमा सरकारले आगामी आर्थिक वर्ष कर्मचारीको तलबभत्ता बढाउने गृहकार्य गरिहेको छ। कर्मचारीको तलब हरेक तीन वर्षमा बढाउनुपर्ने भएकोले यो वर्ष तलब वृद्धिमा कर्मचारीले जोड दिइरहेका छन । सरकारलाई हालको आम्दानीले खर्च धान्न […]

अब ७ वटै प्रदेश पहिचानको आवाज उठाउने बेला भएको छ

हामी तमाम शेर्पा, तामाङ, मंगर, गुरुङ, राई, लिम्बू, नेवा, खस, थारु, थङमी, भोटे जात होइनौं । लिम्बूलाई जात नभई पहिचान मानेर लिम्बुवान नामको समावेशिता र कोशी नामकरणलाई हिन्दु अतिक्रमणको रूपमा नामाङकन भयो । यो सन्दर्भलाई ध्यानमा राखेर, म लिम्बुवान आन्दोलनको ऐतिहासिक पृष्ठभूमि, उद्देश्य, प्रमुख घटनाक्रम, र वर्तमान अवस्थालाई तथ्य र प्रमाणसहित संक्षिप्त रूपमा प्रस्तुत गर्छु […]

मन्त्री कुशवाहाका कारण अध्यक्ष राउतमाथि प्रश्न

मेवालाल यादव,राैतहट। मधेश प्रदेशमा राजनीतिक दोहोरो मापदण्डको पछिल्लो उदाहरणको रुपमा जनमत पार्टीले गरेका पछिल्ला क्रियाकलाप सार्वजनिक चासोको विषय बनेका छन्। केही समयअघि जनकपुरमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनियर राजेश कुशवाहलाई भ्रष्टाचारको आरोपमा जनमत पार्टीका कार्यकर्ताहरूले सार्वजनिक रूपमा कालोमोसो दलेर सडकमा घुमाएका थिए। उक्त घटनाले प्रदेशभर चर्चा पाएको थियो र भ्रष्टाचारविरुद्ध पार्टीको कडा अडानको सन्देश […]

रास्वपा नेत्री कार्कीको माग

रास्वपा सांसद तोसिमा कार्की लेख्छिन्, ” जनताको प्रतिनिधि हुँ। आमसमुदायको प्रश्न मुखारित गर्दैछु: भिजिट भिसा प्रकरण अब अध्यागमनको मात्र गडबडी होइन — यो गृहमन्त्रीकै सचिवालयबाट सञ्चालित मानव तस्करी र भ्रष्टाचारको सिण्डिकेटको रुपमा प्रमाण र तथ्यहरू सन्चारमाध्यममा छताछुल्ल हुँदैछन् । – अध्यागमनमा दररेटमा कर्मचारी सरुवा गरिन्छ, – तिनै कर्मचारीमार्फत दैनिक ५० लाखको असुली हुन्छ, – र […]

पूर्व राष्ट्रपति भण्डारी आज चिन भ्रमणमा जाँदै

काठमाडौं ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी साताव्यापी भ्रमणका लागि आज चीन जाँदै छन् । मन्त्री र नेकपा एमालेका नेता सम्मिलित टोलीको नेतृत्व गर्दै पूर्वराष्ट्रपति भण्डारी बेइजिङ जान लागेकी हुन् । भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चीनफिङसँगसमेत भेटघाट हुने सम्भावना रहेको एमालेले जनाएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारी नेतृत्वको नेपाली टोली आज […]

सर्वाेच्चकाे फैसलापछि सभापति जेलमा,केन्द्रीय बैठक बस्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई सर्वोच्च अदालतले पुर्पक्ष थुनामा पठाउने आदेश सदर गरेपछि आकस्मिक रूपमा भर्चुअल बैठकहरू बोलाएको छ। पार्टी नेतृत्वको कानुनी अन्योलबीच अब कसरी अघि बढ्ने भन्नेबारे रास्वपा आन्तरिक छलफलमा जुटेको हो। पार्टी सचिवालयको आकस्मिक भर्चुअल बैठकले आज (शनिबार) दिउँसो ३ बजे पुनः सचिवालय र ४ बजे […]

भ्रष्टाचारमा मुछिएका कुशवाहा मधेश प्रदेशको पर्यटन मन्त्री पदमा सिफारिस

मेवालाल यादब, राैतहट। रौतहट जिल्लाको बौधिनाइ नगरपालिका–५ स्थित कोपवा छठ घाटमा देखिएको व्यापक अनियमितता र भ्रष्टाचारमा संलग्न भएको आरोप लागेका बसन्त कुशवाहालाई मधेश प्रदेशको पर्यटन मन्त्री पदका लागि सिफारिस गरिएको छ। स्थानीय स्तरमा कोपवा छठ घाट निर्माण तथा व्यवस्थापनमा करोडौंको बजेट खर्च हुँदाहुँदै पनि अपेक्षित काम नहुँदा नागरिकहरूबाट आलोचना हुँदै आएको छ। सो परियोजनामा आर्थिक […]

पाकिस्तानबाट बलुचिस्तान अलग भएकाे घाेषणा

काठमाडौं। पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त बलुचिस्तानले पाकिस्तानबाट स्वतन्त्रताको घोषणा गरेको छ। पहिल्यैदेखि महँगी, गरिबी र विदेशी ऋणको बोझमा थलिएको पाकिस्तान अहिले थप गम्भीर संकटमा छ, जसले देशलाई १९७१ यताकै सबैभन्दा ठूलो विभाजनको संघारमा ल्याइदिएको छ। बलुच नेता मिर यार बलोचले बुधबार औपचारिक रूपमा पाकिस्तानबाट बलुचिस्तानको स्वतन्त्रता घोषणा गरेका हुन्। उनले दशकौंदेखि भइरहेको हिंसा, बलुच नागरिकहरूको […]

आफू जन्मिनुभन्दा अगाडि नै प्रधानमन्त्री भइसकेका नेता अब ‘डेट एक्सपायर’ भइसके : माननीय निशा डाँगी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले आफू जन्मिनुभन्दा अगाडि नै प्रधानमन्त्री भइसकेका नेता अब ‘डेट एक्सपायर’ भइसकेको बताएकी छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद डाँगीले नयाँ पुस्ताले नयाँ राजनीतिज्ञलाई देख्न चाहेको बताएकी हुन् । उनले डेट एक्सपायर नेतालाई बिदा दिनुपर्ने र जेनजी पुस्तालाई बुझ्न सक्ने नेता राजनीतिमा आउनुपर्ने बताइन् ।