“जेन-जी” पुस्ता भ्रष्टचार र संजाल बन्द बिरुद्द सडकमा उत्रदै

काठमाडौं । अठ्ठाईस बर्ष भित्रका “जेनजी ” पुस्ताले भ्रष्टचार र सामाजिक संजाल बन्दको बिरुद्द भोलि ९ बजे माइतिघर, बानेश्वर क्षेत्रमा बिरोध प्रदर्शन गर्नेभएका छन्। शान्तिपूर्ण आन्दोलनमा पत्रकारहरु, सञ्चार उद्योगीहरु, नागरिक समाजहरू, व्यापारी हरुले पनि आफ्नो उपस्थिति जनाउने भएका छन्। काठमान्डौ म.न.पा. का मेयर बालेन शाहले आफ्नो उमेरको कारण सो आन्दोलनमा जान नसकिएपनी आफ्नो समर्थन रहेको बताएका […]

नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन् । आज बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन आग्रह गरिएको […]

पुष्पलाल लोकमार्ग केन्द्रित अभियानका क्रममा प्रचण्ड यतिबेला लमजुङमा

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) केन्द्रित अभियानका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला लमजुङमा रहेका छन् । उनीसँगै केन्द्रबाट सहभागी भएको टिमले आज बिहान भोर्लेटार क्षेत्रमा मर्निङ वाक गरेको छ । सो क्रममा जिल्लाका विभिन्न नेताहरू पनि सहभागी भएका थिए । मर्निङ वाककै क्रममा प्रचण्डले विभिन्न सहिद परिवारसँग […]

सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका पाँच जना युवाहरू पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका पाँच जना युवाहरू पक्राउ परेका छन् । काठमाडौंको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि प्रर्दशनमा उत्रिएका पाँच जना युवाहरूलाई प्रहरीले पक्राउ गरेको हो । युवाहरूको संस्था ‘युथ कंग्रेस नेपाल’द्वारा आयोजित प्रदर्शनका क्रममा सो संस्थाका महामन्त्रीसहित पाँच जना पक्राउ परेका हुन् ।उनीहरू मुखमा मास्क र त्यसमाथि कालो टेप लगाएर […]

माओवादीको पुष्पलाल लोकमार्ग अभियान पोखराबाट पुनः सुरु

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) केन्द्रित अभियान पोखराबाट पुनः सुरु गरेको छ। जेठ २ गते बैतडीको पाटनबाट सुरु भएको अभियान बर्खाका कारण जेठ १० गते पोखरामा स्थगित भएको थियो। आज दिउँसो रूपा गाउँपालिका–१ स्यास्त्रीस्थित शहीद पार्कमा शहीद चन्द्रप्रसाद खनालको सालिकमा माल्यार्पण गर्दै अभियानलाई पुनः आरम्भ गरिएको हो। शिक्षकसमेत रहेका […]

एमालेको काँधमा देश विकास गर्ने ठुलो जिम्मेवारी छ, म तपाईंहरुकै साथमा छु : विद्या भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पठाएको पत्र अध्ययन गरेर सुझाव दिन अनुरोध गरेकी छन् ।  शुक्रवारबाट ललितपुरको गोदावरीमा सुरु भएको दोस्रो विधान अधिवेशनमा सहभागी हुन वञ्चित गराइएको भन्दै पूर्वराष्ट्रपति भण्डारीले शुभकामना सन्देश दिँदै चिठी अध्ययन गर्न आग्रह गरेकी हुन् । नेकपा एमालेको सचिवालय बैठकले पार्टी सदस्य नरहेको व्यक्ति विधान अधिवेशनमा सहभागी हुन नसक्ने निर्णय […]

एमालेको दोस्रो विधान महाधिवेशन आजबाट ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुँदै

काठमाडौं। सत्तारूढ एमालेको दोस्रो विधान महाधिवेशन आजबाट ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने विधान महाधिवेशन आइतबारसम्म चल्नेछ । एमालेले २०७८ सालदेखि नीति र नेतृत्व महाधिवेशन अलगअलग गर्ने अभ्यास सुरू गरेको हो । यो विधान महाधिवेशनले आगामी ११ औं महाधिवेशनका लागि नीति र विधानको तर्जुमा गर्नेछ । आजै दस्तावेजहरू प्रस्तुत […]

संविधान दिवसमा यी पार्टीहरु एकता गर्दैन्, तयारी अन्तिम

काठमाडौं ।  संविधान दिवस (३ असोज) नजिकिँदै गर्दा एमाले बाहेकका कम्युनिष्ट पार्टीका शीर्ष नेताहरू पार्टी एकताको अन्तिम तयारीमा छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी, आजपा, विप्लव नेतृत्वको नेकपा र महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकताका लागि सैद्धान्तिक छलफल जारी छ । तर, एकीकृत समाजवादी र अन्य दलमा आन्तरिक विवाद बढेपछि एकताको प्रक्रिया तीव्र बनाइएको […]

काठमाडौँमा संघीय समाजवादी महिला संगठनको केन्द्रीय समिति घोषणा

काठमाडौँ। नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष मोहम्मद रिजवान अन्सारीको नेतृत्वमा संघीय समाजवादी महिला संगठन को केन्द्रीय तदर्थ समिति काठमाडौँको बिजुली बजारस्थित पार्टी केन्द्रीय कार्यालयमा भव्य कार्यक्रमकाबीच घोषणा गरिएको छ। यो ऐतिहासिक कदमलाई महिलाहरूको अधिकार, समान सहभागिता र न्यायको यात्रामा नयाँ अध्यायको रूपमा हेरिएको छ। कार्यक्रमको अध्यक्षता पार्टीकी उपाध्यक्ष तथा केन्द्रीय महिला इन्चार्ज सीमा खानले गर्नुभयो […]

सबै क्षेत्रमा महिलाको समान सहभागिता नभएसम्म समृद्ध नेपाल बनाउन नसकिन्न : पूर्व राष्ट्रपति भण्डारी

काठमाडौं ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग–व्यवसायीलगायत सबै क्षेत्रमा महिलाको समान सहभागिता नभएसम्म समृद्ध नेपाल बनाउन नसकिने धारणा व्यक्त गरेकी छन्। उनले उद्योग, वाणिज्य, शिक्षा, स्वास्थ्य र राजनीतिमा महिलालाई अवसर प्रदान नगरेसम्म समृद्ध नेपालको सपना साकार हुनै नसक्ने विचार व्यक्त गरेकी हुन्। ‘नारी : शक्ति, समर्पण र सम्मान’ भन्ने मुख्य नारासहित वीरगन्ज उद्योग वाणिज्य संघले शनिबार वीरगन्जमा आयोजना […]