Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ओलिकाे एमाले पार्टी सतिदेविको लास जस्तै बन्छ: नेता, मेटमणि चौधरी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 17, 2021
12 shares

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले नेकपा एमाले केपी ओलीको प्राइभेट पार्टी मात्र भएको आरोप लगाएका छन् । उनले एमाले बिस्तारै सतीदेवीको लासजस्तै बन्ने ठोकुवा गरे ।

आज नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता चौधरीले भने, “नेकपा एमाले केपी ओलीको प्राइभेट पार्टी हो । यो सुकेको माछाजस्तै हो । भोलि सतीदेवीको लास जस्तै बन्ने हो । समाजवादी पार्टीको आकर्षण दिनदिनै बढ्दै छ, ओलीको पार्टी सुक्ने पोजिसनमा अघि बढ्दै छ । एमालेको प्रभाव तपाईंले कहाँ देख्नुभएको छ ?”
एमालेको महाधिवेशनमा नबोलाइए पनि कुनै गुनासो नरहने उनले बताए । उनले भने, “कसैले भोजभतेर गर्छ भने बोलाउने, नबोलाउने उसको कुरा हो । यसमा हाम्रो केही गुनासो छैन ।”

हिजोआज तपाईंको नाम कतै सुनिँदैन, किन गुप्तबास बस्नुभयो भन्ने पत्रकार धमलाको प्रश्नमा उनले थपे, “म एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्ष छु । पार्टीको काममा व्यस्त छु । ठूलो पार्टी सधैं ठूलो पार्टी रहिरहन्छ भन्नु भ्रम छ । आगामी निर्वाचनमा एकीकृत समाजवादी सबैभन्दा ठूलो पार्टी हुन्छ ।”

नेता चौधरीले पाँच दलीय गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग नल्याउने स्पष्ट पारे । उनले भने, “हामी सकभर न्यायालयभित्रको समस्या आफैं समाधान होस् भन्ने चाहन्छौं । हामीले त्यसमा बोल्दा हस्तक्षेप भनिएला । तर न्यायालयको विवादलाई लामो समयसम्म रहन दिनु पनि उचित होइन । राजनीतिक दलहरु अघि बढेपछि सहज अवतरण हुन्छ ।”
सत्ता गठबन्धनभित्र एमसीसीबारे साझा धारणा बनाएर जानुपर्ने चौधरीको भनाइ छ । उनले थपे, “एमसीसीका उपाध्यक्षहरु, सहायकमन्त्री आएर दबाब बढाएका छन् । सिद्धान्ततः अनुदान लिनु बेठीक होइन । तर केही सर्त करेक्सन गर्नुपर्छ । जनतालाई कन्भिन्स नबनाई जबर्जस्ती गर्ने कुरा आउँदैन ।”

सरकारले पूर्णता पाएको एक महिना मात्र भएको र अब चाडपर्व सकिएकाले कामकारबाही प्रभावकारी रुपमा अघि बढ्ने दाबी उनले गरे । File photo

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

प्रतिनिधिसभाको बैठक बस्दै

  • September 23, 2026

विरहीको ‘उपहार’ अनि नवराज नवशिलाको ‘परी भएँ म’ लोकार्पण

  • September 22, 2026

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, गृहमन्त्री गुरुङ र पर्यटनम...

  • September 22, 2026

सभामुख अर्यालसँग जापानको प्रतिनिधि सभा सदस्य शोजी केनइचीको शिष...

  • September 22, 2026

लागूऔषधसहित मध्यपुर थिमिबाट २६ वर्षीय युवक पक्राउ

  • September 22, 2026

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान

  • September 22, 2026

एमाले केन्द्रीय कमिटी बैठक : उठ्न,बाेल्न र फाेन चलाउन ओलिकाे अ...

  • September 22, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved