Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कस्ले मार्ला गृहसचिवको बाजी ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 22, 2021
672 shares
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेसँगै महत्त्वपूर्ण मन्त्रालयको सचिव हेरफेर गर्ने तयारी सुरू भएको छ । कांग्रेसकै अर्का प्रभावशाली नेता बालकृष्ण खाँडले गृह मन्त्रालयको नेतृत्व सम्हाले लगत्तै एमालेका क्याडर सचिव महेश्वर न्यौपानेलाई हटाएर नयाँ गृह सचिव ल्याउनुपर्ने बाध्यतामा सरकार रहेको छ । गृह सचिवका लागि गृहका क्याडर दिनेश भट्टराई, केदार न्यौपानेसहित अर्जुन पोखरेल, रामकृष्ण सुवेदी, गोकर्णमणी दवाडी , मधुसुदन बुर्लाकोटी , कृष्णहरि पुस्कर लगायतको नाम चर्चामा छ । सुनसरीका भट्टराई गृह सचिवका लागि सबैभन्दा उपयुक्त पात्र रहेको देउवा क्याम्पमा चर्चा हुन थालेको छ ।

शेरबहादुर देउवा निकट प्रभावशाली नेताहरु मीन विश्वकर्मा, ज्ञानेन्द्रबहादुर कार्की , विजयकुमार गच्छदारलगायतका रहेको सुनसरीका भट्टराईलाई गृहमा ल्याउन चर्को दबाब छ । प्रतिनिध सभाको चुनावमा देशैभर कांग्रेसले हार्दा सुनसरीको ४ क्षेत्रमध्ये ३ क्षेत्र कांग्रेसले चुनाव जितेको छ । त्यसमा पनि देउवा निकट नेताहरू ज्ञानेन्द्रबहादुर कार्की, विजयकुमार गच्छदार र सीताराम मेहताले प्रत्यक्ष चुनाव जितेका थिए । सुनसरीकै मीन विश्वकर्मालाई देउवाले गृहमन्त्री खाँडको ठाउँमा प्रमुख सचेतक बनाउने तयारी गरेका छन् । कार्कीलाई कानूनमन्त्रीको जिम्मेवारीमा देउवाले सरकारमा सहभागी गराएका छन् ।

कांग्रेस सरकारमा हुँदा महत्वपूर्ण जिल्लाको सिडिओ बनेका भट्टराईलाई गृहमा ल्याउन कांग्रेस नेताहरू नै लागेका छन् । उदयपुर, मकवानपुर, बारा र दाङका सिडिओ बनेका भट्टराई काबिल सचिवमा रूपमा परिचित छन् । दोस्रो संविधान सभा निर्वाचनमा बारामा लफडा पर्दा राम्रो व्यवस्थापन गरेको भन्दै गृहमा उनको प्रशंशा हुँदै आएको छ । भट्टराई अहिले वाणिज्य सचिवको भूमिकामा छन् । गृह सचिवका लागि चर्चामा आएका अर्का व्यक्ति केदार न्यौपाने हुन् । राजावादी वकील बालकृष्ण न्यौपानेका भाइ केदार गृहमा आउन जोडबल गरिरहेका छन् । काठमाडौं महानगरपालिका र भूमि व्यवस्थापन मन्त्रालयमा सचिव बन्दा विवादमा आएको भन्दै उनलाई गृहमा ल्याउन नहुने सुझाव बालुवाटारलाई दिएको स्रोतले बतायो ।

विवादमा आएपछि उपराष्ट्रपति कार्यालय फ्यालिएका न्यौपानेलाई ओली सरकारले नै युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएको छ । उनको जागिर अब ३ महिना पनि बाँकी छैन । उद्योग सचिव अर्जुन पोखरेल पनि गृहमा आउने चर्चामा रहेका सचिव हुन् । एमाले महासचिव इश्वर पोखरेल र लुम्बीनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको जोडबलमा उद्योग सचिव बनेका पोखरेल कांग्रेस सरकार आएसँगै गृहमा आउन लबिइङ थालेका छन् । काठमाडौंको सिडिओसमेत भइसकेका रामकृष्ण सुवेदी माओवादी केन्द्र निकट सचिव हुन् ।

कृष्णबहादुर महरा अर्थमन्त्री हुँदा अर्थका हर्ताकर्ता सुवेदी ओली सरकारको बेला प्रदेशबाट प्रदेश सरुवा हुने सचिवमा पर्छन् । अर्थमन्त्री माओवादीका जनार्दन शर्मा भएकाले उनको अर्थ सचिवमा जाने सम्भावना बढी छ । प्रदेश नम्बर दुइका सचिव गोकर्णमणी दुवाडी पनि गृहमा आउने चर्चा छ । तर उनलाई गृह हाँक्न सक्ने सचिवको रूपमा हेरिदैन । दवाडीको गृहमा भन्दा भूमि व्यवस्थापन , सामान्य प्रशासन मन्त्रालयमा ल्याउन उपयुक्त हुने कुरा आएको छ । मधुसुदन बुर्लाकोटीले गृहमा आउने चाहना राखेपनि उनलाई गृहमा ल्याउन नहुने मत बलियो छ ।

गृहको प्रतिस्पर्धामा रहेका अर्का सचिव कृष्णहरि पुस्कर कर्ण हुन् । सचिव बढुवा भएपछि प्रदेशको प्रमुख सचिवमा पठाउने परम्परा रहेकाले कर्णलाई सीधै गृह मन्त्रालय दिन बालुवाटार तयार छैन । कांग्रेस नेता बिमलेन्द्र निधि निकट सचिव कर्ण निधि र देउवाबीच सभापतिमा टक्कर रहेकाले गृहमा ल्याउन नहुने पक्षमा बालुवाटारलाई सुझाव आएको बालुवाटार स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

डाेल्पामा सीता एयरको जहाज दुर्घटना

  • September 24, 2026

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाल...

  • September 23, 2026

बाढीपछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाद्वारा थप ३...

  • September 23, 2026

महिलाकाे आशुमा पग्लिएकाे ती चाेरकाे मन

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved