भ्रष्टहरुकाे सूचितयार पार्दै प्रधानमन्त्रि ओली ,काे काे पर्ला त पन्जामा??

नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली मुलुकको प्रधानमन्त्रीमा पुनः नियुक्त हुनुभएको छ ।संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न राष्ट्रपतिले दिएको समयसीमाभित्र सरकार गठनको दावी नभएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गर्नुभयो ।   प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्री बन्नुभएको छ ।दोस्रो […]

केपिलाई दाहालकाे फाेन-हामी फेरि मिलेर अघिबढाैँ

बैशाख ३१, काठमाण्डाै।माधव नेपाललगायत चार नेतालाई निलम्बन फुकुवाको निर्णय गरेपछि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले ओलीलाई फोन गरेर यो के तमासा गर्नुभएको ? भनेका थिए। उनले तपाईंले त निलम्बन फुकुवा गर्नुभएछ, कारबाही फुकुवा गर्नुभएछ, तपाईं कारबाही फुकुवा गर्ने खालको मानिस त होइन किन यसो गर्नुभयो ? भनेर जिज्ञासा राखेका थिए। त्यसको जवाफमा ओलीले हो, कारबाही […]

बिपक्षेको योजनालाई उडाउन सफल ओली फेरी नेपालको प्रधानमन्त्रिको शपथलिदै

बैशाख ३१, काठमाडौं । विपक्षी दलहरु प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प दिन असफल भएको छन् । प्रधानमन्त्री ओलीद्वारा पुस ५ मा विघटित प्रतिनिधिसभा ११ फागुनमा पुनस्थापित भएदेखी वैकल्पिक सरकार निर्माणकोहर प्रयास भएपनि अन्ततः असफल भएको छ । आफैले संसदको विषेश अधिवेशन बोलाए २७गत्ते सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदा ओली विफल भएपनि नेपाली काँग्रेस–माओवादी केन्द्र गठबन्धन […]

राष्ट्रपतीद्वारा ओलीलाई हिजै प्रधान्मन्त्रिमा नियुक्त ,आजदिउसो शितलनिवासमा शपथ

वैशाख ३१,काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री हिजै साझा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको विश्वास पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार दुई […]

नेपालसहित चार नेताको कारबाही फुकुवा गर्ने एमालेको निर्णय

बैशाख ३०, काठमान्डौ। नेकपा एमालेले नेता माधवकुमार नेपालसहित चार नेतामाथि गरिएको कारबाही फुकुवा गरेको छ । बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले नेपालसहित चार नेतामाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो। सर्वोच्च अदालतको २३ फागुनको फैसलासँगै एमाले ब्युँतिएपनि पार्टीभित्र समानान्तर गतिविधि गरेको भन्दै एमालेले यसअघि नेताहरू नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ […]

के पि ओली नै पुन्ह प्रधानमन्त्रि काे शपथ लिंँदै

बैशाख३०,काठमाण्डाै। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको तीन दिनको समय बिहीबार (आज) राती नौ बजे सकिँदै छ । विपक्षी दलबीच सहमति हुन नसक्दा अहिलेसम्म नयाँ सरकार गठनका लागि कसैले विकल्प प्रस्तुत गर्न सकेका छैनन्। कांग्रेस र माओवादी मिल्दा मात्र सरकार गठनका लागि संख्या […]

देउवा प्रधानमन्त्रि बन्ने तरिका

बैशाख ३०,काठमाण्डाै । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनको समय दिएसँगै नयाँ सरकार गठनको जोडघटाउ पेचिलो बनेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा विशेष अधिवेशनअन्तर्गत मतदान प्रक्रियामा विश्वासको मत गुमाऐसँगै कांग्रेस–माओवादीलगायत दल नयाँ सरकार गठनको तीव्र दौडधूपमा छन् । नयाँ सरकारका लागि बहुमत पु¥याउन विपक्षी दललाई हम्मेहम्मे परिरहेको अवस्था छ । ‘काम चलाउ’ प्रधानमन्त्री ओली […]

गण्डकी मुख्यमन्त्रीमा फेरिपनी गुरुङको प्रबेश

बैशाख २९,पोखरा। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री बनेका छन् । प्रदेश प्रमुख सीता कुमारी पौडेलले गुरुङलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी हुन् । प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रदेश प्रमुख पौडेलले आज ४ बजेसम्म दुई […]

केपी ओली नै फेरि प्रधानमन्त्री बन्दै – शीतल निवासमा सपथको तयारी

बैशाख २९, काठमाडौं । विश्वासको मत गुमाएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली फेरि प्रधानमन्त्री बन्ने निश्चित भएको छ । जसपाको महन्थ ठाकुर समूह नयाँ सरकार निर्माणमा संलग्न नहुँदा कांग्रेस सभापति देउवाको नेतृत्वमा सरकार बनाउन बहुमत नपुगेपछि ओली दोहोरिने भएका छन। अहिले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार गठबन्धन सरकार बनाउन आह्वान गरेकी […]

माधव नेपालको नयापार्टीको लागि खाकातयार – नेपाल र गौतम अध्यक्षमा रहने

वैशाख २९, काठमाडौं। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ दलको खाका तयार गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी बहुमतको गठबन्धन बन्ने निश्चित भएमा नेपाल समूहका सांसदहरुले राजीनामा दिएर नयाँ दल निर्माण गर्ने खाका समेत तयार गरेका हुन् । त्यसका लागि उनले गठबन्धनमा आफ्नो निश्चित शर्त समेत प्रस्तुत गरेका छन् । नयाँ दलको नाम नेपाली कम्युनिस्ट पार्टी […]