कस्ले मार्ला गृहसचिवको बाजी ?

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेसँगै महत्त्वपूर्ण मन्त्रालयको सचिव हेरफेर गर्ने तयारी सुरू भएको छ । कांग्रेसकै अर्का प्रभावशाली नेता बालकृष्ण खाँडले गृह मन्त्रालयको नेतृत्व सम्हाले लगत्तै एमालेका क्याडर सचिव महेश्वर न्यौपानेलाई हटाएर नयाँ गृह सचिव ल्याउनुपर्ने बाध्यतामा सरकार रहेको छ । गृह सचिवका लागि गृहका क्याडर दिनेश भट्टराई, केदार न्यौपानेसहित अर्जुन […]
पुष्पलालः बाँचुन्जेल पनि हाँसेरै बाँचे,, मर्दा पनी हाँसेरै मरे – प्रदीप गिरी

प्रदीप गिरी : पुष्पलाल श्रेष्ठ नेपाल कम्युनिस्ट आन्दोलनका संस्थापक महासचिवका रुपमा चिनिनुहुन्छ । तर कुरो त्यत्ति मात्रै होइन । उहाँको टक्करको अर्को कम्युनिस्ट नेता कदाचित नेपालमा जन्मिएका छैनन् । यहाँ मदन भण्डारीको सम्झना अवश्य गर्न सकिन्छ । तर धेरै कारणले यी दुई नेता अतुलनीय छन् । एक त दुवैको कालखण्ड सर्वथा पृथक छ । दोस्रो […]
यो कठिनको अवस्थामा अर्थतन्त्र उकास्न काँग्रेसलाई अवसर : विनोद चौधरी

विनोद चौधरीः केही दिन अघिदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको छ । २०४८ सालको नेपाली कांग्रेसको सरकारले अपनाएको उदार अर्थतन्त्रका नीतिहरु अवलम्बन गरेपछि लाइसेन्सिङ र टिप्पणीतन्त्रको अन्त्यको पृष्ठभूमिमा नेपालको अर्थतन्त्र अहिले पनि गतिशील छ । ३० वर्षको बीचमा देखिएको एक किसिमको राजनीतिक परिवर्तन, लगभग हरेक वर्षजस्तो बदलिने सरकारका बाबजुत पनि नेपालको अर्थतन्त्र […]
कांग्रेस महाधिवेशन सर्ने निश्चित

काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने निश्चित भएको छ । तर, कहिले र कुन मितिमा गर्ने भन्ने निश्चित भइसकेको छैन । सो सम्बन्धमा पार्टीको शीर्ष तहमा छलफलपछि टुंगो लाग्नेछ । कांग्रेसले पार्टीको सबैभन्दा तल्लो तहको संरचना मानिएको वडा तहको अधिवेशन यही १२ साउनबाट सुरु गर्नेगरी कार्यतालिका बनाएको थियो । सो कार्यतालिका प्रभावित हुने निश्चित भइसकेको […]
भेट्न पुगेका माधवलाई भीम रावललेदिए यस्तो जवाफ

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल नेता भीम रावललाई भेट्न उनको निवास टोखा पुगेका छन् । स्रोतका अनुसार बुधबार आफूपक्षीय नेताहरुको स्थायी कमिटी बैठकमा रावल नआएपछि नेता नेपाल उनलाई भेट्न निवासमै पुगेका हुन् । ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वा विपक्षमा मतदान गर्ने भन्नेमा कुरा नमिल्दा रावलले सांसदबाट राजीनामा […]
पार्टी दलाल, दारुभट्टि चलाउने, ठेकेदारी गर्नेको हातमा गएको कारण मैले राजीनामा दिन लागेको हुँ’ : अमरेश कुमार सिंह

काँग्रेस नेता तथा सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले बुधबार राजीनामा दिने घोषणा गरेका छन् । सिंहले आजै आफूले पदबाट राजीनामा दिन लागेको बताए । ‘पार्टी दलाल, दारुभट्टि चलाउने, ठेकेदारी गर्नेको हातमा गएको कारण मैले राजीनामा दिन लागेको हुँ’, उनले भने, ‘पार्टी क्रियाशिल सदस्यता, समायोजनलगायतका पार्टीका केही नेताहरुले चलखेल गरेको पनि […]
के हामीसँग जनमतसंग्रह गर्न तयार हुनु हुन्छ त ? नेत्रविक्रम चन्द

काठमाडौं। नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफूहरुलाई बन्दुके र अधिनायकवादी भनेर चित्रण गरिएको भन्दै गुनासो पोखेका छन् । उनले भने,‘हामीलाई यसो भन्नेहरु, लु आउ न त चुनावमा, यो लुटेरा पुँजीवाद ठीक कि जनताको समाजवाद ठीक ? चुनाव गराउन त । वाक्क भएर अस्ति बाबुरामजीले पनि भन्दै हुनुहुन्थ्यो, हामी नबिग्रेको त होईन नि, बिग्रकोमध्ये कम […]
नेपालले बोलाएको बैठकमा रावल गएनन्, अरु को-को छन् सहभागि

काठमाडौं । नेकपा एमालेका विद्रोही नेता माधव कुमार नेपालले बोलाएको स्थायी कमिटि बैठकमा एमालेका उपाध्यक्ष भीम रावल अनुपस्थित भएका छन् । पछिल्लो समय नेता नेपालसँग टाढिएको भनिएका उपाध्यक्ष रावल आजको बैठकमा उपस्थित नभएको बैठकमा सहभागि एक नेताले बताए । बुधबार दिउँसो बानेश्वरमा सुरु भएको बैठमा रावल बाहेक नेपाल पक्षका अन्य स्थायी कमिटी सदस्यहरु भने सहभागी […]
बकर इदका अवसरमा प्रचण्डको शुभकामना सन्देश – प्रतिगामी तत्वहरु जनताको तागत अगाडि परास्त भए

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले गरेको विकास र समृद्धिको आकांक्षा अनुरुप समाजवादी लक्ष्य हासिल गर्न सबै नेपाली जनसमुदायमा एकतावद्ध पहलकदमी आव्हान गरेका छन् । बुधबार मुस्लिम समुदायको दोस्रो महान् पर्व इद उल अज्हा (बकर इद) का अवसरमा स्वदेश तथा विदेशमा रहेका मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै उनले […]
संसद स्थगित गर्ने अध्यादेश ल्याएर पार्टी फुटाइने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले र जनता समाजवादी पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउने तयारी गरेका हुन्। यसका लागि अब १ दिन मात्र प्रतिनिधिसभाको बैठक बोलाउने सरकारको तयारी छ। त्यो बैठकपछि प्रतिनिधिसभाको अधिवेशन स्थगित गरिनेछ। र, सरकारले दल विभाजन गर्न सजिलो हुने गरी अध्यादेश ल्याउने तयारी गरेको छ। सरकारले संसदको अधिवेशन अन्त्य गरेर […]
