गृहमन्त्रालयले यी जिल्लाकाे प्रमुखहरुकाे गर्याे सरुवा, मालदार मानिएकाे अध्यगमनमा बिष्णु प्रसाद काेइराला

काठमाडौं । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित ६ सहसचिवको सरुवा गरेको छ। बर्दियाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई कास्की जिल्ला प्रशासन कार्यालयमा सरुवा गरिएको छ। बर्दिया मन्त्रालयको अतिरिक्त समूहमा रहेका सुरेन्द्र पौडेललाई खटाइएको छ। कास्कीका सिडिओ भरतमणि पाण्डेलाई गृहमा तानिएको छ। धनुषाका सिडिओ रामु राज कडरियालाई मन्त्रालयमा तानिएको छ। मन्त्रालयको अतिरिक्त […]
तीन महत्वपूर्ण निर्णयहरू पारित गर्दै संघीय समाजवादी पार्टीको केन्द्रीय बैठक सम्पन्न

काठमाडौं । संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व गृहराज्यमन्त्री रिजवान अन्सारीको अध्यक्षतामा आज काठमाडौंमा केन्द्रीय पदाधिकारीहरू र उपलब्ध केन्द्रीय सदस्यहरूको बैठक सम्पन्न भएको छ। बैठकले देशको वर्तमान राजनीतिक परिप्रेक्ष्यमा पार्टीको दृष्टिकोण स्पष्ट पार्दै तीनवटा महत्वपूर्ण निर्णयहरू पारित गरेको छ। निर्णय नं. १: बैठकले वर्तमान सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम उत्पीडित जनताको उत्थानका लागि सहायक […]
नारायणहिटी दरवार संग्रहालय क्षेत्रमा निषेधाज्ञा घोषणा

काठमाडौँ । काठमाडौँको नारायणहिटी दरवार संग्रहालय क्षेत्रमा निषेधाज्ञा घोषणा गरिएको छ । शुक्रबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले उक्त स्थानमा पाँच जनाभन्दा बढि व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरेका हुन् । https://www.youtube.com/watch?v=3nyiM0fvB8U&t=20s शनिबार (जेठ १७) […]
गणतन्त्र दिवसकै दिन ‘संघीय गणतान्त्रिक गठबन्धन’ घोषणा

जनकपुरधाम । गणतन्त्र दिवसकै दिन पाँच राजनीतिक दलले ‘संघीय गणतान्त्रिक गठबन्धन’ घोषणा गरेका छन् । बिहीबार जनकपुरधाममा एक समारोहको आयोजना गरी यी दलले गठबन्धन घोषणा गरेका हुन् । गठबन्धनमा पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी, रामकुमार महतो नेतृत्वको नेपाल सद्भावना पार्टी, बद्री ठाकुर नेतृत्वको इतिहासिक जनता पार्टी, हरिनन्दनकुमार रञ्जन नेतृत्वको बहुजन एकता […]
राजावादीहरुकाे प्रदर्शन आजपनि

काठमाडौं । राजसंस्था पुनर्स्थापनाको मागसहित राजावादी समूहले शुक्रबार (आज) माइतीघर र बिजुली बजार क्षेत्रमा प्रदर्शन गर्ने भएका छन् । संयुक्त जनआन्दोलन समितिको संयोजनमा हुने प्रदर्शनमा राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संगठन सहभागी हुने र राप्रपाका प्रवक्ता रगुन लावतीले जानकारी दिएका छन् । यसअघि बिहीबार राजधानीको शान्तिबाटिकामा पनि यिनै समूहले प्रदर्शन गरेका थिए । उनीहरूले […]
गणतन्त्रप्रति होइन, वर्तमान सरकारको कार्यशैलीप्रति जनतामा निराशा बढेको हाे : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रप्रति नेपाली जनताको मोहभंग भएको भन्ने दावीलाई खारेज गरेका छन्। प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गणतन्त्रप्रति होइन, वर्तमान सरकारको कार्यशैलीप्रति जनतामा निराशा बढेको स्पष्ट पारे। प्रचण्डले आफूले तराई र मध्यपहाडी भेगमा लाखौं जनतासँग प्रत्यक्ष संवाद […]
हिमाल आराेही कार्कीलाई उदयपुर कटारीकाे बेलसाेतमा भव्य स्वागत तथा सम्मान

आकाश मगर, उदयपुर । राष्ट्रिय स्वतन्त्र पार्टी उदयपुर कटारी वडा नम्बर १ काे कार्यक्रममा मेरा पिक हिमाल ६ हजार ४ सय ७६ मिटरको सफल आराेहन गरेका चित्रकुमार कार्कीलाई उदयपुरको कटारी बेलसाेतमा स्वागत सम्मान गरिएको छ । कार्कीले विभिन्न विद्यामा गिनिज वल्र्ड रेकर्ड बनाएका छन् । कार्कीलाई राष्ट्रिय स्वतन्त्र पार्टी उदयपपुर कटारी बेलसाेतमा भव्य स्वागत सम्मान […]
जेठ २० मा बस्ने प्रतिनिधि सभा बैठक रास्वपाले अवराेध गर्छ : रास्वपा नेता मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २० जेठमा बस्ने प्रतिनिधिसभाको बैठक अवरोध गर्ने भएको छ । बुधबार सञ्चारकर्मीहरूसँगको संक्षिप्त प्रतिक्रियामा रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले २० जेठको संसद् बैठक चल्न नदिने बताए । जिम्मेवार प्रतिपक्षी दल भएका कारण १५ जेठमा सरकारलाई बजेट प्रस्तुत गर्न दिएको विपक्षी दलहरूको भनाइ छ । बुधबारको बैठकमा नेकपा माओवादी […]
रौतहटका ९ जना नेता तथा पत्रकार माथि लगाइएको मुद्दामा अदालतको सफाइ

मेवालाल यादव,रौतहट। गौर राइस मिल घटनालाई अतिरञ्जित गर्दै पूर्व उपप्रधानमन्त्री तथा जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव विरुद्ध नाराजुलुस गर्ने आरोपमा रौतहटका विभिन्न नेता तथा पत्रकार हरूमाथि आजपा अध्यक्ष प्रभु साहले दायर गरेका मुद्दामा जिल्ला अदालत, रौतहटले फैसला सुनाएको छ। अदालतले सबै ९ जना अभियुक्तलाई सफाइ दिएको छ। सफाइ पाउने नेता तथा पत्रकारहरुमा पत्रकार मेवालाल यादव, […]
भाेलिकाे आन्दाेलनमा प्रहरीलाई गाेलि हान्ने अधिकार

काठमाडौं । जेठ १५ गते हुने राजावादी संगठन र राप्रपालगायतका दलले गर्ने आन्दोलनमा फिल्डमा खटिएका सुरक्षा अधिकारीलाई गोली हान्नेसम्मको अधिकार प्रदान गरिएको छ। आन्दोलन हिंसात्मक बनेको कारण खुलाउन सक्ने त्यत्तिसम्मको अधिकार प्रदान गरिएको उच्च स्रोतले जनायो। केन्द्रीय सुरक्षा समितिको बैठकले मंगलबार यतिसम्मको अधिकार दिएको हो। प्रदर्शनको सुरक्षा कमान्ड उपत्यका प्रहरी कार्यालय रानीपोखरीले गरेको छ। रानीपोखरी […]
