Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपाली राजनीतिमा इसाई राजनीज्ञहरुको प्यासन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 26, 2021

हरि जिज्ञासु।

नेपाली राजनीतिमा नेपाली जनताको तिब्र वितृष्णा जागिरहेको बेला नेपाली इसाई समुदायका केही व्यक्तिहरु पार्टी नै दर्ता गरेर राजनीतिमा होमिएको पाइन्छ ।सुन्नमा आए अनुसार इसाई समुदायका व्यक्तिहरुले नेतृत्व गरेको पार्टीहरु करिब ७ वटा भन्ने छ तर मैले देखेको सक्रिय रहेका पार्टी भने ३ वटा छन् ।

नेपाली इसाई समुदायमा परिचित रहेका जयवन्त विक्रम शाहले पहिलो संविधान सभाको चुनाव पछि तत्कालिन माओवादीबाट टुक्रिएर २०६५ साउन ३० गते राष्ट्रिय मुक्ति आन्दोलन नेपाल पार्टी दर्ता गरी आफ्नो नेतृत्वमा पार्टीलाई अगाडि बढाए । ईसाइ धर्ममा आस्थावान व्यक्ति पार्टीको अध्यक्ष भएर नेतृत्व गरेको यो पहिलो पार्टी हो ।

विभिन्न संघर्ष सहित अगाडि बढिरहेको राष्ट्रिय मुक्ति आन्दोलन नेपालले चुनाव चिन्ह पिँजडा राखी २०७० सालको संविधान सभाको निर्वाचनमा भाग लियो । २०७० सालको निर्बाचनमा यो पार्टीले प्रत्यक्ष तर्फ जम्मा १६७ मत प्राप्त गरेको थियो भने सामानुपातिक तर्फबाट ५,२१६ मत प्राप्त गरेको थियो ।
त्यस्तैगरी नेपाली इसाई समुदायमा परिचित अर्का व्यक्ति लोकमणी ढकालको नेतृत्वमा जनजागरण पार्टीको स्थापना भयो । स्थापना पछि यो पार्टीले छोटो समयमा ठूलो उपलब्धि बटुलेको मान्न सकिन्छ ।

२०७० सालको संविधान सभाको निवार्चनमा टर्चलाइन चुनाव चिन्ह राखेर निवार्चनमा भाग लिएको जनजागरण पार्टीले प्रत्यक्ष तर्फ कुल ३५१० मत प्राप्त गरेको थियो भने सामानुपातिक तर्फ कुल २७,३९७ मत प्राप्त गरेको थियो । २०७० सालको निर्वाचनबाट सस्थापक अध्यक्ष लोकमणी ढकालले संसद पद प्राप्त गर्नु भएको थियो । इसाई समुदायको व्यक्तिले नेतृत्व गरेको पार्टीबाट एक जना संसद पदमा पुग्नुले पनि नेपाली इसाई समुदायलाई थोरै भएपनि गर्भको महसुस् भएको थियो । तर अहिलेको बर्तमान अवस्थामा पुर्ब माननीय लोकमणी ढकाल राजनीतिमा सक्रिय हुनुहुन्न ।

संसद पदमा पुगिसकेको व्यक्तिलाई किन राजनीतिप्रति वितृष्ण जाग्यो त्यो पनि हामी इसाई समुदायले मुल्याकन गर्नुपर्ने हो तर अहिले सम्म किन राजनीति छोड्नुभयो भनेर कसैले सोधेका छैनौँ । जनजागरण पार्टी अहिले डा। वि।पि खनालको नेतृत्वमा आगाडि बढिरहेको छ ।
पछिल्लो समयमा सक्रिय भएर लागेको अर्को पार्टी आमुल परिवर्तन मसिह पार्टी पनि रहेको छ ।

यस पार्टीको अध्यक्ष भरत गिरी रहनुभएको छ । अध्यक्ष भरत गिरीले चर्चको पास्टर भएर पनि राजनीति गर्ने भनेर तिर्ब आलोचना खेप्नु प¥यो । अहिले उहाँको पार्टीको नाम परिवर्तन गरेर आमुल परिवर्तन मसिह पार्टी बनाउनुभएको छ । नाम परिवर्तन गर्नुभन्दा अगाडि ख्रीष्टियन जोडेर नाम राख्दा झन बढि आलोचना खेप्नु पर्यो । तर पछिल्लो अवस्थामा अध्यक्ष भरत गिरी आफ्नो सम्पूर्ण जीवनलाई राजनीतिमा थाँतीराखे जसरी लागिरहनुभएको छ ।

