Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कांग्रेस क्रियाशील सदस्यता विवाद सहमति नजिक पुग्यो

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 20, 2021
186 shares

काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवादसहमति नजिक पुगेको नेताहरुले बताएका छन् । बारा, सप्तरीसहित १३ निर्वाचन क्षेत्रको विवाद सहमति नजिक पुगेको क्रियाशील सदस्यताको विवाद सुल्झाउने जिम्मा पाएका नेताहरुको भनाइ छ ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सदस्यता विवाद सुल्झाउन पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र रमेश लेखक रहेको तीन सदस्यीय कार्यदललाई जिम्मा दिएको थियो । सदस्यतामा सहमति जुटाएर शनिबारसम्म सभापति शेरबहादुर देउवालाई बुझाउने तयारी रहेको कार्यदलका एक सदस्यले बताए । ‘अब ढिलो हुँदैन, सकेसम्म शुक्रबार नै सहमति जुटाएर सभापतिलाई बुझाउँछौं,’ ती सदस्यले भने, ‘हामी सदस्यता विवाद टुंग्याउन अन्तिम चरणमा पुगेका छौं ।’

बिहीबार दिनभर काठमाडौंको एक रिसोर्टमा बसेको कार्यदलले सदस्यता विवाद सुल्झाउन मापदण्डमा सहमति जुटाएको थियो । कार्यदलमा रहेका नेताहरुले बिहीबार साँझ नै प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवालाई भेटेर मापदण्डका बारेमा जानकारी गराएका छन् ।

क्रियाशील सदस्यता विवाद छिट्टै टुंगिने दाबी गर्दै कांग्रेस नेता प्रदीप पौडेलले भने– अब समायोजनको विवाद पनि टुंगिन्छ । मापदण्डको आधारमा समायोजन टुंगिएपछि नयाँको हकमा प्रक्रियागत छ भने मान्यता दिइन्छ, नत्र पुरानैबाट अधिवेशन गर्ने गरी अगाडि बढिन्छ ।

क्रियाशील सदस्यता छानविन समिति सदस्य रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलले समायोजनका बारेमा कसरी जाने भन्नेमा कार्यदलमा समझदारी भएको बताए । ‘समायोजनको हकमा नीतिगत विषयमा टुंगो लागेको छ, नयाँ मापदण्ड बनाइएको छ । त्यसलाई कार्यान्वयन गर्नेबारे समझदारी भएको छ,’ उनले भने, ‘अब छिट्टै कार्यदल टुंगोमा पुग्छ ।’

नेता पौडेलका अनुसार कार्यदलमा क्रियाशील सदस्यताको पुरानो संख्याभन्दा कम हुने गरी वडा तहमा समायोजनलाई मान्ने समझदारी भएको छ । कतिपय वडामा पुरानाभन्दा समायोजनबाट आउनेको संख्या बढी भएको भन्दै विवाद सिर्जना भएको थियो । सदस्यता छानविन समिति सदस्य रहेका पौडेल, आनन्द ढुंगाना र जीवन परियारले कार्यदलमा भएको सहमति कार्यान्वयनको विषयमा सहजीकरण गरिरहेका छन् ।

केन्द्रीय सदस्य लेखक संयोजक रहेको सदस्यता छानविन समितिले करिब डेढ महिना लगाएर साउन १२ मा सदस्यताको प्रतिवेदन सभापति देउवालाई बुझाएको थियो । समितिले १७० वडामा १३ औं महाधिवेशनकै क्रियाशील सदस्यताबाट अधिवेशन गर्नुपर्ने सुझाव दिँदै विभिन्न १३ निर्वाचन क्षेत्रमा देखिएको विवाद मिलाउने जिम्मा पार्टी पदाधिकारीलाई दिएको थियो ।

समितिले बारा, सप्तरी, सर्लाही–२, धनुषा–४, रसुवा र सिन्धुपाल्चोकमा देखिएको सदस्यता विवाद टुंग्याउन सकेको थिएन । समितिले बारा र सप्तरीको फाइल नै खोलेको थिएन भने अन्य क्षेत्रमा समायोजनको विवाद चर्काे देखिएपछि सहमतिका लागि पार्टी पदाधिकारीलाई सिफारिस गरेको थियो ।

केन्द्रीय सदस्य पौडेलले समायोजनका बारेमा कार्यदलमा मापदण्ड बनिसकेकाले अब सदस्यता विवाद छिट्टै टुंगिने विश्वास गरे । ‘बारा र सप्तरीको पनि फाइल खोलिसकेको छ । हामीले त्यहाँ देखिएको समस्याका बारेमा कार्यदललाई जानकारी गराएका छौं,’ नेता पौडेलले भने, ‘अब समायोजनको विवाद टुंगिन्छ । मापदण्डको आधारमा समायोजन टुंगिएपछि नयाँको हकमा प्रक्रियागत छ भने मान्यता दिइन्छ, नत्र पुरानैबाट अधिवेशन गर्ने गरी अगाडि बढिन्छ ।’

यसअघि कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले समितिको सिफारिस अनुसार सहमति खोज्न तीन शीर्ष नेतालाई जिम्मेवारी दिएको थियो । पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री सिटौलाबीच पटकपटक सहमतिका लागि छलफल भएपनि निष्कर्षमा पुग्न नसकेपछि केन्द्रीय समिति बैठकले सिटौला, रिजाल र लेखकलाई क्रियाशील सदस्यता टुंग्याउने जिम्मेवारी दिएको हो ।

महाधिवेशन कार्यतालिका प्रभावित हुन नदिन टाढा–टाढाको जिल्लाका क्रियाशील सदस्यता सूची निर्वाचन समितिलाई बुझाउने समझदारी कार्यदलमा भएको छ । वडा अधिवेशन आउन १४ दिन बाँकी रहँदा निर्वाचन समितिलाई क्रियाशील सदस्यताको अन्तिम सूची बुझाइएको छैन ।

समितिले क्रियाशील सदस्यताको सूची पाएको १९ औं दिनमा वडा अधिवेशन गर्न सकिने जनाउँदै आएको छ । क्रियाशील सदस्यतामा भइरहेको ढिलाइले कांग्रेसको महाधिवेशन कार्यतालिका प्रभावित हुने आशंका कांग्रेसभित्र बढेको छ । कांग्रेसले यसअघि पाँच पटक महाधिवेशनको कार्यतालिका परिमार्जन गरिसकेको छ ।

कांग्रेसले मंसिर ९देखी १३ सम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । कांग्रेस विधान अनुसार प्रत्येक चार वर्षमा नियमित महाधिवेशन गर्नुपर्ने व्यवस्था छ । तर कांग्रेसले विधानले दिएको एक वर्षको सुविधा र संविधानको थप ६ महिनाको समय पनि गुजार्दै मंसिरमा महाधिवेशनको मिति तोकिएको हो । केन्द्रीय महाधिवेशन गर्न भन्दै कांग्रेसले भृकुटीमण्डप र राष्ट्रिय सभागृह बुक गरिसकेको छ । कांग्रेसको वर्तमान कार्यसमिति चयन भएको भदौ २३ गते साढे पाँच वर्ष पूरा हुँदैछ । कांग्रेसले पार्टीको वैधानिकता जोगाउन भदौ १८ मा वडा अधिवेशनको मिति तय गरेको छ ।

onlinekhabar बाट सभार

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाल...

  • September 23, 2026

बाढीपछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाद्वारा थप ३...

  • September 23, 2026

महिलाकाे आशुमा पग्लिएकाे ती चाेरकाे मन

  • September 23, 2026

आज देशभर कांग्रेसको पालिका अधिवेशन हुँदै

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved