Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एमालेमा नेपालसमुह पछी रावलसमुहले पनि बिद्रोह गर्नसक्ने सम्भावना

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 20, 2021

काठमाडौं। नेकपा एमाले विभाजित भएपछि अर्को नयाँ समूह खडा भएको छ । माधव नेपाललाई पार्टी विभाजनमा साथ नदिएका हस्तीहरुले नयाँ समूह खडा गरेका हुन् । भीम रावलसहितको नयाँ समूह अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा रहँदै आएका नेताहरु थिए । उनीहरुले माधव नेपालले नयाँ दल दर्ता गरेपछि पनि ओलीसँगको संघर्षलाई जारी राख्ने सन्देश दिएका छन् ।

समूहमा सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण बिष्ट, योगेश भट्टराई र रघुजी पन्त छन् ।पाण्डे र पन्तबाहेक सबै नवौं महाधिवेशनमा निर्वाचित पदाधिकारी हुन् । उनीहरुको एमालेमा बलियो पकड छ । रावलसहितका नेताहरुले माधवकुमार नेपालसहित १४ नेतामाथि कारबाही फिर्ता लिन ओलीलाई आग्रह गर्दै वक्तव्य निकालेका छन् । माधव नेपाललाई पनि पार्टी दर्ता प्रक्रियाबाट पछि हट्न भनेका छन् ।

ओलीलाई भेटेरै नेताहरुले सहमतिको बिन्दु निकाल्न नेताहरुले आग्रह गरेका थिए । तर, ओली तयार भएनन् । अब उनीहरुले एमालेभित्र नयाँ संघर्षको थालनी गरेका छन् ।भीम रावलसहितको समूहमा ३७ जना केन्द्रीय सदस्य रहेको बुझिएको छ । यो समूह अब ओलीविरुद्ध संघर्ष गर्ने लक्ष्यसहित बढेको छ । ओलीले लचकता प्रदर्शन नगरेर जर्बजस्ती बढ्न खोजे भीम रावलसहितको समूहले फेरि अर्को विद्रोह गर्ने रणनीति समेत तयार गरेको छ ।

एमालेबाट फुटेको नेकपा एमाले समाजवादीमा ५६ जना केन्द्रीय सदस्य गएपछि २०३ नवौं महाधिवेशनबाट बनेको केन्द्रीय कमिटिमध्येबाट १४७ बाँकी रहेको छ । ओली सहमतिमा नआए त्यसमध्येबाट पनि ३७ जनाले फेरि विद्रोह गरी पार्टी विभाजनसम्म जाने अवस्था आउनसक्ने देखिएको छ । अब ओलीलाई भदौ भरी भीम रावलसहितको समूहले सहमतिका लागि दबाब दिने रणनीति बनाएका छन् । उनले २ जेठ २०७५ को अवस्थामा पार्टी कमिटीलाई नल्याई विधान महाधिवेशन गरेर बढ्न खोजेमा रावलसहितको समूहले विद्रोह गर्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली: वर्तमान अवस्था, अ...

  • May 2, 2026

संविधान संशोधनमा सर्वपक्षीय सहभागिताकाे आवस्यक : माननीय आरेन राई

  • May 2, 2026

राष्ट्रपतिद्वारा लगातार अध्यादेश वर्षा: तीन नयाँ संशोधन सार्वजनिक

  • May 2, 2026

चाँगुनारायण–२ मा रास्वपाको पहिलो वडा अधिवेशन भव्य रूपमा सम्पन्...

  • May 2, 2026

थापाथली सुकुमवासी बस्ती हटाउँदा एक महिला बेहोस

  • May 1, 2026

तराईमा खरबुजा खेतीको क्रेज, किसानको आम्दानी बढ्दो

  • May 1, 2026

उपसभामुख रुवी कुमारी अस्पतालबाट डिस्चार्ज, चिकित्सकको पूर्ण आर...

  • May 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved