Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपालले बोलाएको बैठकमा रावल गएनन्, अरु को-को छन् सहभागि

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 21, 2021
324 shares

काठमाडौं । नेकपा एमालेका विद्रोही नेता माधव कुमार नेपालले बोलाएको स्थायी कमिटि बैठकमा एमालेका उपाध्यक्ष भीम रावल अनुपस्थित भएका छन् । पछिल्लो समय नेता नेपालसँग टाढिएको भनिएका उपाध्यक्ष रावल आजको बैठकमा उपस्थित नभएको बैठकमा सहभागि एक नेताले बताए ।

बुधबार दिउँसो बानेश्वरमा सुरु भएको बैठमा रावल बाहेक नेपाल पक्षका अन्य स्थायी कमिटी सदस्यहरु भने सहभागी भएका छन्। बैठकमा सुरेन्द्र पाण्डे भने केही ढिलो गरी उपस्थित हुनुभएको थियो । घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट लगायत नेताहरु भने समयमै बैठकस्थलमा उपस्थित भएका छन् । एमालेका उपाध्यक्ष समेत रहेका नेता रावलले आइतबार प्रतिनिधि सभा सदस्य पदबाट राजीनामाको घोषणा गरेका थिए ।

संसद् बैठक सुरु नहुँदै रावलले माधव नेपाललाई भेटेर देउवाको विपक्षमा मत दिनुपर्ने प्रस्ताव राखेका थिए । तर, रावललाई नेता नेपालले हप्काएर यस्तो प्रस्ताव लिएर आफूकहाँ नआउन चेतावनी दिएपछि उनी रुष्ट बनेर त्यहाँबाट निस्किएका थिए । रावलले राजीनामा दिएको विषयमा अध्यक्ष ओलीको पनि चित्त बुझेको छैन् ।

उनले पार्टीको ४ र ५ गते ललितपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा रावलले आवेशमा आएर सांसद् पदबाट राजीनामा दिएको टिप्पणी गरेका थिए । र, सकेसम्म रावललाई सांसद् पदको राजीनामा फिर्ता लिन दबाब दिनुपर्ने बताएका थिए । आज नेपाल पक्षले सांसदहरु र केन्द्रीय सदस्यहरुको बैठक राखेका छन् । उक्त बैठकमा सहभागी नहुन रावललाई अध्यक्ष ओलीको फोन गएको स्रोतको दाबी छ । ओलीले पार्टीमा फर्किएर काम गर्न पनि रावललाई आग्रह गरेका छन् ।

यसअघि नै कार्यदलमा संयोजक हुँदा रावलले ओलीसँगको भेटवार्तालाई बाक्लो बनाएका थिए । कतिसम्म भने ओलीले पार्टीमा कार्यवाहक अध्यक्षसमेत वचन दिएका छन् । मेरियट होटलमा रअका प्रमुख सँग भेटवार्ता गरेको र ओलीको प्रलोभनमा परेको आरोप रावलमाथि लागेको छ । तर उक्त आरोपको उनले खण्डन भने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

डाेल्पामा सीता एयरको जहाज दुर्घटना

  • September 24, 2026

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाल...

  • September 23, 2026

बाढीपछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाद्वारा थप ३...

  • September 23, 2026

महिलाकाे आशुमा पग्लिएकाे ती चाेरकाे मन

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved