Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खाेटाङमा केपिलासगढिको सिङ्गो गाउँनै एमालेमा प्रबेश, कांग्रेस,माओबादी र जसपा त्रसित

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 21, 2021
126 shares

सन्तोश पौडेल,खोटाङ।

खोटाङको केपिलासगढी गाउँपालिका -१ फेदिमा कांग्रेस माओबादी र जसपामा क्रियाशिल नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । शुक्रबार फेदीको शुक्रबारेमा स्थानीय पार्टी कमिटिले आयोजना गरेको छलफल तथा पार्टी प्रबेश कार्यक्रममा एकै गाउँका १६८ जना एमालेमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसका गाउँपालिका उपसभापती लक्ष्मी राई, वडा सभापती मधुराज राई, जसपाबाट वडा अध्यक्षका उम्मेद्वार ज्ञानकुमार राई, कांग्रेस पार्टी कमिटिका दुईजना सचिव (क) पदम राई र (ख) राजन राई, माओबादी खार्तम्छाका ईन्चार्ज चन्द्रकुमार राई लगाएत, एकै गाउँका १६८ जना एमालेमा प्रवेश गरेको नेकपा एमाले खोटाङका सचिवालय सदस्य तथा केपिलासगढी गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताउनुभयो ।

अध्यक्ष राईले भन्नु भयो,“को कता भन्ने हामि जान्दैनौँ नेकपा एमाले सुर्य चिन्नह र जबज जिबनभर छोड्दैनौँ र अरुलाई पनि एमालेमा एक ढिक्का भएर लाग्न आग्रह गर्दछु।” देउबा सरकारले २० प्रतिशत संख्या पुग्दा पार्टी फुट्न पुग्ने अध्यादेश ल्याएपछी एमालेमा रहेका माधब नेपाल समुह टुक्रीए पनि एमाले भने झन मजबुद बन्दै गएको छ । नेपाली कांग्रेस,नेकपा माओवादी र जसपाभित्र विवाद बढेको र कांग्रेस सरकारले सन्तोषजनक काम गर्न नसकेको बेला नेता तथा कार्यकताले असन्तुष्टि जनाउँदै देशभर एमालेमा प्रवेश गर्नेको लहरनै चलेको छ ।

“मन पराँए, मायाँ लाएँ , मैले के बिराए ’’ भन्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले ) मा सकृय हुने घोषणा गर्दै सिङ्गो गाउँनै एमालेमा प्रबेश गरेको नेकपा एमाले संसदिय दलका मुख्य सचेतक विशाल भट्टराईले बताउनु भएको छ । पार्टी प्रबेश कार्यक्रमा प्रमुख अतिथिको रुपमा बोल्दै सचेतक भट्टराईले भन्नुभयो, “कन्फरटेवल सरकारले अध्यादेश ल्याएर पार्टी फुटाए पनि जनताको मन, मष्तीस्कमा एमालेनै रहेको छ ।” उहाँले भन्नुभयो,“ठूलो पंक्तिले माधव नेपाललाई छाडेका छन्,यसले के प्रमाणित गर्छ भने उनीसँग त्यस्तो ठोस राजनीतिक एजेण्डा छैन ।”

राजनीतिक दलको नेतृत्व बन्नका लागि ठोस राजनीतिक एजेण्डा हुनुपर्ने भन्दै सचेतक भट्टराईले माधव नेपाल प्राविधिक र प्रशासनिक क्षेत्रको नेता जस्तो बनेको टिप्पणी समेत गर्नुभयो । राजनीतिक एजेण्डा बोक्न नसकेकै कारण नपालले आफू स्थापित हुनका लागि पार्टी विभाजनको प्रक्रिया अगाडि बढाएको नेता भट्टराईले आरोप लगाउनुभयो ।

कार्यक्रममा एमाले प्रदेश सदस्य पाँचकर्ण राई (पिके), पार्टी जिल्ला कमिटि अध्यक्ष रामप्रसाद दंगाल, केपिलासगढी गाउँपालिका अध्यक्ष कृष्णकुमार राई, उपाध्यक्ष हिराकुमारी बन लगाएतले आ-आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा एमालेबाट निर्वाचित वडा अध्यक्ष लगायत एमाले नेता तथा कार्यकर्ताको बाक्लो उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाल...

  • September 23, 2026

बाढीपछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाद्वारा थप ३...

  • September 23, 2026

महिलाकाे आशुमा पग्लिएकाे ती चाेरकाे मन

  • September 23, 2026

आज देशभर कांग्रेसको पालिका अधिवेशन हुँदै

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved