म स्वतन्त्र हुँ, कारबाहीको औचित्य छैन- मन्त्री अजय शाही

बुटवल। नेकपा (एमाले)ले कारबाही गरेका लुम्बिनी प्रदेशका सांसद तथा विनाविभागीय मन्त्री अजय शाहीले आफू स्वतन्त्र भएको दाबी गरेका छन् । उनले नेकपा एमाले लुम्बिनी प्रदेशले आफूसँग स्पष्टीकरण माग गरेको र प्रदेशसभा सदस्यबाट समेत निष्काशन गर्न कारबाही प्रक्रिया अगाडी बढाएको कुरा कानूनी र राजनीतिक रुपमा कुनै औचित्य नरहेको बताए । आज (शनिबार) रिपोर्टर्स क्लब नेपाल लुम्बिनी […]

खाेटाङमा केपिलासगढिको सिङ्गो गाउँनै एमालेमा प्रबेश, कांग्रेस,माओबादी र जसपा त्रसित

सन्तोश पौडेल,खोटाङ। खोटाङको केपिलासगढी गाउँपालिका -१ फेदिमा कांग्रेस माओबादी र जसपामा क्रियाशिल नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । शुक्रबार फेदीको शुक्रबारेमा स्थानीय पार्टी कमिटिले आयोजना गरेको छलफल तथा पार्टी प्रबेश कार्यक्रममा एकै गाउँका १६८ जना एमालेमा प्रवेश गरेका हुन् । नेपाली कांग्रेसका गाउँपालिका उपसभापती लक्ष्मी राई, वडा सभापती मधुराज राई, जसपाबाट वडा […]

गौतमले छाडे ओलीको साथ, गौतमलागे नेपालको पछी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एमाले (समाजवादी) पार्टीमा सहभागी हुने बताएका छन् । गौतमले नेतृत्व गरेको ‘पार्टी एकता राष्ट्रिय अभियान’को बिहीबार भर्चुअल बैठकले एमाले विभाजन भइसकेको अवस्था मध्यनजर गर्दै नेपालले नेतृत्व गरेको एमाले समाजवादीलाई समर्थन गर्ने निर्णय गरेको उनको सचिवालय सदस्य शैलेन्द्र राउतले बताए । नेता […]

पहिलो गाँसमै ढुंगा: निर्वाचन आयोगले गर्यो माधव नेपालको नयाँ पार्टी खारेज

काठमाडौं । सरकारले राजनीतिक दल विभाजन सहज बनाउने गरी मंगलबार ल्याएको अध्यादेशअनुसार नै निर्वाचन आयोगले दल दर्ताको प्रक्रिया सुरु गरेको छ । तर, आयोगमा दल दर्ताका लागि दिएको निवेदनमा प्रस्तावित दुवै दलको नाम भने अन्य दलसँग मिल्दोजुल्दो भएको भन्दै आयोगले प्रस्ताव गरिएकै नाम दर्ता गर्न अनिच्छा देखाएको छ । सो अध्यादेश बुधबार राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि […]

कांग्रेस क्रियाशील सदस्यता विवाद सहमति नजिक पुग्यो

काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवादसहमति नजिक पुगेको नेताहरुले बताएका छन् । बारा, सप्तरीसहित १३ निर्वाचन क्षेत्रको विवाद सहमति नजिक पुगेको क्रियाशील सदस्यताको विवाद सुल्झाउने जिम्मा पाएका नेताहरुको भनाइ छ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सदस्यता विवाद सुल्झाउन पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र रमेश लेखक रहेको तीन सदस्यीय कार्यदललाई जिम्मा […]

एमालेमा नेपालसमुह पछी रावलसमुहले पनि बिद्रोह गर्नसक्ने सम्भावना

काठमाडौं। नेकपा एमाले विभाजित भएपछि अर्को नयाँ समूह खडा भएको छ । माधव नेपाललाई पार्टी विभाजनमा साथ नदिएका हस्तीहरुले नयाँ समूह खडा गरेका हुन् । भीम रावलसहितको नयाँ समूह अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा रहँदै आएका नेताहरु थिए । उनीहरुले माधव नेपालले नयाँ दल दर्ता गरेपछि पनि ओलीसँगको संघर्षलाई जारी राख्ने सन्देश दिएका छन् । […]

अब के होला ? अध्यादेश विरुद्ध सर्वोच्चमा रिट

काठमाडौं। सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएलगत्तै देशका दुई प्रमुख राजनीतिक दल फुटेका छन् । संसदमा सबैभन्दा ठूलो दल नेकपा एमाले र चौंथो दल जनता समाजवादी पार्टी फुटेको हो । तर, देशको राजनीतिलाई तरंगित पार्ने अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा एकपछि अर्को रिट दायर भएका छन् । रिट दायर गर्नेको प्रतिष्पर्धा नै चलेको छ […]

राष्ट्रपतिको तस्विरमा पट्टीलगाएर मन्त्रिपरिषद् बैठक सम्पन्न,वाग्मती प्रदेशका प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त गर्न सिफारिश

काठमाडौं । सरकारले वागमती प्रदेश प्रमु्खमा यादवचन्द्र शर्मालाई नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गरेको छ । सरकारले प्रदेश प्रमुखबाट विष्णु प्रसाईलाई हटाएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका छन् । नेकपा (एमाले) फुटाएर माधव नेपालले नेकपा एमाले (समाजवादी) दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएलगत्तै […]

पार्टिको झण्डा अघाडी,राष्ट्रिय झण्डा पछाडि राखेर बोले ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन भएपछि पहिलोपटक सम्बोधन गरेका छन् । ओलीले बोल्दा अगाडि सुर्य चिन्ह राखे पछाडि राष्ट्रिय झण्डा राखे । नेकपा हुँदा नै सुर्य चिन्हका लागि संघर्ष चलेको थियो । विभाजन भएपनि सुर्य चिन्ह ओली अध्यक्ष भएको पार्टी नेकपा एमालेकै हुनेछ । ओलीले अध्यादेशमा २० प्रतिशत केन्द्रीय सदस्य वा […]

माधव नेपाल नेतृत्वको एमाले समाजवादी दर्ता, खनाल वरिष्ठ नेता

काठमाडौँ– अन्तत: नेकपा एमाले विभाजित भएको छ । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए लगत्तै एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले एमाले समाजवादी पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेको छ । नयाँ पार्टीको अध्यक्षमा माधव नेपाल र झलनाथ खनाल वरिष्ठ […]