शिक्षा मन्त्री कृष्णगोपालले सार्वजनिक रूपमा माफी माग्नुपर्ने आफ्नै पार्टीका नेताको दावी

नेकपा एमाका नेता छविलाल विश्वकर्माले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्ने बताएका छन् । विश्वकर्माले मन्त्री श्रेष्ठले शक्तिको प्रयोग गरेर कानुनी प्रक्रियालाई प्रभाव पारेकोसमेत बताए। जातका कारण सञ्चारकर्मी रूपा सुनारलाई आफ्नो घरमा कोठा भाडा नदिएको आरोपमा पक्राउ परेकी बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई रिहा गर्न बुधबार शिक्षा मन्त्री श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेपछि […]

मन्त्रीपदको दुरुपायोग,झण्डावाला गाडीले बढाएको जातिए बिभेद

काठमाडौं । समाजमा हुने कुनै पनि विभेद अस्वीकार्य हुन्छ । जात, धर्म, लिङ्ग, रंग, भूूगोलका आधारमा गरिने विभेद दण्डकारी हुनु आवश्यक छ । र विभेद अन्त्यका लागि भन्दै विभिन्न कानुन पनि बनेका छन् । तर, विभेद भएको भन्दै घटनाहरु सार्वजनिक भइरहेका छन् । हालै रुपा सुनार र सरस्वती प्रधानबीच पनि यस्तै जातीय विभेद गरेको र […]

ओलीले बोलाए एमाले स्थायी समिति बैठक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुपक्षीय स्थायी समिति बैठक बोलाएका छन् । बैठक आइतबार बिहान नौ बजे बालुवाटारमा बस्ने गरी बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । नेताहरुका अनुसार बैठकमा माधव नेपाल पक्षका नेताहरुलाई भने खवर गरिएको छैन । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, अदालतबाट लगातार भएका फैसलालगायत पार्टीको आन्तरिक […]

माधवकुमार नेपाल फुर्क्याउदै देउवा र प्रचण्ड

नेकपा एमाले नेता माधवकुमार नेपाललाई विपक्षी गठबन्धनबाट बिच्किन नदिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फुर्क्याउन थालेका छन् । एमाले एकताका लागि नेपालमाथि आफ्नै समूहको दबाब चर्को रुपमा आइरहेको अवस्थामा कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले यस्तो रणनीति लिएका छन् । शनिबार विपक्षी गठबन्धनले आयोजना गरेको पत्रकार […]

सर्वोच्चका न्यायधीशलाई “रेफ्री” भन्दै गोकुल बास्कोटाले गरे अपमान

नेकपा एमालेका नेता गोकुल बास्कोटाले रेफ्री र न्यायधीशमा के फरक छ? भन्दै प्रश्न गरेका छन्। नेता बास्कोटाले फुटबल हेर्दिम जस्तो लाग्यो भन्दै व्यंग्य गरेका छन्। “साच्ची रेफ्री र न्यायधीशमा के फरक छ? फुटबल हेर्दिम जस्तो लाग्यो आज।” उनले भनेका छन्। उनले सामाजिक संजालमा लेखेका छन्, “साच्ची रेफ्री र न्यायधीशमा के फरक छ? फुटबल हेर्दिम जस्तो […]

आफू पराजित हुने भएपछि सभापतिमा गगन थापालाई अघि सार्दै ,नेता पौडेल

‘एकपटकका लागि कांग्रेसको नेतृत्व गर्ने इच्छा छ, त्यसका लागि तपाईंहरूले मलाई सहयोग गर्नुपर्‍यो । मलाई शेरबहादुर ९शेरबहादुर देउवा जीसँग दाँजेर हेर्नु भएन । मैले न पार्टीको नेतृत्व गर्न पाएको छु, न सरकारको ।’ २०४६ सालको राजनीतिक परिवर्तनपछि पार्टी राजनीतिको केन्द्रमा रहँदै आएका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले शुक्रबार निकटहरूसँग १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने इच्छा […]

महाधिवेशनको लागि काँग्रेसले यसरी बनाउँदै छन् नेताहरुले समीकरण, उपसभापतिमा गगन थापा एक्लो उम्मेदवार

नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिएसँगै पार्टीका नेताहरूको आन्तरिक समीकरण, समूह तथा गुट–उपगुटको क्रियाशील बढ्न थालेको छ । महाधिवेशनमा नेतृत्वमा स्थापित हुन पार्टीका शीर्ष नेताहरूले सुरु गरेको राजनीतिक सक्रियताले पुराना आन्तरिक गुट भत्कँदै नयाँ समीकरण निर्माणतिर अग्रसर हुन थालेको छ । पार्टी महाधिवेशन हुने निधो भएपछि सभापति शेरबहादुर देउवाले सभापतिमा पुनः दोहोरिने घोषणा गर्दै […]

नेपाललाई अध्यक्ष बनाएर सर्वोच्चको फैसला अघि एमाले विवाद टुंग्याउने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरुले सर्वोच्चको फैसला आउनुअघि पार्टी एकताको मिलनविन्दु पहिल्याइने बताएका छन् । प्रतिनिधिसभा विघटनको विरुद्धमा अहिले सर्वोच्च अदलतमा रिट निवेदक तर्फका कानून व्यवसायीले बहस गरिरहेका छन् । आइतबार सो पक्षका बहस टुङ्गिनेछ । रिट निवेदक पक्षका कानुन व्यवसायीहरुको बहस सकिएपछि प्रतिवादी […]

मालिक र गुलामको सम्बन्ध होइन,भारतसँग मित्रता चाहेका हौं -उपेन्द्र यादव

सप्तरी । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भारतलाई चेतावनी दिएका छन् । आफूहरु भारतविरोधी नभएको, तर मित्रताको सम्बन्ध होस् भन्ने चाहेको उनले बताए । सप्तरीको राजविराजमा शनिबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका यादवले भने, ‘हामी भारतको मित्र हौं । भारतविरोधी हुन सक्दैनौं, कुनै नोक्सान […]

माधव नेपाललाई प्रधानमन्त्रीको अफर आईसक्यो – माधव कुमार नेपाल

काठमाडौं। नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले आफूलाई प्रधानमन्त्री बन्नको लागि अफर आएको खुलासा गरेका छन् । शेरबहादुर देउवलाई प्रधानमन्त्री बनाउन अदालतमा रिट दिएका नेता नेपाललाई देउवा धोका दिएर आए आफूलाई प्रधानमन्त्री बनाईने अफर प्रधानमन्त्री केपी शर्मा ओलीका मान्छेले गरेको उनको भनाई थियो । आज (शनिबार) संसद् भवनमा आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा बोल्दै नेता […]