राष्ट्रिय मुक्ति आन्दोलन नेपालका अध्यक्ष जयवन्त विक्रम शाह, जनजागरण पार्टीका संस्थापक अध्यक्ष पूर्व माननीय लोकमणी ढकाल र बर्तमान अध्यक्ष डा। वि।पि खनाल अनी आमुल परिवर्तन मसिह पार्टीका अध्यक्ष भरत गिरी कुन उद्देश्य लिएर राजनीतिमा होमिए भन्ने कुरा बुज्नु नेपाली इसाई समुदायले बुज्नुपर्ने नितान्त आवश्यक छ । कतै नेपालामा इसाई धेरै भएकाले मैले राजनीति गरेँ भने सर्पोट गर्छन भनेर मात्रै राजनीति गरेका छन् कि, मुख्य ऐजेण्डा नबोकेर पद प्राप्त गर्नको लागि मात्रै राजनीति गरेका हुन् कि अथवा राजनीति दलको अध्यक्ष भनेर चिनाउनलाई मात्र राजनीति गरेका छन् कि यो बुज्नु आवश्यक छ ।

अनी अर्को कुरा राजनीति गर्न जोकोहीले सक्दैन । किनकि राजनीति गर्नेहरुलाई हेर्ने दृष्टिकोन नेपाली समाजमा तल्लो लेबलको भइसकेको छ । नेतालाई जनताले राम्रो मान्न छोडिसकेका छन् । र अर्को कुरा ठूला राजनीति दलका अगाडि साना दलहरुको भ्यालुु कम हुँदै गएको छ । सबैले नेकपा एमाले, नेपाली काँग्रेस, माओबादी केन्द्रको मात्र नाम लिइरहेको बेलामा देश परिवर्तन ईश्वरको डर र भएमा रहेर काम गर्ने व्यक्तिले मात्रै गर्न सक्छ भनेर अगाडि बढ्नु भनेको ठूलो साहाशिस कार्य हो ।

पार्टीको बैचारीक शिद्धान्त ठूलो भएतापनि साना दलका नेताहरुलाई समाजले हेर्ने दृष्टिको निकै सानो छ । तर पनि भरत गिरीहरु, वि।पि खनालहरु,जयवन्त विक्रम शाहहरु आफ्नो पार्टीको शिद्धान्तलाई बोकेर हिडिरहेका छन् । यसको कदर हामी इसाई समुदायले गर्नैपर्छ । हामी ईश्वरको डर मान्ने व्यक्तिहरु देश विकासमा लाग्नुपर्छ भन्ने सम्म चेतना त पैदा भएको छ ।

तर पछिल्लो अवस्थामा सक्रिय रहेका यी तीन वटा दलहरुले नेपाली इसाई समुदायमा संका भने उत्पन्न गराएका छन् । एउटै आस्थामा रहेका व्यक्तिरुले छुट्टा छुट्टै विचारमा राजनीति गर्नुले कतै यीनिहरु पनि कुर्सीकै लागि त राजनीति गरेका छैनन् रु भन्ने संका उत्पनन्न हुन्छ । त्यसकारण एकतामा रहेर देश परिवर्तनको लागि मुख्य एजेण्डालाई समातेर सबै भाषा धर्म र संस्कृतिको सम्मान गर्दै इमान्दारीताको राजनीति गर्ने हो भने इसाई समुदाय मात्रै हैन नेपाली जनताले सम्मान गर्छ ।

यदी पदकै लागि राजनीति गरेको हो भने कुनै पनि राजनीतिक दल अगाडि बढ्न सक्दैन । त्यहाँ फुड आउँछ । त्यहाँ बैचारिक शिद्धान्तमा बेमल आउछ । त्यसकारण ईश्वरको डर मानेर शुद्ध राजनीति गर्नेहरुको बैचारिक शिद्धान्त एक बनाएर एकतामा अगाडि बढि नेपाली इसाई समुदायको विश्वास जित्ने काम गर्नुहोस् । यदि पदकै लागि मरिहत्ये गर्नुहुन्छ भने तपाईँको पार्टी उभोँ नलाग्न सक्छ । किनकि नेपाली राजनीतिक शब्दको भ्यालु बिस्तारै घट्दै छ नेपालमा ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली: वर्तमान अवस्था, अ...

  • May 2, 2026

संविधान संशोधनमा सर्वपक्षीय सहभागिताकाे आवस्यक : माननीय आरेन राई

  • May 2, 2026

राष्ट्रपतिद्वारा लगातार अध्यादेश वर्षा: तीन नयाँ संशोधन सार्वजनिक

  • May 2, 2026

चाँगुनारायण–२ मा रास्वपाको पहिलो वडा अधिवेशन भव्य रूपमा सम्पन्...

  • May 2, 2026

थापाथली सुकुमवासी बस्ती हटाउँदा एक महिला बेहोस

  • May 1, 2026

तराईमा खरबुजा खेतीको क्रेज, किसानको आम्दानी बढ्दो

  • May 1, 2026

उपसभामुख रुवी कुमारी अस्पतालबाट डिस्चार्ज, चिकित्सकको पूर्ण आर...

  • May 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved