प्रथम जननिर्वाचित बि पि काेइरालाकाे ३९औँ स्मृति दिवस आज मुलुकभर मनाइँदै

नेपालकाे लागि प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ३९औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाली काँग्रेस जिल्ला कार्यसमिती भक्तपुरले पनि बिहान ७ बजे पार्टी कार्यालय सल्लाघारिमा एक कार्यक्रम गरि बि पि काे याेगदानकाे स्मरण गर्ने बताएकाे छ। कार्यक्रममा नेपाली काँग्रेस बागमति प्रदेसका उपनेता माननीय कृष्णलाल भँडेेल,जिल्ला सभापति दुर्लभ थापा […]
अब सिराहाकाे लाहान नगरपालिकाकाे मेयेरमा उम्मवाेरिदिन्छु : सरिता गिरि

जनकपुरधाम । प्रतिनिधिसभा सदस्यबाट पदमुक्त गरिएकी सरिता गिरीले अब आउने स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । गिरीले आफू सिरहाको लहान नगरपालिकाको मेयर पदका लागि चुनाव लड्ने बताएकी हुन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेकी छन्, ‘म लहान नगरपालिकाको मेयर पदका लागि चुनाव लडने घोषणा गर्दछु ।’ लहान नगरपालिकाका […]
अब ओली खेमा नेकपा एमालेको बाटो कस्तो रहला ?

काठमाडौं । नेकपा एमाले होइन, एमाले अध्यक्ष केपी शर्मा ओली अहिले राजनीतिक घेराबन्दीमा परेका छन् । अन्तर पार्टीबाट मात्रै होइन एमालेकै वरिष्ठ नेताहरुबाट ओली घेराबन्दीमा परेका छन् । बालुवाटारबाट बालकोट पुगे पनि ओलीमाथिको घेराबन्दी टुंगिएको छैन । यो अवस्था सृजना हुनुमा ओली कति दोषी होलान्, यसको इतिहासमा मुल्यांकन हो । तर, अहिले आफ्नै पार्टीको सरकार […]
ओलीले गरेका ‘असंवैधानिक’ नियुक्ति खारेजगर्दै गठबन्धनले साझा कार्यक्रम अनुसार सरकार चलाउने

काठमाडौं : सत्तारुढ गठबन्धनका नेताहरु साझा कार्यक्रम बनाएर अघि बढने भएका छन्। गठबन्धनले अघि सारेका मुद्दाहरुलाई आधार बनाएर साझा कार्यक्रम बनाउने र त्यसलाई प्राथमिकतामा राखेर सरकार संचालन गर्ने तयारी गरेको हो। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डबिच मंगलवार बालुवाटारमा भएको वार्तामा साझा कार्यक्रम बनाउने सहमति भएको […]
२२ सांसदमाथि कारबाही गर्न एमालेको बैठक आज बस्दै
काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्न लागेको छ । आजको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई कारबाहीको निर्णय लिने बुझिएको छ । उनीहरुलाई हिजोको बैठकले २४ घन्टे स्पष्टिकरण सोधेको थियो । प्रक्रिया मिलाएर उनीहरुमाथि कारबाही हुन लागेको हो । एमाले बैठकको कारबाहीमा […]
थपियो प्रचण्डकालागी सुरक्षाकर्मी
काठमाडौँ / सरकारले मापदण्डविपरीत पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका लागि सुरक्षाकर्मी थपेको छ । शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेलगत्तै गृह मन्त्रालयले ‘पटके निर्णय’ गरी डीएसपीको कमान्डमा दर्जन प्रहरी थपेको हो । अघिल्लो सरकारले अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी मापदण्ड २०७७ जारी गर्दै दाहालको सुरक्षामा रहेका ५५ सुरक्षाकर्मी फिर्ता गरेको थियो । उनको सुरक्षामा नेपाल प्रहरीबाट डीएसपीसहित २६ र […]
तल्लो तहको अधिवेशन छोट्याएर महाधिवेशन गर्ने तयारीमा कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले तल्लो संरचनामा २ तहको मात्रै अधिवेशन गरेर केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ। केन्द्रीय महाधिवेशनको समय नजिकिएकाले समयाभाव हुने कारण देखाउँदै तल्लो संरचनामा दुई तहको मात्रै अधिवेशन गर्न लागिएको हो। तल्लो तहमा वडा र प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा मात्रै अधिवेशन गर्ने तयारी भएको एक नेताले जानकारी दिए। केन्द्रीय महाधिवेशन समयमा गर्न […]
रावललाई ओलीको आग्रहः राजीनामा फिर्ता लिनुस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका छन् । च्यासलमा शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले रावलले हतारमा राजीनामा दिएको बताए । ‘हतारिएर किन राजीनामा दिएको ? सल्लाह गर्नुपर्ने । अझै पनि सकिन्छ भने राजीनामा फिर्ता लिनुस्’, ओलीले भने । पार्टी एकता जोगाउन आग्रह गर्दा […]
माधव नेपाल एमालेमा रहन लाएक रहेन : गोकुल बाँस्कोटा

काठमाडौँ । नेकपा एमालेका एकजना नेता गोकुल बास्कोटाले वरिष्ठ नेता माधवकुमार नेपाललाई अब पार्टीमा राखिरहन जरुरी नरहेको बताएका छन्। आइतवार संघीय संसदमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई नेता नेपालले विश्वासको मत दिएपछि अब उनलाई एमालेमा राखिरहन नसकिने दाबी पूर्व मन्त्रीसमेत रहेका बास्कोटाले गरेका हुन्। बास्कोटाले एमाले र माधव नेपाललाई सँगै हिँडाउनै नसकिने अवस्था आएको […]
अब ,एमाले सत्ता पक्ष कि प्रतिपक्ष ?

काठमाडौं । नेकपा एमाले संसदमा प्रतिपक्षको लाइनमा बसेको छ । दोस्रोपटक पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा एमालेका प्रवक्ता तथा सांसद प्रदीप ज्ञवालीले आफूहरु प्रतिपक्षी दलको रुपमा रहने जानकारी गराए । तर, व्यवहारमा हेर्दा एमाले सत्तापक्ष हो कि प्रतिपक्षी दल हो छुट्याउन आममानिसलाई गाह्रो भइरहेको छ । प्रतिपक्षीको लाइनमा बसेको एमालेका सांसदहरु सरकारलाई समर्थन गरेका छन् […]
