Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

तीन महत्वपूर्ण निर्णयहरू पारित गर्दै संघीय समाजवादी पार्टीको केन्द्रीय बैठक सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 31, 2025
102 shares

काठमाडौं । संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व गृहराज्यमन्त्री रिजवान अन्सारीको अध्यक्षतामा आज काठमाडौंमा केन्द्रीय पदाधिकारीहरू र उपलब्ध केन्द्रीय सदस्यहरूको बैठक सम्पन्न भएको छ। बैठकले देशको वर्तमान राजनीतिक परिप्रेक्ष्यमा पार्टीको दृष्टिकोण स्पष्ट पार्दै तीनवटा महत्वपूर्ण निर्णयहरू पारित गरेको छ।

निर्णय नं. १:
बैठकले वर्तमान सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम उत्पीडित जनताको उत्थानका लागि सहायक नहुने ठहर गर्दै विरोध जनाएको छ। साथै, मधेसी, आदिवासी जनजाति, दलित, मुस्लिम, निषाद समुदाय, पछाडि पारिएका वर्ग तथा क्षेत्र, र आर्थिक रूपमा पछाडि परेका समुदायहरूको समस्याको सम्बोधन हुने गरी नीति तथा कार्यक्रम तुरुन्त संशोधन गर्न सरकारसँग माग गरेको छ।

निर्णय नं. २:
बैठकले नेपालको वर्तमान राजनीतिक अवस्थामा संघीय, समावेशी, लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानता, स्वतन्त्रता र सामाजिक न्यायजस्ता उपलब्धिहरूमा प्रतिगामी तथा धर्मिक अतिवादी शक्तिहरूद्वारा आक्रमण सुरु गरिएको ठहर गरेको छ। उक्त चुनौतीको प्रतिकार गर्न उत्पीडित जनताको सशक्त राजनीतिक संगठन आवश्यक रहेको भन्दै ‘जनजागरण तथा संगठन सुदृढीकरण अभियान’ देशभर सञ्चालन गर्ने निर्णय गरिएको छ।
यस अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरू तय गरिएको छ:

सूचना तथा सञ्चार विभागको बैठक – जेठ २९ गते

केन्द्रीय महिला विभागको बैठक – असार १० गते

युवाहरूको राष्ट्रिय भेला – श्रावण १० गते

बागमती प्रदेश समितिको प्रदेश भेला – श्रावण १५ गते

जनसांस्कृतिक विभागको भेला – भदौ २० गते

केन्द्रीय संगठन विभागको बैठक – जेठ २८ गते

समाजवादी विद्यार्थी संगठनको राष्ट्रिय भेला – श्रावण २९ गते

यसैगरी, मधेश, लुम्बिनी, कोशी र बागमती प्रदेशका चारै प्रदेश भित्रका ३० जिल्लाहरूमा जिल्ला भेला, जिल्ला समिति गठन/पुनर्गठन, सदस्यता वितरण, पार्टी प्रवेश कार्यक्रम, तालिम कार्यक्रम तथा प्रत्येक पालिका, गाउँ, वडा, नगरमा समिति गठन/पुनर्गठन भदौ २०८२ भित्र सम्पन्न गर्ने निर्णय गरिएको छ।

निर्णय नं. ३:
बैठकले जेठ १५ गते जनकपुरधाममा संघीय गणतान्त्रिक गठबन्धनको घोषणा समारोह अध्यक्ष अन्सारीको नेतृत्वमा भव्य रूपमा सम्पन्न भएको उल्लेख गर्दै यसलाई पूर्ण सफल भएको ठहर गरेको छ। गठबन्धनको घोषणाले उत्पीडित जनताको आवश्यकता पूरा गर्न, सहिदहरूको सपना साकार पार्न र गणतन्त्रलाई जनताको गणतन्त्र बनाउने दिशामा सशक्त राजनीतिक शक्तिको उदय भएको ठहर गर्दै गठबन्धनको संगठन विस्तार गर्ने तथा अग्रगामी शक्तिहरूलाई समाहित गर्दै अगाडि बढ्न सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved