माधव नेपाल एमालेमा रहन लाएक रहेन : गोकुल बाँस्कोटा

काठमाडौँ । नेकपा एमालेका एकजना नेता गोकुल बास्कोटाले वरिष्ठ नेता माधवकुमार नेपाललाई अब पार्टीमा राखिरहन जरुरी नरहेको बताएका छन्। आइतवार संघीय संसदमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई नेता नेपालले विश्वासको मत दिएपछि अब उनलाई एमालेमा राखिरहन नसकिने दाबी पूर्व मन्त्रीसमेत रहेका बास्कोटाले गरेका हुन्। बास्कोटाले एमाले र माधव नेपाललाई सँगै हिँडाउनै नसकिने अवस्था आएको […]
अब ,एमाले सत्ता पक्ष कि प्रतिपक्ष ?

काठमाडौं । नेकपा एमाले संसदमा प्रतिपक्षको लाइनमा बसेको छ । दोस्रोपटक पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा एमालेका प्रवक्ता तथा सांसद प्रदीप ज्ञवालीले आफूहरु प्रतिपक्षी दलको रुपमा रहने जानकारी गराए । तर, व्यवहारमा हेर्दा एमाले सत्तापक्ष हो कि प्रतिपक्षी दल हो छुट्याउन आममानिसलाई गाह्रो भइरहेको छ । प्रतिपक्षीको लाइनमा बसेको एमालेका सांसदहरु सरकारलाई समर्थन गरेका छन् […]
ओली निकट युवा संघद्वारा माधब नेपालकाे बिराेध,माधब नेपालकाे सब बनाई जलाए( भिडियो सहित )

काठमाडौँ– नेकपा एमाले केपी ओली निकट युवा संघले वरिष्ठ नेता माधव कुमार नेपालविरुद्ध प्रदर्शन गरेको छ। नेता नेपालको निर्वाचन क्षेत्र काठमाडौँ–२ मा युवा संघले प्रदर्शन गरेको हो। नेपाल पक्षले आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको विरोधमा युवा संघले प्रदर्शन गरेको हो। प्रतिनिधि सभामा एमालेका २२ जना सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए। […]
नेपाल एमालेमा नफर्कने केपी ओलीको निष्कर्ष

नेकपा (एमाले) को केन्द्रीय कमिटीको १० औं बैठकले १० बुँदे एकता प्रस्ताव पारित गर्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने निर्णय गरेको छ । सोमबार बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई मतदान गर्ने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । ज्ञवालीले गत जेठ २३ गते अध्यक्ष केपी ओलीले गरेको […]
आज दिउसो ४ बजे मन्त्रिपरिषद बैठक सिंहदरबारमा बस्दै
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । देउवाले आज दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ । आजको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्य गर्ने बुझिएको छ ।
माधव नेपालको अबको भूमिका कस्तो होला ?

काठमाडाैं। नेकपा एमाले पार्टीको निर्णय नै उल्लंघन गरेर शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि अब एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले के गर्लान् भन्ने प्रश्न उब्जिएको छ। प्रश्न यसकारण उठेको छ किनकि शेरबहादुर देउवाले प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने निर्णय गरेपछि एमाले स्थायी कमिटीको बैठक बसेर देउवालाई विश्वासको मत दिनेहरु एमाले नरहने निर्णय गरेको थियो। यो निर्णयअनुसार […]
एमालेभित्रको सङ्कट अझै चुलियो
काठमाण्डौ । सर्बोच्च अदालतको परमादेश पछी नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेका २२ जनाले विश्वासको मतदान गरी ११ जना उनुपश्थित भएर पार्टीकाे ह्वीप उल्लंङन गरेपछी एमाले भित्रको संकट झनै चुलिएकाे छ । पार्टीले विश्वासको मतको विपक्षमा उभिन ह्वीप जारी गरे पनि एमालेका ३३ जना सांसदले त्यसको उल्लङ्घन गरेका छन् । एमालेका २२ जना सांसदले देउवाको पक्षमा […]
निरङ्कुश प्रवृत्तिलाई ठेगान लगाइयो : नेता नेपाल

काठमाण्डौ । प्रधानमन्त्री शेर बहादुर देउवाले बिश्वासको मत पाएपछी नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निरङ्कुश प्रवृत्तिलाई ठेगान लगाइएको र नेपाली नागरिकको जित भएको बताउनुभएको छ । हिजो संसदको अधिबेशनको शुरुवात संगै प्रधानमन्त्री शेरबहादुर देउवाले बिश्वासको मत लिनु भएको थियो । देउवा सरकारको पक्षमा १६५ बिश्वासको मत ,सोको बिपक्षमा ८३ मत प्राप्त भएको थियो भने […]
ओलीले डाके केन्द्रीय कमिटी बैठक, नेपाल सहित २२ सांसदलाई कारबाही गर्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सोमबार एमालेको केन्द्रीय कमिटी बैठक बोलाएका छन् । सोमबार बिहान ११ बजे अध्यक्ष ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका हुन् । बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने गरी बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले केन्द्रीय कमिटीको १४औँ बैठक आज बिहान ११ बजेका लागि डाकिएको […]
देउवालाई विश्वासको मत दिँदा एमाले दुवै पक्षलाई घाटा

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरू पार्टीमा नरहने निर्णय गरेका बेला नेपाल समूह विभाजित भएको छ। नेपाल स्वयंसहित केही नेताले विश्वासको मत दिएका थिए भने उनी पक्षधर १० जना मतदानमा सहभागी भएनन्। अर्कोतिर ओली समूहकै आठ सांसदले देउवालाई विश्वासको मत दिए। नेपालसहित एमालेका २२ सांसदले देउवालाई विश्वासको मत दिएका थिए भने १० […]
