दल फुटाउने अध्यादेशको चौतर्फी विरोध

काठमाण्डाै – दल फुटाउन सहज हुनेगरी सरकारले अध्यादेश राष्ट्रपति समक्ष पेश गरेपछि त्यसको चौतर्फी विरोध भएको छ । राजनीतिक दलहरुको टुटफुटका कारण अस्थिरता भएको भन्दै राजनीतिक दल सम्बन्धी ऐनमा पार्टी फुटाउन संसदीय दल र केन्द्रीय समितिमा कम्तिमा पनि ४० प्रतिशत संख्या पुर्याउनुपर्ने प्रावधान राखिएको थियो । तर अहिले सत्ता स्वार्थ र एक अर्काको रिस फेर्नकै […]
एमालेले गर्यो माधव नेपालसहित १४ सांसदलाई कारबाही

काठमाडौँ– नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ । सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए लगत्तै ओली पक्षले नेपाल समूहका १४ जनालाई कारबाही गरेको हो । राजनीतिक दलसम्बन्धी ऐन दफा २८ (१) बमोजिम कार्य नगरी दलको ह्वीप उल्लंघन गरेको […]
एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै
काठमाडौं- प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले आज स्थायी कमिटी र संसदीय दलको आकस्मिक बैठक बोलाएको छ। संसद् अधिवेशन अन्त्य गरिएपछि विकसित राजनीतिक परिस्थितिका कारण एमालेले दुवै बैठक बोलाएको हो। स्थायी कमिटी बैठक आज बिहान ११ बजे बस्दै छ। त्यो बैठक सकिएलगत्तै संसदीय दलको बैठक बस्नेछ। दुवै बैठक बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने जानकारी दिइएको छ। एमाले […]
संसद् अन्त्य गरेर एमाले फुटाउने षड्यन्त्र भयो : ओली (विज्ञप्तिसहित)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर नेकपा (एमाले)लाई विभाजित गर्ने षडयन्त्र भइरहेको बताएका छन्। गएराति एक विज्ञप्ति जारी गर्दै ओलीले एमाले र सो पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा षडयन्त्र मान्य र क्षम्य हुन हुन नसक्ने स्पष्ट पारेका छन्। शेरबहादुर देउवा नेतृत्वको सरकारले संसदको चालु अधिवेशन […]
मंसिर ९ देखि १३ सम्म केन्द्रीय महाधिवेशन गर्ने कांग्रेसको निर्णय

काठमाडौं–नेपाली कांग्रेसले आगामी मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय महाधिवेशन आगामी मंसीरमा गर्ने निर्णय गरेको हो । महामन्त्री पुर्णबहादुर खड्काका अनुसार भदौ १८ गते वडा अधिवेशन शुरु हुनेछ । ‘भदौको १८ गते वडा अधिवेशन शुरु गरेर मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय भएको छ’, […]
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि, महाधिवेशनको नयाँ मिति तय हुने

काठमाडौँ- नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा दिउँसो २ बजे बन्नेछ । बैठकले महाधिवेशनको परिमार्जित मिति तय गर्न सक्ने केन्द्रीय सदस्य गुरू घिमिरेले जानकारी दिए । भदौ १६–१९ का लागि निर्धारित १४औँ महाधिवेशन हुने सम्भावना टरेपछि कहिले र कसरी महाधिवेशन गर्ने भन्नेमा कांग्रेसमा विवाद छ […]
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं, आजदेखि सुरु हुने माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राजनीतिक प्रतिवेदन एवं साङ्गठनिक प्रतिवेदन पेश गर्ने तयारी रहेको छ । माओवादी केन्द्रका अनुसार बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमासमेत छलफल हुने प्रस्ताव तय भएको छ । माओवादी केन्द्रले वर्तमान गठबन्धन सरकारलाई सफल बनाउन आफ्नोतर्फबाट अधिकतम प्रयास […]
कांग्रेस बैठक : क्रियाशील सदस्यता विवादकै विषयमा अधिकांश केन्द्रीय सदस्यले राखे धारणा

काठमाडौँ– नेपाली कांग्रेसको १४औँ महाधिवेशनको सम्बन्धमा बोलाइएको केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले क्रियाशील सदस्यता विवादका विषयमा आ-आफ्ना धारणा राखेका छन् । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहीबारदेखि जारी बैठकमा आज बोल्ने केन्द्रीय सदस्यहरुले क्रियाशील सदस्यतामा केन्द्रित भएर आफ्ना धारणा राखेका हुन् । बैठकमा उनीहरुले आफ्नो जिल्ला, क्षेत्र र वडाका […]
प्रमुख सचेतक भट्टराईको आपती पछि अमर्यादित शब्दलाई रेकर्डबाट हटाउन सभामुखको निर्देशन

काठमाण्डौं, प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोलिएको ‘मेन्टल्ली’, ‘फिजिकल्ली’ भन्ने शब्दलाई संसद सचिवालयको रेकर्डबाट हटाउन निर्देशन दिएका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले हिजोको बैठकमा सत्तापक्षीय एक जना सांसदले अर्को प्रतिपक्षी दलका सांसदलाई अमर्यादित र असंसदीय शब्द बालेको […]
महाधिवेशनबारे छलफल गर्न आज कांग्रेस केन्द्रीय समिति बस्दै

काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बोलाइएको छ । बैठक बिहान ११ बजेलाई बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बस्ने बैठक १४औं महाधिवेशनका विषयमा केन्द्रित रहनेछ। बैठकले क्रियाशील सदस्य विवाद हल गर्दै अघि बढ्ने बारे निर्णय लिने शर्माले बताए । यसअघि बिहीबारको बैठकमा उपसभापति विमलेन्द्र निधिले […]
