Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपाली कांग्रेसभित्र महामन्त्री र सभापति को लागि जुँगाकाे लडाइँ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 1, 2021
312 shares
काठमाडौं, नेपाली कांग्रेसका नेता डा. रामशरण महतले आफू पनि पार्टी सभापतिको उम्मेदवार भएको बताएका छन् । आफ्नो समूहबाट सकेसम्म एक जना मात्र उम्मेदवार उठाउने प्रयास भइरहेको पनि उनको भनाइ छ ।
आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. महतले भने, “पार्टीमा सर्वसम्मतिले चयन हुन नसके समूह-समूहबीच प्रतिस्पर्धा हुनु स्वाभाविक हो । हाम्रो समूहमा पनि जसको पक्षमा धेरै समर्थन देखिन्छ, उसलाई स्वीकारेर अघि बढ्ने कोसिस भइरहेको छ ।”
उनले थपे, “सभापतिको एउटा उम्मेदवार मै हुँ, अरु साथीहरुको पनि आकांक्षा छ । साथीहरुले मलाई पनि उठ्नुपर्छ भन्दै छन् । तर एक भएर लड्नका लागि दबाब छ । यही उम्मेदवार भन्ने निर्णय भएको छैन । केन्द्रीय समितिको मनोयनन दर्ता गर्न धेरै समय छ । अहिले घोषणा गर्ने बेला भएको छैन ।”
उनले तेह्रौं महाधिवेशनमा वरिष्ठता, क्षमताका आधारमा रामचन्द्र पौडेललाई साझा उम्मेदवार बनाएको स्मरण गरे । उनले भने, “पहिले प्रकाशमान र मैले पौडेललाई छाडेका हौं । सिटौलाजी उठ्छुु भन्नुभएको थियो, उहाँ पनि उठ्नुभयो । पौडेलको नाममा पनि एउटा सम्भावना हुन सक्छ । उमेर धेरै भइसक्यो । अब अन्तिम पटक होला । उनी नभए मेरो पनि सम्भावना छ ।”
तर उनले आफू सभापतिबाहेकका पदमा नलड्ने बताए । उनले थपे, “म अन्य पदमा लड्दिनँ । धेरै जुनियर मानिसले दाबी गरेका छन् । मेरो भनाइ वरिष्ठता र क्षमताका आधारमा साझा उम्मेदवार बनाइनुपर्छ भन्ने हो । तर पार्टीमा गुटबन्दीभन्दा माथि उठ्नुपर्छ । शक्ति संघर्ष र प्रतिस्पर्धा पार्टी पार्टीबीच गर्ने हो । आन्तरिक शक्ति संघर्ष मात्र गरिरहँदा पार्टीलाई नोक्सान हुन्छ । गुटका आधारमा पार्टी संगठन गर्नुहुन्न । अनावश्यक प्रतिस्पर्धा र विवाद गर्नुहुन्न ।”

डा. महतले डेढ महिना भइसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन नसकेकामा नमज्जा लागिरहेको बताउँदै गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँड, बजेट प्रतिस्थापन र एमसीएसी अनुमोदनबारे पहिल्यै सहमति भएको भए अहिलेको अवस्था नआउने दाबी गरे । सरकारमा आफ्नो समूहको ४० प्रतिशतभन्दा पनि सन्तुलन कायम हुनुपर्ने उनको भनाइ छ । उनले भने, “को उपयुक्त हुन्छ, त्यही छान्ने हो । म पार्टीको आन्तरिक कुराको धेरै प्रचार गर्न चाहन्न ।”

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाल...

  • September 23, 2026

बाढीपछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाद्वारा थप ३...

  • September 23, 2026

महिलाकाे आशुमा पग्लिएकाे ती चाेरकाे मन

  • September 23, 2026

आज देशभर कांग्रेसको पालिका अधिवेशन हुँदै

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved