काभ्रे मालपोत कार्यालयको सिफारिस अनुसार पतञ्जलीलाई जग्गा उपलब्ध गराइएकाे हाे : पूर्व प्रधानमन्त्री नेपाल

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पतञ्जलीलाई जग्गा उपलब्ध गराइएको विषयमा कानुनी प्रावधानअनुसार निर्णय भएको स्पष्ट पारेका छन्। समाजवादी प्रेस संगठन नेपालको तेस्रो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले, “काभ्रेको मालपोत कार्यालयको सिफारिसपछि मात्र अध्यायन टोलीको प्रतिवेदन तयार भएको थियो। त्यसको आधारमा मन्त्रिपरिषद्ले निर्णय गरेको हो,” भनेर प्रष्ट्याए। उनले आफूविरुद्ध उठाइएका आरोपहरूलाई अस्वीकार […]

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई कार्यवाहकको जिम्मेवारी तोकेका हुन् । प्रधानमन्त्री ओली स्वदेश नफर्किउन्जेल सिंहले दैनिक प्रशासनिक काम सम्हाल्ने राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्रीसहितको टोली भदौ १८ गते […]

प्रधानमन्त्री ओलिले आज संसदलाई सम्बाेधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्दै छन् । सभामुख देवराज घिमिरेका अनुसार उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा जानु अघि त्यसबारेमा प्रधानमन्त्री ओलीले सो भ्रमणका बारेमा सदनमा जानकारी गराउने छन् । प्रधानमन्त्री ओली भोलि शनिबार चीन भ्रमणमा जाँदैछन् ।प्रधानमन्त्री ओलीले लिपुलेक मामिलामा भारत र चीनसँग प्रष्ट कुरा राख्ने […]

भारतसँग कालापानी-लिपुलेकको सिधासिधा कुरा गर्ने प्रधानमन्त्री म हुँ : प्रचण्ड

विराटनगर। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल-भारत सीमा समस्या समाधानका लागि भारतीय पक्षसँग पहिलो पटक सिधासिधा कुरा गर्ने प्रधानमन्त्री आफू भएको दाबी गरेका छन्। विराटनगरमा सम्पन्न १ नं. प्रदेश समिति सचिवालय बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्। उनले भने,म पछिल्लो पटक प्रधानमन्त्रीको रूपमा भारत भ्रमणमा जाँदा, कालापानी […]

मन्त्रीले नटेरेपछि दुई पार्टीले सरकार छाड्ने

काठमाडौं। पार्टीबाट सरकारमा पठाइएका मन्त्रीले फिर्ता हुन नमानेपछि दुईवटा मधेशवादी दल सरकारबाटै बाहिरिने तयारीमा छन्। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीले पार्टीलाई नटेरेपछि ती दल सरकारबाट बाहिरिने निष्कर्षमा पुगेका हुन्। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै […]

आज सङ्घीय संसद्का यि तीन वटा समितिको बैठक बस्दैछ

काठमाडौँ । आज सङ्घीय संसद्का तीन वटा समितिको बैठक बस्दैछन् । राज्य व्यवस्था सुशासन समिति,  विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको बैठक बस्न लागेको हो । राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचनको प्रक्रिया अगाडि बढाउने कार्यक्रम छ । यद्यपी, सो समितिको सभापतिमा सांसद ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित भइसकेकी छिन् । यस्तै, […]

महोत्तरी जलेश्वरमा संघीय गणतान्त्रिक गठबन्धनको भव्य जनजागरण र्यालि अन्तरक्रिया सभा सम्पन्न

महोत्तरी, जलेश्वर । संघीय गणतान्त्रिक गठबन्धनद्वारा आयोजित जनजागरण अभियान अन्तर्गत रैली तथा अन्तरक्रिया सभा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। जिल्लाको समन्वय समितिको हलबाट सुरु भएको रैलीले नगर परिक्रमा गरी पुनः जिल्ला विकासको हलमा पुगेर अन्तरक्रिया र सभा सम्पन्न गर्यो। रैलीमा गठबन्धनका शीर्षस्थ नेताहरू, पार्टी अध्यक्ष, केन्द्रीय पदाधिकारी, नेता तथा हजारौं कार्यकर्ताको उत्साहजनक उपस्थितिले कार्यक्रमलाई […]

एमएमएकाे निर्वाचन सम्पन्न, माओवादी सहितकाे गठबन्धन विजयी

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को निर्वाचनमा सत्तारुढा नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन पराजित भएको छ । उक्त गठबन्धनमा माधवकुमार नेपाल नेतृत्वको नेकपा समाजवादी पनि सामेल थियो । गएराति सम्पन्न निर्वाचनमा नेकपा (माओवादी केन्द्र)सहितको गठबन्धन विजयी भएको हो । प्रथम उपाध्यक्ष र एक सदस्यबाहेकका अन्य पदमा फुर गेल्जे शेर्पा नेतृत्वको प्यानल नै विजयी भएको छ । शेर्पासहितको […]

गठबन्धनमा सहमति जुटे उपसभामुख परिवर्तन हुन्छ: मन्त्री सुब्बा

काठमाडौं। सञ्‍चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेसले मागेको खण्डमा उपसभामुख परिवर्तन हुनसक्ने बताएका छन् । आज (शुक्रबार) प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले सभामुख, उपसभामुख पद परिवर्तन हुनु स्वभाविक भएको बताए । उनले अहिले नेकपा (एमाले) बाट सभामुख रहेको बताउँदै अब उपसभामुख परिवर्तन भए कांग्रेसले […]

लिपुलेक, लिम्पियाधुरा र कालापानी विवाद: ऐतिहासिक तथ्य, संघर्ष र स्वामित्वको खोजी

दिपेश श्रेष्ठ, काठमाडौं । नेपालको उत्तर–पश्चिमी सुदूरपश्चिम क्षेत्रमा अवस्थित लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र दशकौँदेखि नेपाल, भारत र चीनबीचको राजनीतिक, कूटनीतिक र भूराजनीतिक विवादको केन्द्रबिन्दु बनेको छ। यो क्षेत्रको स्वामित्वबारे प्रश्न नयाँ होइन; यसको इतिहास अंग्रेज शासनकालदेखि सुरु भएर आजसम्मको तनाव, सम्झौता र संघर्षले भरिएको छ। हामी ब्रिटिशकालीन युद्ध, सुगौली सन्धि, भारत–चीन युद्ध, सीमांकनका विवाद, […]