Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मालिक र गुलामको सम्बन्ध होइन,भारतसँग मित्रता चाहेका हौं -उपेन्द्र यादव

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 26, 2021
255 shares

सप्तरी । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भारतलाई चेतावनी दिएका छन् । आफूहरु भारतविरोधी नभएको, तर मित्रताको सम्बन्ध होस् भन्ने चाहेको उनले बताए ।

सप्तरीको राजविराजमा शनिबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका यादवले भने, ‘हामी भारतको मित्र हौं । भारतविरोधी हुन सक्दैनौं, कुनै नोक्सान पनि पुर्‍याउन सक्दैनौं । तर हामी मित्र छौं मित्रकै व्यवहार हुनुपर्छ ।’

नेपालको आन्तरिक मामिलामा निर्णय गर्ने अधिकार नेपालीहरुकै भएको यादवले बताए । ‘मेरो मित्र हुनुहुन्छ । तपाईंको घरमा मैले खटनपटन गर्न चाहेँ भन्ने स्वीकार गर्नुहुन्छ ? स्वीकार गर्नु हुन्न नि !’ उनले अघि भने, ‘यस्तो मित्र चाहिँदैन भनेर लठी लिएर आउनुहुन्छ नि ! अहिलेको सवाल यही हो ।’

आन्तरिक मामिलामा निर्णय गर्ने अधिकार कुनै हालतमा नछाड्ने भन्दै यादवले भने, ‘यो अधिकार छाडेर कस्तो मित्रता हुन्छ ? मालिक र गुलामको सम्बन्ध हुन्छ । जमिन्दार र हरुवा चरुवाको सम्बन्ध हुुन्छ । र, यसबाट भारतलाई पनि फाइदा हुँदैन ।’

मित्रता र दासत्वमा फरक रहने भन्दै उनले आफूहरुले सबै देशसँग मित्रता, सहयोग र सद्भाव चाहेको बताए । आन्तरिक मामिलामा निर्णय गर्ने अधिकार कुनै हालतमा नछाड्ने भन्दै यादवले भने, ‘यो अधिकार छाडेर कस्तो मित्रता हुन्छ ? मालिक र गुलामको सम्बन्ध हुन्छ । जमिन्दार र हरुवा चरुवाको सम्बन्ध हुुन्छ । र, यसबाट भारतलाई पनि फाइदा हुँदैन ।’ मित्रवत सम्बन्ध नै भारतको हितमा हुने उनले बताए ।

आफ्नै पार्टीका महन्थ ठाकुर पक्षका नेताहरु तर्फ संकेत गर्दै उनले विहान साँझ नै (भारतीय) दूतावासमा जाने गरेको बताए । कोही दिल्ली, पटनासमेत गएको भन्दै यादवले यस्ता गतिविधिले भारतको समेत हित नहुने बताए ।

संघीयता र लोकतन्त्रलाई समाप्त पार्ने प्रगतिमनकारी कदम कुनै हालतमा स्वीकार्य नहुने यादवले बताए । ‘लोकतन्त्र र संघीयता रहे न मधेसले अरु अधिकार पाउँछ, यो नभए के पाउनु ? लडाई यहीँ छ’ पार्टीको विवादतर्फ संकेत गर्दै उनले भने, ‘उनीहरुले हँ मालिक, फलानोले त विरोध गर्छ । नोट ल्याउनुस्, हामी उसलाई ठीक पार्छु भन्न सक्छ । यसले केही हुँदैन ।’

जनता समाजवादी पार्टीमा आफूहरु संघीयता, लोकतन्त्र र राष्ट्रको हितमा खडा भएको भएको भन्दै यादवले आफूहरु कसैको विरोधी वा पक्षधर नभएको बताए । ‘जसलाई गुलाम बन्नुछ बनोस्, हामीलाई केही भन्नु छैन’ उनले भने, ‘हामी नो प्रो चीन, नो प्रो इन्डियन । हामी त प्रो नेपाली, प्रो मधेसी ।’

प्रधानमन्त्री ओलीले एउटासँग अर्कोको विरोध गर्ने गर्दा देशले दुःख पाएको उनले बताए । एमाले अध्यक्षसमेत रहेका ओलीले संसदमा उभिएर सत्यमेव जयतेलाई सिंहमेव जयते भारतीय विस्तारवादी भनेर भाषण गरेको स्मरण गर्दै यादवले भने, ‘आज ओली कसरी उनको मित्र भए ? यो गजब छ ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, भण्डारी वरिष्ठ नेता मनोनीत

  • September 24, 2026

भरत दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

  • September 24, 2026

वियोगान्त (कविता)

  • September 24, 2026

डाेल्पामा सीता एयरको जहाज दुर्घटना

  • September 24, 2026

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved