केपी शर्मा ओली विरुद्ध चुनावसम्मै सहकार्य गर्छौ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्ध संगठित भएको विपक्षी गठनबन्धनले यो सहकार्य ओलीलाई सत्ताबाट हटाउनमात्र सिमित नहुने प्रष्ट पारेको छ । गठबन्धनका शीर्ष नेताले सम्पादकहरुसँगको छलफलमा गठबन्धन अरु केही वर्ष सँगै जाने संकेत गरे । बिहीबार संसद भवन नयाँ बानेश्वरमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल (प्रचण्ड),उपेन्द्र यादव र माधवकुमार नेपालले आफूहरु ओलीविरुद्ध कम्तिमा आउने चुनावसम्म […]
बाबुराम प्रधानमन्त्री हुँदा भएका राम्रा काम हरु जुन अरु कसैले गरेका थिएनन

डा. बाबुराम भट्टराई २०६८ साल भदौ ११ गते ब्यबस्थापिका संसदमा भएको निर्वाचनबाट बहुमत प्राप्त गरि मुलुकको ३५ औं प्रधानमन्त्रीमा निर्वाचित भएर १८ महिना प्रधानमन्त्रीका रुपमा सेवा गर्नुभयो । इमान्दार र वौद्धिक राजनीतिकर्मीको छवि बनाएका भट्टराईलाई माओवादी आन्दोलनको योजनाकार र शान्तिप्रकृयाको सुत्रधारका रुपमा चिनिन्छ । राजनीतिक दलहरुवीचको सहमतिका आधारमा राजनीतिक स्थिरता कायम गरि मुलुकलाई आर्थीक सम्बृद्धितर्फ […]
संवैधानिक अंग कब्जा गर्न खोजियो-सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा गरिएको संसद विघटनले मुलुक संकटमा परेको बताएका छन् । बहुमत सांसदहरुको दावी राष्ट्रपतिबाट अस्वीकार गरेपछि पाँच दल अदालत जानुपरेको उनको भनाइ छ । आज सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै देउवाले भने, ‘संवैधानिक अंग कब्जा गर्न खोजिएको छ । अदालतले असंवैधानिक काम रोक्दै आएको छ ।’ सभापति […]
ओलीले माफि मागेर आएमा स्वागत छ -माधव नेपाल

काठमाडौं, १० असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ओलीका कारण देश संकटमा परेको र आफूहरूले संकटबाट देशलाई जोगाउने प्रयास गरिरहेको बताएका छन् । ‘देश संकटमा गयो । भड्खालोमा जानबाट जोगाउनु पर्यो,’ उनले भने । आज (बिहीबार) सम्पादकहरूसँगको छलफलमा नेता नेपालले ओली दक्षिणपन्थी दिशामा लागेको आरोप लगाउँदै कोर्ष करेक्सन गर्न आफूहरू लागिरहेको बताए । […]
मटिहानी नगरपालिकाको कार्यालयमा पाँच दलले गरे तालाबन्दी

असिम कामु मगर महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा आज एकातिर नगरसभा भइरहेको बेला अर्कोतिर पाँच दलले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले विपक्षी दल तथा आम सर्वसाधारण जनतालाई सोधपुछ नै नगरी नगरपालिकाको कार्यालयभन्दा बाहिर बन्द कोठामा नगरसभा गरेको आरोप लगाउँदै नगरपालिकाको कार्यालयमा पाँच दलले तालाबन्दी गरेका हुन् । […]
इलाम अस्पतालमा भएको उपकरण प्रयोजमा आएन, जनशक्तिका लागि इलामका ठुला नेताले चासाे दिएन

इलाम।इलाम अस्पताललाई १५ शैय्याबाट स्तरवृद्धि गरेर ५० शैय्याको बनाइएको वर्षौं वित्यो । तर, अस्पतालको स्तरोन्नती कागजमा मात्र सीमित छ । सोही अनुसारको सेवासुविधा नहुँदा नागरिकले अस्पताल स्तरोन्नती भएको महसुस गर्न पाएका छैनन् । डाक्टर, स्वास्थ्यकर्मी र स्वास्थ्य उपकरणको अभाव त छ नै त्यसमा पनि भएको उपकरण र आएको स्रोत साधनको समेत उपयोग नहुँदा अस्पतालले अपेक्षित […]
ओलीलाई अदालतले उनको हैसियत देखाईदियो : संविधानविद

काठमाडौ । सर्वोच्च अदालतको फैसलाले अहिले तरङ्ग ल्याएको छ । सबैतिर अहिले यसैको बहस छ । अदालतको फैसलापछि राजनीतिज्ञ, बुद्धिजीवी तथा कानुनका जानकारहरूले अदालतको कदमको स्वागत गरेका छन् भने नेकपा एमाले ओली समुहले भने आपत्ति जनाएको छ । संविधानविद् एवं राष्ट्रियसभाका सदस्य राधेश्याम अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतले हैसियत सम्झाएको बताएका छन् । अधिकारीले […]
बधाई थाप्दा थाप्दै मन्त्रीपद चैट

मन्त्री पदमा नियुक्त भएपछि पहिलोपटक गृह जिल्लामा शुभेच्छुकहरुबाट स्वागत तथा बधाईका लागि आएका एक मन्त्रीको पद स्वागत र बधाई पाउँदा नपाउँदै चट भएको छ। खानेपानी मन्त्री अनिलकुमार झालाई गृह जिल्ला रौतहटको सदरमुकाम गौरमा आयोजित स्वागत सम्मान चलिरहँदा नै सर्वोच्च अदालतकोफैसला आएको थियो। स्वागत तथा बधाई र अभिनन्दनको कार्यक्रम चलिरहेकै समयमा मन्त्री पद चट भए पनि […]
एकपछि अर्को कानुनी संकटमा फस्दै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओली राजनीतिक र कानुनी संकटमा फस्दै गएका छन्। संसद् विघटनपछि प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले अस्वीकार गरेपछि उनी राजनीतिक र कानुनी संकटमा फसेका हुन्। आन्तरिक विवादले एमाले विभाजनउन्मुख भएका बेला सो दलको अध्यक्षसमेत रहेका ओलीलाई सर्वोच्च अदालतका एकपछि अर्को गर्दै आएका आदेशले झड्का दिएका छन्। ओलीले जनता समाजवादी पार्टी जसपा को […]
भविष्यवाणी मिल्याे फैसला र भविष्यवाणी सेटिङमा – पुर्व मन्त्री बस्नेत

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । हिजो सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी अध्यक्ष पुष्पकमल दाहालले भने अनुसार फैसला आएको भन्दै अदालतमा सेटिङ हुने शंका ब्यक्त गरेका छन् । उनले भनेका छन्–‘हिजो माओवादी अध्यक्ष प्रचण्डले धादिङ मा, आफुले प्राप्त गरेको बिशेष सूचना भनेर […]
